एफिसी 4:3-6
एफिसी 4:3-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर। शरीर एउटै छ, र पवित्र आत्मा एउटै हुनुहुन्छ— जसरी तिमीहरू बोलाइँदा एउटै आशामा बोलाइएका थियौ, जुन आशा तिमीहरूको बोलावटसँग गाभिएको छ— एउटै प्रभु, एउटै विश्वास र एउटै बप्तिस्मा, हामी सबैका एउटै परमेश्वर र पिता, जो सबैमाथि, सबैका मध्य र सबैमा हुनुहुन्छ।
एफिसी 4:3-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
शान्तिको बन्धनद्वारा आत्माको एकता राख्नलाई हर प्रयत्न गर। एउटै शरीर छ, र एउटै आत्मा हुनुहुन्छ, जसरी तिमीहरूको बोलावट हुँदा एउटै आशामा बोलाइएका थियौ। एउटै प्रभु, एउटै विश्वास र एउटै बप्तिस्मा, एउटै परमेश्वर र सबैका पिता, जो सबैमाथि, सबैका माध्यमद्वारा र तिमीहरू सबैमा हुनुहुन्छ।
एफिसी 4:3-6 पवित्र बाइबल (NERV)
आत्मा मार्फत तिमीहरू शान्तिपूर्क एक-अर्कामा सम्बन्धित छौ। शान्तिको बन्धनले यस सम्बन्धलाई अटूट राख्ने भरसक कोशिश गर। शरीर एउटै छ र आत्मा एउटै छ। आशा पनि एउटै छ जसकोलागि परमेश्वरले तिमीहरूलाई बोलाए। एउटै प्रभु, एउटै विश्वास र एउटै बप्तिस्मा छ। परमेश्वर एउटै हुनुहुन्छ जो सबका पिता हुनुहुन्छ। उहाँ सर्वोपरी हुनुहुन्छ, हरेक कुराबाट काम गर्नु हुन्छ अनि हरेकमा हुनुहुन्छ।
एफिसी 4:3-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
पवित्र आत्माले नै तिमीहरूलाई मेलमिलापमा ल्याउनुभएको हो। त्यस एकतालाई सकेसम्म जोगाइराख। परमेश्वरले तिमीहरूलाई दिनुभएको आशा एउटै भएजस्तै शरीर पनि एउटा हो अनि पवित्र आत्मा पनि एउटै हुनुहुन्छ। एउटै प्रभु, एउटै विश्वास र एउटै बप्तिस्मा छ। सबैका पिता परमेश्वर एउटै हुनुहुन्छ। उहाँ नै सबैका प्रभु हुनुहुन्छ। सबै काम गर्ने उहाँ नै हुनुहुन्छ र उहाँ सबैमा हुनुहुन्छ।