उपदेशक 3:10-12
उपदेशक 3:10-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मानव जातिहरूमाथि परमेश्वरले राखिदिनुभएको बोझ मैले देखेको छु, ताकि तिनीहरू त्यसैमा अल्झिरहून्। सबै कुराहरू उहाँले ठिक समयमा सुन्दर बनाउनुभएको छ। उहाँले मानिसका हृदयमा अनन्तता राखिदिनुभएको छ; तापनि सुरुदेखि अन्त्यसम्म परमेश्वरले जे जति काम गर्नुभयो, सो तिनीहरूले बुझ्न सक्दैनन्। म जान्दछु, मानिसको निम्ति तिनीहरू बाँचुन्जेल खुशी रहनु र असल काम गर्नुबाहेक तिनमा अरू कुनै उत्तम कुरा छैन।
उपदेशक 3:10-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरले मानिसहरूलाई दिनुभएको गह्रौं बोझबारे म जान्दछु। प्रत्येक कुरा उहाँले त्यसको ठीक समयमा सुन्दर बनाउनुभयो। उहाँले हामीलाई अनन्तबारे जान्ने इच्छा दिनुभएको छ तर उहाँले गर्नुभएको काम पूरा गरी बुझ्न सकिंदैन। जीवन रहुञ्जेल आफूले सकभर भलो जीवन बिताउनु र सुखी रहनु मात्र हाम्रो काम रहेछ भनी मैले थाहा पाएँ।
उपदेशक 3:10-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वरले मानिसहरूमाथि राखिदिनुभएको भार मैले देखेको छु। उहाँले हरेक कुरालाई आफ्नो समयमा सुन्दर बनाउनुभएको छ। उहाँले मानिसका हृदयमा अनन्तता पनि राखिदिनुभएको छ। तापनि तिनीहरूले परमेश्वरले आदिदेखि अन्त्यसम्म के गर्नुभएको छ त्यसको गहिराइलाई बुझ्न सक्दैनन्। म जान्दछु कि मानिसको निम्ति आफू जीवित रहँदा आनन्दित रहनु र असल गर्नुभन्दा अरू असल कुरो केही छैन।
उपदेशक 3:10-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मानव जातिहरूमाथि परमेश्वरले राखिदिनुभएको बोझ मैले देखेको छु, ताकि तिनीहरू त्यसैमा अल्झिरहून्। सबै कुराहरू उहाँले ठिक समयमा सुन्दर बनाउनुभएको छ। उहाँले मानिसका हृदयमा अनन्तता राखिदिनुभएको छ; तापनि सुरुदेखि अन्त्यसम्म परमेश्वरले जे जति काम गर्नुभयो, सो तिनीहरूले बुझ्न सक्दैनन्। म जान्दछु, मानिसको निम्ति तिनीहरू बाँचुन्जेल खुशी रहनु र असल काम गर्नुबाहेक तिनमा अरू कुनै उत्तम कुरा छैन।
उपदेशक 3:10-12 पवित्र बाइबल (NERV)
मैले त्यो कठोर परिश्रम देखेको छु जुन परमेश्वरले हामीलाई गर्नको लागि दिनु भएको छ। परमेश्वरले मानिसहरूको हृदयमा बितेको समय र आउने समयको चेतना राखि दिनुभएको छ। तर परमेश्वरले के गर्नुहुन्छ ती कुराहरू हामी पूर्णरूपले कहिल्यै बुझ्न सक्दैनौं। तर पनि परमेश्वरले हरेक कुरा उचित र उपयुक्त समयमा गर्नुहुन्छ। मैले बुझें कि मानिसहरूको निम्ति सबैभन्दा उत्तम कुरो यही हो, उसको जीवनमा आनन्द लिनु र असल गर्नु हो।