उपदेशक 11:9-10
उपदेशक 11:9-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ए जवान मानिस, युवावस्थामा हुँदा खुशी होऊ। तिम्रो हृदयले तिम्रो जवानीमा आनन्द देऊन्। तिम्रा आँखाले देखेका कुराहरू र तिम्रो हृदयका कुराहरूलाई पछ्याऊ। तर यो याद राख् कि परमेश्वरले यी सबै कुराको लेखा लिनुहुन्छ। यसैकारण चिन्तालाई तिम्रो हृदयबाट पर राख, र शरीरको दु:खलाई फालिदेऊ, किनभने युवावस्था र बल व्यर्थ हुन्।
उपदेशक 11:9-10 पवित्र बाइबल (NERV)
यसकारण हे युवा-युवतीहरू हो जबसम्मा तिमीहरू जवान हुँदै आनन्द मनाऊ। जो मनले भन्छ त्यही गर। प्रसन्न रहौ। जो तिमीहरूको इच्छा छ त्यही गर। तर याद राख, तिमीहरूको प्रत्येक कर्म अनुसार परमेश्वरले न्याय गर्नेछन्। रिसले तिमीलाई वशमा नराखोस् अनि शरीरले पाप गर्न नलगाओस् किनभने युवा अवस्था व्यर्थको हुन्छ।
उपदेशक 11:9-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
ए युवाहरू हो, आफ्ना जवानीमा आनन्द गर, युवावस्था छउञ्जेल सुख-चैन गर। आफ्नो मनको इच्छा पूरा गर र जे मन लाग्छ, त्यो गर। तर यतिचाहिँ याद राख कि परमेश्वरले तिम्रा सबै कामको लेखा लिनुहुनेछ। केही कुरामा फिक्री नगर, केही कुरामा दु:ख नमान। तिम्रो युवावस्था धेरै दिन रहनेछैन।