एफिसी 1:16-19
एफिसी 1:16-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरो प्रार्थनामा तिमीहरूलाई सम्झना गर्दै तिमीहरूका निम्ति धन्यवाद दिन म थामिन्नँ। म प्रार्थना गरिरहन्छु, कि हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर, महिमाका पिताले तिमीहरूलाई उहाँको विषयको ज्ञानमा बुद्धि र प्रकाशको आत्मा देऊन्। म यो पनि प्रार्थना गर्दछु, कि तिमीहरूको हृदयका आँखा उज्यालो होस्, र कुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनुभएको छ, र सन्तहरूमा उहाँको महिमित उत्तराधिकारको सम्पत्ति के हो, सो तिमीहरूले जान्न सक। अनि हामी विश्वास गर्नेहरूका निम्ति उहाँको शक्तिको असीम महानता के हो, सो तिमीहरू जान्न सक। त्यो शक्ति उहाँको महान् सामर्थ्यको काम नै हो
एफिसी 1:16-19 नेपाली समकालीन संस्करण (NCV)
म तिमीहरूलाई प्रार्थनामा सम्झिदै तिमीहरूको निम्ति धन्यवाद दिन थामिएको छैनँ। मैले यही विन्ती गरिरहेको छु, कि हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर, महिमाका पिताले तिमीहरूलाई बुद्धि र प्रकाशको आत्मा दिनुभएको होस्, ताकि तिमीहरूले उहाँलाई अझ राम्रोसँग जान्न सक। म यो प्रार्थना गर्दछु, कि तिमीहरूका हृदयका आँखा खोलिऊन्, जुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनुभयो, जुनचाहिँ उहाँका सन्तहरूका महिमित उत्तराधिकारको सम्पत्ति हो, सो तिमीहरूले जान्न सक। म यो पनि प्रार्थना गर्दछु, परमेश्वरको शक्तिको अतुलनीय महान्ता, जो उहाँमा विश्वास गर्ने हामीहरूका निम्ति हो, तिमीहरूले बुझ्न सक। यो त्यही शक्ति महान् सामर्थ्य हो
एफिसी 1:15-19 पवित्र बाइबल (NERV)
त्यसैले मेरा प्रार्थनाको समयमा म सधैँ तिमीहरूलाई सम्झन्छु र तिमीहरूको निम्ति परमेश्वरलाई धन्यवाद दिन्छु। मैले त्यसै बेलादेखि यसो गर्न थालेको हुँ जब मैले प्रभु येशूमा तिमीहरूको विश्वास र परमेश्वरका सबै मानिसहरू प्रति तिमीहरूको प्रेमको बारेमा सुनें। म सधैँ हाम्रा प्रभु येशू ख्रीष्टका महिमामयी पिता परमेश्वरलाई प्रार्थना गर्दछु कि उहाँले तिमीहरूलाई यस्तो आत्मा दिऊन् जसले परमेश्वरको बारेमा ज्ञान र प्रकाश होस् र उहाँलाई पुरै बुझ्न सक्ने बनाउन्। म प्रार्थना गर्दछु, कि उहाँले तिमीहरूको हृदयको आँखा खोलिदिउन् ताकि तिमीहरू आशालाई चिन्न सक जसका निम्ति परमेश्वरले तिमीहरूलाई चुन्नु भयो। अनि परमेश्वरले आफ्ना पवित्र जनहरूलाई वचन दिनुभएको आशिष कति सम्पन्न र महिमासाली रहेछ त्यो पनि जान्नेछौ। अनि हामी विश्वास गर्नेहरूकोलागि परमेश्वरको शक्ति अति महान छ भन्ने कुरो पनि बुझ्नेछौ।
एफिसी 1:16-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरलाई म सधैँ धन्यवाद चढाइ नै रहन्छु। म तिमीहरूलाई प्रार्थनामा सम्झिनेगर्दछु। प्रभु येशू ख्रीष्टका परमेश्वर, सम्मान्को योग्य पिताले तिमीहरूलाई पवित्र आत्मा देऊन् भनी म प्रार्थना गर्दछु। आत्माले तिमीहरूलाई ज्ञानी बनाउनुहुनेछ र परमेश्वरलाई पनि तिमीहरूकहाँ प्रकट गरिदिनुहुनेछ र तिमीहरूले उहाँलाई चिन्नेछौ। उहाँको ज्योति पाउन तिमीहरूका हृदयको आँखा खुलून् भनी म प्रार्थना गर्दछु र तिमीहरूले थाहा पाउनेछौ कि कत्रो आशाको लागि उहाँले तिमीहरूलाई बोलाउनुभयो र ख्रीष्टका पवित्र जनहरूमा उहाँले पाउनुहुने हकको सम्मान् कति ठूलो छ। ख्रीष्टमा विश्वास गर्नेहरूको लागि काम गर्ने उहाँको ठूलो शक्ति अनुमानै गर्न सकिंदैन भनी तिमीहरूलाई थाहा होस् भनेर प्रार्थना गर्दछु।