एफिसी 1:11-14
एफिसी 1:11-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँमा, जसले सबै कुरा आफ्नो इच्छाको योजनाअनुसार पूरा गर्नुहुन्छ, आफ्नो अभिप्रायअनुसार हामी ख्रीष्टमा पहिलेदेखि आशा राख्नेहरूलाई उहाँले आफ्नो महिमाको प्रशंसाको निम्ति जिउन सकौं भनेर उहाँमा नै नियुक्त गर्नुभएको छ र छान्नुभएको छ। तिमीहरू, जसले सत्यको वचन, अर्थात् आफ्नो मुक्तिको सुसमाचार सुन्यौ, र उहाँमा विश्वास गर्यौ, उहाँमा नै तिमीहरूलाई प्रतिज्ञा गरिएका पवित्र आत्माको छाप लगाइएको थियो। परमेश्वरको आफ्नो सम्पत्ति, अर्थात् हामीहरूले हाम्रो पूर्ण उद्धार नपाएसम्म उहाँका महिमाको प्रशंसाको निम्ति पवित्र आत्मा हाम्रो उत्तराधिकारको बैना हुनुहुन्छ।
एफिसी 1:11-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
किनभने सबै कुरा परमेश्वरको योजना र निर्णयअनुसार भएका छन्। परमेश्वरले हामीलाई आफ्नै खुसीले ख्रीष्टमा छान्नुभयो। योचाहिँ उहाँले पहिलेदेखि नै गर्नुभएको निर्णयअनुसार थियो। हामी जतिले ख्रीष्टमा पहिल्यै भरोसा गर्यौं, परमेश्वरले आफ्नो प्रशंसाको लागि नियुक्त गर्नुभयो। त्यस्तै तिमीहरूले पनि मुक्ति दिने सत्य सन्देश, सुसमाचार सुनेर ख्रीष्टमा विश्वास गर्यौ। आफूले प्रतिज्ञा गरेको पवित्र आत्माको छाप दिएर परमेश्वरले तिमीहरूलाई उहाँको आफ्नै बनाएको प्रमाण दिनुभयो। परमेश्वरले प्रतिज्ञा गरेका हक नपाउञ्जेल त्यो पवित्र आत्माको बैना हो। हामी उहाँलाई प्रशंसा चढाऔं।
एफिसी 1:11-14 नेपाली समकालीन संस्करण (NCV)
उहाँकै योजनाअनुसार पूर्वनिर्धारण गरेर हामीलाई पनि उहाँमा नै चुन्नुभएको छ, जसले आफ्नो इच्छाअनुसारको उद्देश्य पूरा गर्न सबै काम गर्नुहुन्छ कि, हामी जसले ख्रीष्टमा पहिल्यै आशा राखेका हौं, उहाँको महिमाको प्रशंसाको कारण बन्नसकौं। जब तिमीहरूले सत्यको वचन आफ्नो मुक्तिको सुसमाचार सुन्यौ, तिमीहरू पनि ख्रीष्टमा समावेश भयौ। जब तिमीहरूले विश्वास गर्यौ, तब प्रतिज्ञा गरिएको पवित्र आत्माद्वारा उहाँमा नै तिमीहरूलाई छाप लगाइएको थियो। परमेश्वरको महिमाको प्रशंसाको निम्ति तिनीहरू, जो उहाँका सम्पत्ति हुन्, पवित्र आत्मा तिनीहरूका उद्धारको उत्तराधिकारको पहिलो किस्ता हुनुहुन्छ।
एफिसी 1:11-14 पवित्र बाइबल (NERV)
परमेश्वरको जन बन्न ख्रीष्टमा हामी छानिएकाछौं। उहाँको इच्छा र योजना अनुसार परमेश्वरले हामीलाई उहाँको मानिस बनाउन चाहानु हुन्थ्यो। उहाँले प्रत्येक चीज नै आफ्नो इच्छासँग मिल्ने बनाउँनु हुन्छ। ख्रीष्टमा आशा राख्ने हामी पहिलो जन हौं। अनि हामी छानिएका हौं ताकि उहाँको महिमामा हामीले प्रशंसा ल्याउन सकौं। तिमीहरू पनि त्यस्तै हौ। तिमीहरूले आफ्नो मुक्तिको बारेमा साँच्चो शिक्षा-सुसमाचार सुनिहाल्यौ। सुसमाचार सुनेपछि तिमीहरूले ख्रीष्टमा विश्वास गर्यौ। अनि परमेश्वरले आफ्नो विशेष छाप तिमीहरूमा लगाउनु भयो र तिमीहरूलाई पवित्र आत्मा दिनुभयो जुन उहाँले प्रतिज्ञा गर्नुभएको थियो। पवित्र आत्मा चाँहि परमेश्वरले आफ्ना मानिसहरूलाई प्रतिज्ञा गरेका कुराहरू पाउँछौ नै भन्ने एउटा जमानत हो। यसले परमेश्वरमा हुनेहरूलाई पूर्ण स्वतंत्रता दिनेछ। यी सबको उद्देश्य हो परमेश्वरको महिमाको प्रशंसा ल्याउनु।