एफिसी 4:11-12
एफिसी 4:11-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि उहाँका वरदानहरूचाहिँ यी नै थिए, कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्डलीका पास्टरहरू र कोही शिक्षकहरू बनून्, कि ख्रीष्टको शरीर निर्माण होस् र सेवाको काम गर्न सन्तहरू सुसज्जित होऊन्
एफिसी 4:11-12 नेपाली समकालीन संस्करण (NCV)
यसरी ख्रीष्टले कसैलाई प्रेरितहरू, कसैलाई अगमवक्ताहरू, कसैलाई प्रचारकहरू, कसैलाई गोठालाहरू र शिक्षकहरू नियुक्त गर्नुभयो सेवाको कामको लागि परमेश्वरका जनहरूलाई सुसज्जित पार्न, ताकि ख्रीष्टको शरीरको निर्माण हुन सकोस्
एफिसी 4:11-12 पवित्र बाइबल (NERV)
अनि ख्रीष्ट हुनुहुन्छ जसले मानिसहरूलाई वरदानहरू दिनुभयो जब उहाँले दिनुहुँदै कसैलाई प्रेरितहरू, कसैलाई अगमवक्ताहरू, कसैलाई प्रचारकहरू, कसैलाई मण्डली को गोठाला र कसैलाई शिक्षक बनाउनुभयो। ख्रीष्ट-परिवारलाई मजबूत बनाउनु भनी परमेश्वरका मानिसहरूलाई आफ्नो सेवामा तयार पार्नु ख्रीष्टले ती वरदानहरू दिनुभयो। यसले गर्दा ख्रीष्टको शरीर ताकि ख्रीष्टको शरीर बलियो बनियोस्।
एफिसी 4:11-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उहाँले नै कसैलाई आफ्नो प्रेरित, कसैलाई अगमवक्ता, कसैलाई प्रचारक, कसैलाई मण्डलीको हेर विचार गर्ने र कसैलाई शिक्षक नियुक्त गर्नुभयो। ख्रीष्टका सबै पवित्र जनहरूलाई उहाँको काम गर्न सक्ने बनाउन र उहाँको शरीर मण्डलीको उन्नति गर्नलाई यो नियुक्ती दिनुभयो।