एफिसी 4:21-24
एफिसी 4:21-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशूमा भएको सत्यताअनुसार उहाँको विषयमा तिमीहरूले सुनेका र सिकाइएका छौ भनी म ठान्छु। छली लालसाहरूद्वारा भ्रष्ट भएका तिमीहरूको अगाडिको जीवनको ढाँचासँग सम्बन्धित तिमीहरूको पुरानो स्वभाव त्याग। र आफ्नो भित्री वर्तावमा नयाँ होओ, र परमेश्वरको स्वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्टि भएको नयाँ स्वभावलाई धारण गर।
एफिसी 4:21-24 नेपाली समकालीन संस्करण (NCV)
जब तिमीले ख्रीष्टको बारेमा सुन्यो र येशूमा भएको सत्यताअनुसार नै तिमीहरूले उहाँमा सिक्यौ। तिमीहरूले आफ्नो पुरानो जीवन, जो छली चाहनाद्वारा दूषित भइरहेको छ, त्यो पुरानो स्वभावको जीवन जिउने तरिकालाई त्याग्नुपर्छ भनी सिकेका छौ; र आफ्ना मनको स्वभावमा नयाँ बन्न सक; अनि नयाँ स्वभावलाई धारण गर, जो साँचो धार्मिकता र पवित्रतामा परमेश्वरजस्तै हुनालाई सृष्टि गरिएको छ।
एफिसी 4:21-24 पवित्र बाइबल (NERV)
म जान्दछु, तिमीहरूले ख्रीष्टको बारेमा सुनेकाछौ अनि तिमीहरू उहाँमा छौ, यसर्थ तिमीहरूले सत्यता सिक्यौ। हो, खासमा सत्यता येशूमा छन्। तिमीहरूलाई आफ्नो पुरानो स्वभाव छोड्न सिकाइयो। त्यसको अर्थ, अघिका दिनहरूमा पछ्याइ हिंडेको कुमार्गलाई तिमीहरूले त्याग्नु पर्छ। त्यो स्वभाव त्यसैका धोखापूर्ण इच्छाहरूले त्यसलाई थोत्रो बनाइसकेका छ। तिमीहरू आफ्ना मन र आत्मामा नयाँ बनाइनु पर्छ। तिमीहरू नयाँ मानिस बनिनु पर्छ जस्तो विश्वास अनुसार धर्मी र पवित्र जीवन बाँच्न परमेश्वरले तिमीहरूलाई आफ्नै अनुरूपमा सिर्जनु भएको छ।
एफिसी 4:21-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
साँच्चै तिमीहरूले उहाँको शिक्षा सुनेर उहाँका चेला भएकोले येशूको सत्यलाई सिक्यौ। पहिलेका आचरणहरूमा बाँच्ने तिमीहरूको पुरानो जीवन त्यागिदेओ। त्यही पुरानो जीवन, जुनचाहिँ तिमीहरूका कुइच्छाहरूको कारणले नष्ट भइरहेथ्यो। तिमीहरूका मन र आत्मा पूरा नयाँ होस्। नयाँ मानिस परमेश्वरकै स्वरूपमा सिर्जिएको हो अनि यसले परमेश्वरको अघि ठीक र पवित्र रहेको साँचो जीवन देखाउँछ। यही नयाँ स्वभावलाई अपनाओ।