एफिसी 3:17-18
एफिसी 3:17-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
र विश्वासद्वारा ख्रीष्ट तिमीहरूका हृदयमा वास गरून्, र प्रेममा जरा गाडिएका र दह्रिला भएर, सबै सन्तहरूसँग चौडाइ, लमाइ, उचाइ र गहिराइ के रहेछ सो बुझ्ने शक्ति प्राप्त गर्न सक
एफिसी 3:17-18 नेपाली समकालीन संस्करण (NCV)
ताकि ख्रीष्ट तिमीहरूको हृदयमा विश्वासद्वारा वास गरून्। अनि म यो पनि प्रार्थना गर्दछु, कि तिमीहरू प्रेममा जरा गाडेका र स्थापित भएका होओ कि, प्रभुका सबै सन्तहरू सँगसँगै ख्रीष्टको प्रेमको चौडाइ, लम्बाइ, उचाइ र गहिराइ कति छ भनी तिमीहरूले बुझ्ने शक्ति पाउन सक
एफिसी 3:17-18 पवित्र बाइबल (NERV)
तिमाहरूको विश्वासको कारणले ख्रीष्ट तिमीहरूको हृदयमा बसुन् भनी म प्रार्थना गर्दछु। म प्रार्थना गर्दछु, ख्रिष्टको प्रेमको महानता बुझ्ने शक्ति परमेश्वरका सबै मानिसहरूले पउन्। अनि प्रार्थना गर्दछु कि परमेश्वरका जम्मै तिमीहरूलाई र परमेश्वरको पवित्रजनले ख्रिष्टको प्रेमको महानता बुझ्ने शक्ति पाउन्। म यो पनि प्रर्थना गर्दछु कि उहाँको प्रेमको चौंडाई, लम्मबाई, उँचाई र गहिराई तिमाहरूले बुझ्न सक।
एफिसी 3:17-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिमीहरूले विश्वास गर अनि ख्रीष्टले तिमीहरूको हृदयमा बास गरिरहून् भनी म प्रार्थना गर्छु। तिमीहरूले हाल्ने जरा र तिमीहरूको जग प्रेम नै होस् भन्ने म प्रार्थना गर्दछु। त्यसो हुँदा तिमीहरू पनि ख्रीष्टका पवित्र जनहरूसँगै ख्रीष्टको प्रेमको लम्बाइ, चौडाइ, उचाइ र गहिराइ कति छ, पूरासँग बुझ्न सक्नेछौ।