एफिसी 5:23-25
एफिसी 5:23-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि पति पत्नीको शिर हो, जसरी ख्रीष्ट मण्डलीको शिर हुनुहुन्छ, जुन मण्डली उहाँको शरीर हो, र उहाँ स्वयम् त्यसको मुक्तिदाता हुनुहुन्छ। जसरी मण्डली ख्रीष्टको अधीनमा छ, त्यसरी नै पत्नीहरू पनि हरेक कुरामा पतिहरूका अधीनमा रहून्। पति हो, आफ्ना पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो, र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो
एफिसी 5:23-25 नेपाली समकालीन संस्करण (NCV)
किनकि पति नै पत्नीको शिर हुन्, जसरी ख्रीष्ट पनि उहाँको शरीर अर्थात् मण्डलीको शिर हुनुहुन्छ, जसको निम्ति उहाँ उद्धारकर्ता हुनुहुन्छ। जसरी मण्डली ख्रीष्टको अधीनतामा छ, त्यसरी नै पत्नीहरू पनि सबै कुरामा तिनीहरूका पतिहरूको अधीनतामा रहून्। हे पतिहरूहो, आ-आफ्नी पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले मण्डलीलाई प्रेम गर्नुभयो र मण्डलीको निम्ति आफ्नो जीवन दिनुभयो
एफिसी 5:23-25 पवित्र बाइबल (NERV)
जस्तो येशू ख्रीष्ट मण्डलीका शिर हुनुहुन्छ, पति पत्नीका शिर हुन्। मण्डली ख्रीष्टको शरीर हो, त्यसरी ख्रीष्ट शरीरमा रक्षक हुनुहुन्छ। जसरी मण्डली ख्रीष्टको अधिकारमा छ त्यसरी पत्निहरू पनि हरेक कुरामा पतिहरूको अधिकारमा रहनु पर्छ। पतिहरू हो, आफ्ना पत्नीलाई प्रेम गर जस्तो ख्रीष्टले मण्डलीलाई प्रेम गर्नु भयो। ख्रीष्टले मण्डलीको निम्ति प्राण दिनुभयो।
एफिसी 5:23-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
किनभने मण्डली ख्रीष्टको शरीर र ख्रीष्टचाहिँ मण्डलीलाई मुक्ति दिने शिर हुनुभएझैँ स्वास्नीको शिरचाहिँ लोग्ने हो। त्यसो हुँदा मण्डली ख्रीष्टको अधीनमा रहेझैँ स्वास्नीहरू पनि सबै कुरामा आ-आफ्ना लोग्नेको अधीनमा बसून्। लोग्नेहरू हो, ख्रीष्टले आफ्नो मण्डलीलाई ज्यान दिएर प्रेम गरेझैँ आ-आफ्ना स्वास्नीलाई प्रेम गर।