उपदेशक 11
11
पानीमाथि अन्न
1आफ्नो अन्न पानीमा फालिदेऊ, र धेरै दिनपछि तिमीले त्यो फेरि पाउनेछौ। 2तिमीले सात, आठ जनालाई भाग बाँड़िदेऊ, किनभने तिमी जान्दैनौ कस्तो विपत्ति देशमा आइपर्नेछ।
3बादल पानीले पूर्ण भयो भने त्यसले जमिनमा पानी बर्साउँछ। रूख दक्षिणमा ढल्यो भने पनि अथवा उत्तरमा ढल्यो भने पनि त्यो जहाँ ढलेको छ त्यहीँ नै पड़िरहन्छ। 4बतासको विचार गर्नेले कहिल्यै छर्दैन, बादलमा नजर राख्नेले कहिल्यै कटनी गर्दैन।
5जसरी तिमीले हावाको चाल कतातिर पुग्छ र आमाको गर्भमा शरीर कसरी बनिन्छ भनेर जान्दैनौ, त्यसरी नै सब थोक बनाउनुहुने परमेश्वरका हातको कामलाई तिमी बुझ्न सक्दैनौ।
6बिहान समयमा नै तिम्रो बीउ छर, र बेलुकी पनि काम गर्न नछोड, किनभने अहिले छरेको अथवा भरे छरेको कुनचाहिँ सफल हुन्छ, अथवा दुवै नै राम्रा होलान् भनी तिमी जान्दैनौ।
युवावस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर
7उज्यालो असल हुन्छ। आँखाले घामलाई हेर्न मन पराउँछ। 8मानिस जति धेरै वर्ष बाँचे तापनि त्यो ती सबैमा आनन्दित होस्। तर त्यसले अन्धकारका दिनहरूको पनि स्मरण गरोस्, किनभने ती धेरै हुन्छन्। हुन आउने सबै कुराहरू व्यर्थ हुन्।
9ए जवान मानिस, युवावस्थामा हुँदा खुशी होऊ। तिम्रो हृदयले तिम्रो जवानीमा आनन्द देऊन्। तिम्रा आँखाले देखेका कुराहरू र तिम्रो हृदयका कुराहरूलाई पछ्याऊ। तर यो याद राख् कि परमेश्वरले यी सबै कुराको लेखा लिनुहुन्छ। 10यसैकारण चिन्तालाई तिम्रो हृदयबाट पर राख, र शरीरको दु:खलाई फालिदेऊ, किनभने युवावस्था र बल व्यर्थ हुन्।
अहिले सेलेक्ट गरिएको:
उपदेशक 11: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012