एफिसी 4:29-31
एफिसी 4:29-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूका मुखबाट कुवाक्य ननिस्कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मीठो वचन मात्र बोल्ने गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस्। अनि परमेश्वरका पवित्र आत्मालाई दुःखित नतुल्याओ, जसमा उद्धारका दिनको निम्ति तिमीहरू छाप लगाइएका छौ। सबै तीतोपना, क्रोध र रीस, होहल्ला र निन्दा, सबै किसिमका डाहसमेत तिमीहरूले त्यागिदेओ।
एफिसी 4:29-31 नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूको मुखबाट कुनै नराम्रो बोली ननिस्कोस्, तर अरूहरूको आवश्यकता अनुसार निर्माण गर्न सहायता पुग्ने र सुन्नेहरूलाई फाइदा हुने बोली मात्र बोल। अनि परमेश्वरको पवित्र आत्मालाई दुःखी नबनाओ जसद्वारा तिमी मुक्तिको दिनका लागि छाप लगाइएका छौ। सबै तीतोपना, क्रोध र रिस, झैझगडा र निन्दा, सबै किसिमका घृणासमेत त्यागिदेओ।
एफिसी 4:29-31 पवित्र बाइबल (NERV)
बात गर्दा चोट पर्ने शब्द नचलाऊ। मानिसलाई चाहिने कुरो मात्र गर जसले मानिसलाई बलियो बनाउँछ। तब मात्र तिम्रा कुरा सुन्नेहरू लाभान्वित हुन्छन्। पवित्र आत्मालाई दुःखीत नतुल्याऊ। आत्मा नै प्रमाण हो के तिमी परमेश्वरका हौ। उपयुक्त समयमा परमेश्वरले तिमीलाई मुक्त गर्नु हुनेछ भन्ने देखाउनुलाई नै उहाँले त्यो आत्मा दिनुभएको हो। तितोपना, रिस र आवेग त्याग कहिल्यै रिसमा नचिच्याउ र अर्काको निन्दा नगर। कुनै प्रकारको कुकर्म कहिल्यै नगर।
एफिसी 4:29-31 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिमीहरूको मुखबाट नराम्रो कुरो ननिस्किओस्, चाहिने, राम्रो र भलाइ गर्ने कुरो बोल र सुन्नेहरूलाई भलाइ होस्। परमेश्वरको पवित्र आत्मालाई खिन्न नपार किनभने पवित्र आत्मा नै तिमीहरूले छुटकाराको दिनको लागि पाएको छाप हो। सबै नराम्रा कुरा, झैझगडा र रिस-राग त्यागिदेओ। गाली निन्दा गर्दै नगर, सबै किसिमका वैरभाव त्यागिदेओ।