YouVersion लोगो
खोज आइकन

उपदेशक 12:1-14

उपदेशक 12:1-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

दु:खको समय र वृद्धावस्‍था आउन अघि नै, जब तिमीले भन्‍नेछौ, “यस समयमा मेरो मन लाग्‍दैन,” ती समयभन्‍दा अघि नै आफ्‍नो युवावस्‍थामा आफ्‍ना सृष्‍टिकर्ताको सम्‍झना गर— सूर्य र दिनको उज्‍यालोलाई अँध्‍यारोले ढाक्‍न अघि नै, चन्‍द्रमा र ताराहरू धमिला हुन र बादलहरू वर्षापछि फर्कन अघि नै, जब घरको हेरचाह गर्नेहरू काम्‍दछन्‌ र बलिया मानिसहरू झुक्‍छन्, जब जाँतो पिँध्‍ने स्‍त्रीहरू कम भएकाले आफ्‍नो काम बन्‍द गर्छन्‌ र झ्‍यालबाट हेर्नेहरूका आँखा धमिला हुन्‍छन्, जब गल्‍लीतिर जाने ढोकाहरू बन्‍द हुन्‍छन्‌ र जाँतोको आवाज कम हुँदैजान्‍छ, जब चराको चिरबिरे आवाजमा मानिसहरू उठ्‌छन्, तर तिनीहरूका सबै गीत मधुरा हुन्‍छन्, जब मानिसहरू अग्‍लो ठाउँदेखि र गल्‍लीका खतरादेखि डरले भरिएका हुन्‍छन्, जब हाँड़े-बदामको बोट सेतै फुलेर फक्रन्‍छ, र फटेङ्‌ग्रो पेटले घस्रँदैहिँड्‌छ, र मनको कामना उत्तेजित रहँदैन— यी सबै हुनुभन्‍दा अघि नै उहाँको सम्‍झना गर। तब मानिस आफ्‍नो अनन्‍तको घरमा जानेछ, र मलामीहरू गल्‍लीमा यताउता लाग्‍नेछन्‌। चाँदीको तार चुँड़िन अघि र सुनको कचौरा फुटाइन अघि, माटोको गाग्री पँधेरोमा टुक्रा-टुक्रा पारिन अघि र कूवामा पाङ्‌ग्रो भचाइन अघि, जमिनबाट आएको धूलो जमिनमै फर्कन अघि, तथा आत्‍मा दिनुहुने परमेश्‍वरकहाँ आत्‍मा जान अघि उहाँको नै सम्‍झना गर। “व्‍यर्थ! व्‍यर्थ! सबै व्‍यर्थ!” उपदेशकले भन्‍दछन्‌। उपदेशक बुद्धिमान्‌ मात्र थिएनन्, तर तिनले मानिसहरूलाई ज्ञानका कुरा पनि सिकाए। तिनले आफ्‍नो मनमा विचार गरे, अनि धेरै उखानहरू यथोचित क्रममा राखे। उपदेशकले ठीक-ठीक शब्‍दहरू खोजेर निकाले, अनि जे तिनले लेखे, ती सोझा र सत्‍य थिए। बुद्धिमान्‌का वचनहरू गोठालाको लाठोझैँ छन्, र तिनीहरूले सङ्कलन गरेका भनाइहरू दह्रिलो प्रकारले ठोकेका किल्‍लाहरूझैँ छन्, जो एउटै गोठालाबाट दिइएका हुन्‌। ए मेरा छोरा, तिनमा थपेका केही कुराबाट होशियार बस। धेरै पुस्‍तकहरू बनाउने कामको अन्‍त्‍य हुँदैन। अनि धेरै अध्‍ययनले शरीरलाई थकाउँछ। अब सबै कुरा सुनिएका छन्‌— कुराको निष्‍कर्ष यही हो। परमेश्‍वरको भय राख र उहाँका आज्ञाहरू पालन गर। किनभने मानिसले गर्नुपर्ने सारा कर्तव्‍य यही नै हो। किनकि हामीले गरेको हरेक काम, असल होस्‌ वा खराब होस्, प्रत्‍येक गुप्‍त कुरासमेत सबैको न्‍याय परमेश्‍वरले गर्नुहुनेछ।

शेयर गर्नुहोस्
उपदेशक 12 पढ्नुहोस्

उपदेशक 12:1-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

आफ्नो युवाअवस्थामा नै आफ्नो सृष्‍टिकर्तालाई सम्झ! दुःखको समय र वृद्धावस्था आउनुभन्दा पहिल्यै, “यस समयमा मेरो मन लाग्दैन” भन्‍ने वर्षहरू आउनुभन्दा अगि नै— सूर्य र प्रकाश, चन्द्रमा र ताराहरू अँध्यारो हुन अगि, वर्षापछि बादल फर्कनुभन्दा अगि नै, जब घरको हेरचाह गर्नेहरू काम्दछन्, र बलिया मानिसहरू कुप्रो पर्छन्, जाँतोका दाँतहरू झरेर कम भएका कारण जाँतो पिँध्नेहरूले काम बन्द गर्दछन्, र झ्यालबाट हेर्नेहरूका आँखा धमिला हुन्छन्; जब गल्‍लीतिर जाने ढोकाहरू बन्द हुन्छन्, र जाँतोको आवाज कम हुँदैजान्छ, जब चराको चिरबिर आवाजमा मानिसहरू उठ्छन्, तर तिनीहरूका सबै गीत मधुरो हुन्छन्; जब मानिसहरू अग्लो ठाउँसित र बाटाका खतरासित डराउँछन्, जब हाडे-बदामका बोटमा सेतै फूल फुल्दछन्, र फट्याङ्ग्राले आफैँलाई घिसारेर हिँड्दछ, अनि मनको चाहना अब उसो जाग्दैन; किनकि मानिस आफ्ना अनन्तको घरमा जान्छन्, अनि शोक गर्ने मलामीहरू गल्‍लीमा यताउता लाग्नेछन्। आफ्नो सृष्‍टिकर्तालाई सम्झ—चाँदीका तार चुँडिनुअगि, र सुनको कचौरा फुट्नुअगि, पँधेरामा गाग्रो फुट्नुअगि र इनारमा चक्‍का भाँचिनुअगि, धुलो माटैमा फर्केर जानुअगि, र आत्मा परमेश्‍वरकहाँ फर्किजानेछ; जसले त्यो दिनुभयो। “अर्थहीन! अर्थहीन!” उपदेशक भन्दछन्। “सबै अर्थहीन छन्!” उपदेशक बुद्धिमान् मात्र थिएनन्, तिनले मानिसहरूलाई ज्ञानका कुरा पनि सिकाउँथे। तिनले विचार गरे, खोजी गरेर धेरै हितोपदेशहरू क्रमबद्ध रूपमा राखे। तिनले ठिक वचनहरू खोजी गरे, र जे लेखिए, ती वास्तविक र सत्य थिए। बुद्धिमान्‌का वचनहरू गोठालोको लहुराजस्तै छन्। तिनीहरूले सङ्कलन गरेका भनाइहरू ठिकसित ठोकेका किलाझैँ छन्—ती एउटै गोठालोबाट प्राप्‍त भएका हुन्। हे मेरा छोराछोरीहरू हो, यीबाहेक अरू कुरामा पनि होसियार होओ! किनकि धेरै पुस्तकहरूको लेखाइको अन्त्य छैन; अनि धेरै अध्ययनले शरीरलाई थकाउँछ। अब जति पनि सुनियो: सबै कुराको निष्कर्ष यही हो: परमेश्‍वरको भय मान र उहाँका आज्ञापालन गर; किनकि समस्त मानव-जातिको कर्तव्य यही हो। किनकि परमेश्‍वरले हामीले गरेका हरेक कामको न्याय गर्नुहुनेछ, प्रत्येक गुप्‍त कुरासमेत, चाहे त्यो असल होस् वा खराब।

शेयर गर्नुहोस्
उपदेशक 12 पढ्नुहोस्

उपदेशक 12:1-14 पवित्र बाइबल (NERV)

सानै उमेरदेखि आफ्ना सृष्टिकर्त्ताको स्मरण गर। बुढेसकाल आउन अघि समय नै उनलाई सम्झ। उमेर ढले पछि, “मैले मेरो जीवन खेर फालें।” भन्नु नपरोस्। सानै उमेरदेखि आफ्ना सृष्टिकर्त्ताको स्मरण गर। जब सूर्य, चन्द्र र ताराहरू तिमीलाई अँध्यारो लाग्दछ जब एउटा आँधी पछि अर्को आँधी आए जस्तो घरि-घरि आपत आइपर्दछ। त्यसभन्दा अघि नै परमेश्वरलाई सम्झ। त्यसबेला तिम्रा पाखुराहरू कमजोर बन्छन्। तिम्रा पाउहरू लुला र बाङ्गा बन्छन्। तिम्रा दाँतहरू झर्छन् र तिमी आफ्नो खाना समेत चपाएर खान नसक्ने हुन्छौ। आँखाले सफासित देख्दैनौ। तिमी कान नसुन्ने हुन्छौ। बाटोका हल्ला खल्ला तिमी सुन्नसक्ने छैनौ। अन्न पिधिरहेको जाँतो पनि तिमीलाई शान्त लाग्छ। स्त्रीहरूले गाएको तिमीले सुन्न सक्ने छैनौ। बिहान एउटा चरा समेतले तिमीलाई बिउँझाइदिन्छ किनकि तिमी सुत्नै पनि सक्दैनौ। डाँडाहरू देखि तिमीलाई डर लाग्छ। बाटोका स-साना ढुङ्गा देखि पनि लड्छु कि भन्ने डर लाग्छ। तिम्रा केशहरू बदामका फुल जस्तै सेतै हुन्छन्। हिँड्दा खेरी एउटा फटेंग्राले जस्तै तिमीले आफूलाई घिसार्छौ। तिम्रो बाँच्ने इच्छा पनि हुँदैन, अनि त तिमी आफ्नो सदाको घरमा जानेछौ। अनि तिम्रा शरीरलाई दफन गर्न लैजाने मलामीहरू बाटोमा थुप्रने छन्। चाँदीको तार चुँडिन अघि र सुनको कचौरा फुटाइन अघि, माटोको गाग्री इनारमा फुट्नु अघि, अनि पाङग्रो जलाशयमा झर्नु पहिल्यै, जब तिमीहरू युवास्थामा छौ तिम्रा सृष्टिकर्त्तालाई याद गर। तिम्रो शरीर माटोबाट बनिएको हो। मरेपछि पनि माटोमै फर्कन्छ। तर आत्मा जुन परमेश्वरबाट आयो मरेपछि त्यो आत्मा परमेश्वरकहाँ जानेछ। सब थोक व्यर्थ छ। उपदेशक भन्छन् यी सब समयको बरबादी मात्र हो। उपदेशक खुबै ज्ञानी थिए। उनले मानिसहरूलाई शिक्षा दिन आफ्नो ज्ञानको प्रयोग गरे। उपदेशकले खुबै सावधानीसित अध्यायन गरे र धेरै शक्तिहरूलाई सम्पादन गरे। उचित शब्दको लागि उपदेशकले ठूलो परिश्रम गरे। अनि उनले ती शिक्षाहरू लेखे जुन सत्य र भरोसापूर्ण छन्। ज्ञानी मानिसको शब्दहरू छरिता सिर्कना जस्ता हुन्छन् जसको प्रयोग मानिसहरू पशुहरूलाई ठीक बाटोमा हिंडाउँन गर्छन्। ती शिक्षाहरू दह्रिलो प्रकारले ठोकेको काँटीहरू झैं हुन्छन् ती एउटा गोठालाबाट आउँछन्। यसर्थ मेरा छोरा-छोरीहरू हो। ती उपदेशहरू पढ। तर अरू किताबहरू देखि सतर्क रहौ। मानिसहरू किताब लेखिनै रहन्छन् र धेरै पढाइले तिमीलाई थकित बनाउँछ। अब, किताबमा लेखिएका ती सबै कुराहरूबाट हामी के सिक्छौ त? सबभन्दा महत्वपूर्ण कुरो हो परमेश्वरलाई आदर गर र उहाँको आज्ञा मान। किनकि मानिसहरू जे गर्छन ती सब परमेश्वर जानुहुन्छ गुप्त कुरा समेत उहाँ जानुहुन्छ। सबै राम्रा कुरा नराम्रा उहाँ जानुहुन्छ। मानिसले गरेको प्रत्येक कर्मको उहाँ न्याय गर्नुहुन्छ।

शेयर गर्नुहोस्
उपदेशक 12 पढ्नुहोस्

उपदेशक 12:1-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यसकारण युवा छँदै “जीवनमा मलाई केही आनन्‍द छैन,” भन्‍नुपर्ने उदासी दिन र वर्षहरू तिम्रा जीवनमा आउनुअघि नै आफ्‍ना सृष्‍टिकर्ताको सम्‍झना गर। त्‍यस बेला घाम, जून र ताराको प्रकाश तिमीलाई धमिलो लाग्‍नेछ र वर्षा ल्‍याउने बादल कहिल्‍यै हट्‍नेछैन। त्‍यस बेला तिमीलाई रक्षा गर्दैल्‍याउने तिम्रा पाखुरा थरथरी काम्‍नेछन् र तिम्रा बलिया खुट्टाहरू कमजोर हुनेछन्। तिम्रा दाँत झर्नेछन् र तिमीलाई खानेकुरा चपाउन साह्रो हुनेछ र तिम्रा आँखाले राम्ररी देख्‍न छोड्‍नेछन्। तिम्रा कानहरू बहिरा हुनेछन् र तिमीले बाटोको आवाज सुन्‍नेछैनौ। गाएका गीत वा जाँतो पिंधेको आवाज सुन्‍न सक्‍नेछैनौ तर चराले गीत गाउँदा पनि तिमी निद्राबाट जाग्‍नेछौ। अग्‍ला ठाउँदेखि तिमी डराउनेछौ र हिँड्दा तिमीलाई डर हुनेछ। तिम्रो केश फुल्‍नेछ, तिमीलाई यताउति घस्रेर हिँड्‍नुपर्नेछ र केही गर्न मन लाग्‍नेछैन। तिमी आफ्‍नो अन्‍तिम विश्राम लिने ठाउँतिर गइरहेका हुनेछौ र गल्‍लीमा मानिसहरूले शोक मनाउनेछन्। चाँदीको साङ्ला चुँडिनेछ, सुनको बत्ती झरेर फुट्‍नेछ, इनारको डोरी चुँडिनेछ र गाग्रो फुट्‍नेछ। हाम्रो शरीर माटोमा फर्कनेछ र जीवनको सास परमेश्‍वरकहाँ जानेछ, जुन उहाँले हामीलाई दिनुभएको थियो। यी सबै हुनुभन्दा पहिले परमेश्‍वरको सम्‍झना गर। व्‍यर्थ, व्‍यर्थ, सबै व्‍यर्थ भनी उपदेशक भन्‍दछन्। तर उपदेशक बुद्धिमान् थिए र आफूले जानेका कुरा मानिसहरूलाई सिकाइरहे। तिनले उखानहरू पढे र तिनका सत्‍यबारे इमानदारीसाथ जाँच गरे। उपदेशकले ठीक कुरा भेट्टाउने चेष्‍टा गरे। तिनले जे लेखे, ती सत्‍य थिए। बुद्धिमान्‌का वचन गोठालाहरूले भेडालाई बाटो देखाउने तिखा लौराझैँ हुन्‍छन् र सङ्‌ग्रह गरेका उखानहरू बलियो गरेर ठोकेका किलाझैँ हुन्‍छन्। हामी सबैका एउटै गोठालो परमेश्‍वरले ती दिनुभएको हो। ए मेरो छोरो, अर्को एउटा कुरा पनि नजरमा राख्‍नुपर्छ। पुस्‍तक लेखाइको अन्‍त छैन र धेरै पढाइले मानिसलाई थकाउँछ। यी सबै कुरा सुन्‍यौ, अब एउटै कुरा मात्र भन्‍नु छ; परमेश्‍वरको भय मान र उहाँका आज्ञापालन गर किनभने त्‍यति गर्नलाई मात्र मानिसको सृष्‍टि गरिएको हो। हामीले गरेका सबै काम असल होस् वा खराब, गुप्‍तमा गरेका कामसमेत परमेश्‍वरले न्‍याय गर्नुहुनेछ।

शेयर गर्नुहोस्
उपदेशक 12 पढ्नुहोस्