YouVersion लोगो
खोज आइकन

एफिसी 3:17-20

एफिसी 3:17-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तिमीहरूले विश्‍वास गर अनि ख्रीष्‍टले तिमीहरूको हृदयमा बास गरिरहून् भनी म प्रार्थना गर्छु। तिमीहरूले हाल्‍ने जरा र तिमीहरूको जग प्रेम नै होस् भन्‍ने म प्रार्थना गर्दछु। त्‍यसो हुँदा तिमीहरू पनि ख्रीष्‍टका पवित्र जनहरूसँगै ख्रीष्‍टको प्रेमको लम्‍बाइ, चौडाइ, उचाइ र गहिराइ कति छ, पूरासँग बुझ्‍न सक्‍नेछौ। सबै ज्ञानबुद्धिले खोज्न नसक्‍ने उहाँको प्रेमलाई तिमीहरूले बुझ अनि परमेश्‍वरको भरिपूर्णता तिमीहरूमा भरिओस्। हामीभित्र काम गर्ने शक्तिद्वारा हामीले मागेको र सोचेको भन्दा प्रशस्त मात्रामा दिन सक्‍नुहुने

शेयर गर्नुहोस्
एफिसी 3 पढ्नुहोस्

एफिसी 3:17-20 नेपाली समकालीन संस्करण (NCV)

ताकि ख्रीष्‍ट तिमीहरूको हृदयमा विश्‍वासद्वारा वास गरून्। अनि म यो पनि प्रार्थना गर्दछु, कि तिमीहरू प्रेममा जरा गाडेका र स्थापित भएका होओ कि, प्रभुका सबै सन्तहरू सँगसँगै ख्रीष्‍टको प्रेमको चौडाइ, लम्बाइ, उचाइ र गहिराइ कति छ भनी तिमीहरूले बुझ्ने शक्‍ति पाउन सक, अनि सबै समझभन्दा बाहिरको ख्रीष्‍टको प्रेम जान्‍न सक, ताकि परमेश्‍वरको सारा पूर्णताको नापसम्म तिमीहरू भरिपूर्ण हुन सक। अब उहाँलाई, जसले हामीभित्र काम गर्ने आफ्नो शक्‍तिअनुसार हामीले मागेको वा सोचेकोभन्दा ज्यादै प्रशस्त गरी गर्न सक्नुहुन्छ

शेयर गर्नुहोस्
एफिसी 3 पढ्नुहोस्

एफिसी 3:17-20 पवित्र बाइबल (NERV)

तिमाहरूको विश्वासको कारणले ख्रीष्ट तिमीहरूको हृदयमा बसुन् भनी म प्रार्थना गर्दछु। म प्रार्थना गर्दछु, ख्रिष्टको प्रेमको महानता बुझ्ने शक्ति परमेश्वरका सबै मानिसहरूले पउन्। अनि प्रार्थना गर्दछु कि परमेश्वरका जम्मै तिमीहरूलाई र परमेश्वरको पवित्रजनले ख्रिष्टको प्रेमको महानता बुझ्ने शक्ति पाउन्। म यो पनि प्रर्थना गर्दछु कि उहाँको प्रेमको चौंडाई, लम्मबाई, उँचाई र गहिराई तिमाहरूले बुझ्न सक। ख्रिष्टको प्रेम मानव समझ भन्दा बाहिर छ। तर तिमीहरूले त्यो प्रेम बुझ्न सक भन्ने मेरो पार्थनाछ। परमेश्वरको शक्ति जो हामीभित्र काम गरिरहेकोछ, त्यसले हामीले सोचेको वा कल्पना गरेको भन्दा धेरै गर्न सक्छ।

शेयर गर्नुहोस्
एफिसी 3 पढ्नुहोस्