YouVersion लोगो
खोज आइकन

एफिसी 5:21-28

एफिसी 5:21-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

ख्रीष्‍टको श्रद्धामा एक-अर्काको अधीनमा बस। पत्‍नी हो, प्रभुको अधीनमा रहेजस्‍तै आ-आफ्‍ना पतिको अधीनमा बस। किनकि पति पत्‍नीको शिर हो, जसरी ख्रीष्‍ट मण्‍डलीको शिर हुनुहुन्‍छ, जुन मण्‍डली उहाँको शरीर हो, र उहाँ स्‍वयम्‌ त्‍यसको मुक्तिदाता हुनुहुन्‍छ। जसरी मण्‍डली ख्रीष्‍टको अधीनमा छ, त्‍यसरी नै पत्‍नीहरू पनि हरेक कुरामा पतिहरूका अधीनमा रहून्‌। पति हो, आफ्‍ना पत्‍नीहरूलाई प्रेम गर, जसरी ख्रीष्‍टले पनि मण्‍डलीलाई प्रेम गर्नुभयो, र त्‍यसको निम्‍ति आफूलाई अर्पण गर्नुभयो, यस हेतुले कि उहाँले त्‍यसलाई पानीले धोएर वचनद्वारा पवित्र पार्न सकून, र उहाँले दाग वा चाउरी नभएको, अथवा यस्‍ता कुनै कुरा नभएको तेजस्‍वी मण्‍डली आफैकहाँ प्रस्‍तुत गर्न सकून्, र त्‍योचाहिँ पवित्र र निष्‍खोट होस्‌। त्‍यसरी नै पतिहरूले पनि आ-आफ्‍ना पत्‍नीलाई आफ्‍नै शरीरलाई झैँ प्रेम गर्नुपर्छ। आफ्‍नी पत्‍नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ।

शेयर गर्नुहोस्
एफिसी 5 पढ्नुहोस्

एफिसी 5:21-28 नेपाली समकालीन संस्करण (NCV)

ख्रीष्‍टको श्रद्धाको लागि एक-अर्काको अधीनतामा बस। हे पत्नीहरूहो, प्रभुको अधीनतामा रहेजस्तै, आ-आफ्ना पतिहरूका अधीनतामा बस। किनकि पति नै पत्नीको शिर हुन्, जसरी ख्रीष्‍ट पनि उहाँको शरीर अर्थात् मण्डलीको शिर हुनुहुन्छ, जसको निम्ति उहाँ उद्धारकर्ता हुनुहुन्छ। जसरी मण्डली ख्रीष्‍टको अधीनतामा छ, त्यसरी नै पत्नीहरू पनि सबै कुरामा तिनीहरूका पतिहरूको अधीनतामा रहून्। हे पतिहरूहो, आ-आफ्नी पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्‍टले मण्डलीलाई प्रेम गर्नुभयो र मण्डलीको निम्ति आफ्नो जीवन दिनुभयो, र त्यसलाई वचनद्वारा पानीले धोएर पवित्र पार्न सकियोस्। अनि त्यसलाई आफ्नै निम्ति यस्तो प्रतापी मण्डलीको रूपमा प्रस्तुत गर्न सक्नुभएको होस्, जसमा कुनै दाग नभएको अथवा चाउरी नपरेको वा अरू कुनै खोट नभएको, तर पवित्र र निष्खोट होस्। यसरी नै पतिहरूले आ-आफ्नी पत्नीहरूलाई आफ्नै शरीरलाईझैं प्रेम गर्नुपर्छ। जसले आफ्नी पत्नीलाई प्रेम गर्दछ, त्यसले आफैलाई प्रेम गर्दछ।

शेयर गर्नुहोस्
एफिसी 5 पढ्नुहोस्

एफिसी 5:21-28 पवित्र बाइबल (NERV)

एक-अर्कालाई मान्न इच्छुक होऊ किनकि तिमीहरू ख्रीष्टलाई आदर गर्छौ। पत्नीहरू हो, प्रभुको अधीनमा रहे जस्तै आ-आफ्ना पतिको अधीनमा बस। जस्तो येशू ख्रीष्ट मण्डलीका शिर हुनुहुन्छ, पति पत्नीका शिर हुन्। मण्डली ख्रीष्टको शरीर हो, त्यसरी ख्रीष्ट शरीरमा रक्षक हुनुहुन्छ। जसरी मण्डली ख्रीष्टको अधिकारमा छ त्यसरी पत्निहरू पनि हरेक कुरामा पतिहरूको अधिकारमा रहनु पर्छ। पतिहरू हो, आफ्ना पत्नीलाई प्रेम गर जस्तो ख्रीष्टले मण्डलीलाई प्रेम गर्नु भयो। ख्रीष्टले मण्डलीको निम्ति प्राण दिनुभयो। मण्डलीलाई पवित्र बनाउनु उहाँले आफ्नो प्राण बलि दिनुभयो। मण्डलीलाई पानीले धोएर शुद्ध पार्न ख्रीष्टले सुसमाचार प्रयोग गर्नुभयो। उहाँले मण्डलीलाई महिमित दुलही बनाउनु तथा कलंक, चाउरी वा त्यस्तै कुनै त्रुटिरहित बनाउन तथा उनलाई शुद्ध र निर्दोष पार्नु आफैंलाई बलि दिनुभयो। अनि पतिहरूले पनि आफ्ना पत्नीहरूलाई त्यसरी नै प्रेम गर्नुपर्छ। आफ्नो शरीरलाई प्रेम गरे जस्तै आफ्नो पत्नीलाई प्रेम गर। पत्नीलाई प्रेम गर्नेले आफैंलाई प्रेम गर्छ।

शेयर गर्नुहोस्
एफिसी 5 पढ्नुहोस्

एफिसी 5:21-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

ख्रीष्‍टप्रतिको श्रद्धाको कारणले एक-अर्काको अधीनमा रहने गर। स्‍वास्‍नीहरू हो, प्रभुका अधीनमा भएझैँ तिमीहरू आ-आफ्‍ना लोग्‍नेका अधीनमा बस किनभने मण्‍डली ख्रीष्‍टको शरीर र ख्रीष्‍टचाहिँ मण्‍डलीलाई मुक्ति दिने शिर हुनुभएझैँ स्‍वास्‍नीको शिरचाहिँ लोग्‍ने हो। त्‍यसो हुँदा मण्‍डली ख्रीष्‍टको अधीनमा रहेझैँ स्‍वास्‍नीहरू पनि सबै कुरामा आ-आफ्‍ना लोग्‍नेको अधीनमा बसून्। लोग्‍नेहरू हो, ख्रीष्‍टले आफ्‍नो मण्डलीलाई ज्‍यान दिएर प्रेम गरेझैँ आ-आफ्‍ना स्‍वास्‍नीलाई प्रेम गर। ख्रीष्‍टले मण्‍डलीलाई पवित्र बनाउन आफ्‍नो वचनद्वारा र पानीले धोएर शुद्ध बनाउनुभयो र आफैंलाई दिन यो मण्‍डली पवित्र, निर्दोष, दाग नभएको, चाउरी नपरेको, कुनै किसिमको खोट नभएको, पवित्र सुन्‍दर मण्‍डली बनाउन यसो गर्नुभयो। लोग्‍नेहरूले पनि आ-आफ्‍ना स्‍वास्‍नीहरूलाई प्रेम गर्नुपर्छ। उनीहरूले आफ्‍ना स्‍वास्‍नीहरूलाई आफ्‍नो शरीरलाई झैँ माया गर्नुपर्छ किनभने स्‍वास्‍नीलाई माया गर्नेले आफैंलाई माया गर्छ।

शेयर गर्नुहोस्
एफिसी 5 पढ्नुहोस्