एफिसी 1:5-8
एफिसी 1:5-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँको इच्छाको लक्ष्यअनुसार ख्रीष्ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्ना सन्तान हुनलाई अघिबाटै नियुक्त गर्नुभएको थियो, यस हेतुले कि उहाँले हामीलाई आफ्ना प्रिय पुत्रमा सित्तैँमा दिनुभएको आफ्नो महिमामय अनुग्रहको प्रशंसा होस्। उहाँको अपार अनुग्रहअनुसार ख्रीष्टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रा पापको क्षमा, पाउँछौं, जुन अनुग्रह उहाँले हामीलाई प्रशस्त मात्रामा दिनुभयो।
एफिसी 1:5-8 नेपाली समकालीन संस्करण (NCV)
उहाँले हामीलाई उहाँको आफ्नो आनन्द र इच्छाअनुसार येशू ख्रीष्टद्वारा आफ्नो परिवारमा समावेश गराउनलाई पूर्वनिर्धारण गर्नुभयो, ताकि हामीलाई आफ्ना प्रिय पुत्रद्वारा सित्तैंमा दिनुभएको उहाँको महिमित अनुग्रहको प्रशंसा होस्। परमेश्वरको अनुग्रहको प्रशस्तताअनुसार ख्रीष्टको रगतद्वारा हामीले उहाँमा उद्धार र पापहरूको क्षमा पाएका छौं। परमेश्वरले आफ्ना सम्पूर्ण बुद्धि र समझशक्तिमा हामीलाई प्रशस्त गरी अनुग्रह दिनुभयो।
एफिसी 1:5-8 पवित्र बाइबल (NERV)
अनि संसारको सृष्टि हुनु भन्दा पहिल्यै परमेश्वरले हामीलाई येशू ख्रीष्टद्वारा आफ्ना बालकहरू बनाउने निश्चय गर्नुभयो। यो उहाँको इच्छा थियो। यसैमा उहाँ प्रसन्न हुनुहुथ्यो। उहाँको यही आश्र्चर्यजनक अनुग्रहको कारण उहाँ प्रशंसनीय हुनुहुन्छ। आफ्ना प्यारा पुत्र जसलाई उनले माया गर्नुहुन्छ परमेश्वरले हामीलाई आफ्नो अनुग्रह प्रशस्त दिनुभयो। हामी जो ख्रीष्टमा छौं उहाँका रगतबाट मुक्त गराइएका छौं। परमेश्वरकै असीम अनुग्रहले आफ्ना पापहरूबाट हामीले क्षमा पाएकाछौं। परमेश्वरले ज्ञान र समझसँग यो अनुग्रह अत्यन्तै उदारतापूर्वक दिनुभयो।
एफिसी 1:5-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
माया गरेर उहाँले आफ्नो उद्देश्यअनुसार हामीलाई ख्रीष्टमा आफ्ना छोराहरू बनाइसक्नुभएको थियो। हामी यति ठूलो अनुग्रहको लागि परमेश्वरलाई धन्यवाद चढाऔं। उहाँले आफ्नो प्यारो पुत्रमा हामीलाई यो सित्तैंको दान दिनुभयो। ख्रीष्टले रगत बगाएर मर्नुभएकोले हाम्रो पाप माफ भएको छ र हामी उहाँमै स्वतन्त्र भएका छौं। अहो, परमेश्वरको अनुग्रह कति ठूलो छ। यही अनुग्रह प्रशस्तसँग उहाँले हामीमाथि खन्याउनुभयो।