एफिसी 1:13-15
एफिसी 1:13-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरू, जसले सत्यको वचन, अर्थात् आफ्नो मुक्तिको सुसमाचार सुन्यौ, र उहाँमा विश्वास गर्यौ, उहाँमा नै तिमीहरूलाई प्रतिज्ञा गरिएका पवित्र आत्माको छाप लगाइएको थियो। परमेश्वरको आफ्नो सम्पत्ति, अर्थात् हामीहरूले हाम्रो पूर्ण उद्धार नपाएसम्म उहाँका महिमाको प्रशंसाको निम्ति पवित्र आत्मा हाम्रो उत्तराधिकारको बैना हुनुहुन्छ। प्रभु येशूप्रति रहेको तिमीहरूको विश्वास र सबै सन्तहरूप्रति तिमीहरूका प्रेमको विषयमा मैले सुनेको कारणले नै
एफिसी 1:13-15 नेपाली समकालीन संस्करण (NCV)
जब तिमीहरूले सत्यको वचन आफ्नो मुक्तिको सुसमाचार सुन्यौ, तिमीहरू पनि ख्रीष्टमा समावेश भयौ। जब तिमीहरूले विश्वास गर्यौ, तब प्रतिज्ञा गरिएको पवित्र आत्माद्वारा उहाँमा नै तिमीहरूलाई छाप लगाइएको थियो। परमेश्वरको महिमाको प्रशंसाको निम्ति तिनीहरू, जो उहाँका सम्पत्ति हुन्, पवित्र आत्मा तिनीहरूका उद्धारको उत्तराधिकारको पहिलो किस्ता हुनुहुन्छ। त्यसैले जबदेखि मैले प्रभु येशूमा तिमीहरूको विश्वास र सबै सन्तप्रति तिमीहरूको प्रेमको बारेमा सुनें
एफिसी 1:13-16 पवित्र बाइबल (NERV)
तिमीहरू पनि त्यस्तै हौ। तिमीहरूले आफ्नो मुक्तिको बारेमा साँच्चो शिक्षा-सुसमाचार सुनिहाल्यौ। सुसमाचार सुनेपछि तिमीहरूले ख्रीष्टमा विश्वास गर्यौ। अनि परमेश्वरले आफ्नो विशेष छाप तिमीहरूमा लगाउनु भयो र तिमीहरूलाई पवित्र आत्मा दिनुभयो जुन उहाँले प्रतिज्ञा गर्नुभएको थियो। पवित्र आत्मा चाँहि परमेश्वरले आफ्ना मानिसहरूलाई प्रतिज्ञा गरेका कुराहरू पाउँछौ नै भन्ने एउटा जमानत हो। यसले परमेश्वरमा हुनेहरूलाई पूर्ण स्वतंत्रता दिनेछ। यी सबको उद्देश्य हो परमेश्वरको महिमाको प्रशंसा ल्याउनु। त्यसैले मेरा प्रार्थनाको समयमा म सधैँ तिमीहरूलाई सम्झन्छु र तिमीहरूको निम्ति परमेश्वरलाई धन्यवाद दिन्छु। मैले त्यसै बेलादेखि यसो गर्न थालेको हुँ जब मैले प्रभु येशूमा तिमीहरूको विश्वास र परमेश्वरका सबै मानिसहरू प्रति तिमीहरूको प्रेमको बारेमा सुनें।
एफिसी 1:13-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यस्तै तिमीहरूले पनि मुक्ति दिने सत्य सन्देश, सुसमाचार सुनेर ख्रीष्टमा विश्वास गर्यौ। आफूले प्रतिज्ञा गरेको पवित्र आत्माको छाप दिएर परमेश्वरले तिमीहरूलाई उहाँको आफ्नै बनाएको प्रमाण दिनुभयो। परमेश्वरले प्रतिज्ञा गरेका हक नपाउञ्जेल त्यो पवित्र आत्माको बैना हो। हामी उहाँलाई प्रशंसा चढाऔं। यही कारणले नै प्रभु येशूमा भएको तिमीहरूको विश्वास र ख्रीष्टका पवित्र जनहरूको निम्ति भएको तिमीहरूको प्रेम सुनेर