व्यवस्था 9:25-26
व्यवस्था 9:25-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुले तिमीहरूलाई नाश गर्छु भनी भन्नुभएकोले परमप्रभुको अगि म चालीस दिन र चालीस रात पस्रिरहें। मैले परमप्रभुलाई प्रार्थना गरेर भनें, “हे परमप्रभु परमेश्वर, तपाईंले आफ्नो ठूलो शक्तिद्वारा छुटाएर शक्तिशाली बाहुबलद्वारा मिश्रबाट निकालेर ल्याउनुभएको आफ्नो प्रजा र आफ्नो निज उत्तराधिकारलाई नाश नगर्नुहोस्।
व्यवस्था 9:25-26 पवित्र बाइबल (NERV)
“यसकारण म चालीस दिन अनि चालीस रात परमप्रभु अघि निहुरी रहें किनभने परमप्रभुले तिमीहरूलाई नष्ट गर्ने निणर्य गर्नु भएको थियो। मैले परमप्रभुलाई प्रार्थना गरें र भनें, ‘हे परमप्रभु मेरा मालिक! यी मानिसहरूलाई तपाईंले मिश्र देशबाट आफ्नो पराक्रम तथा शक्तिमा छुटाएर ल्याउनु भयो। यिनीहरू तपाईंका आफ्ना मानिसहरू हुन् र यिनीहरूलाई नष्ट नगर्नुहोस्।
व्यवस्था 9:25-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“यसकारण यी चालीस दिन र रातभरि म परमप्रभुको अघि आफ्नो शिर निहुराएर पस्रिबसें किनभने म जान्दथें कि उहाँले तिमीहरूलाई नाश गर्ने सङ्कल्प गरी सक्नुभएको थियो। र मैले प्रार्थना गरें, ‘सार्वभौम पराक्रमी परमप्रभु! आफ्ना निज प्रजालाई नाश नपार्नुहोस्, जसलाई तपाईंले आफ्ना महान् शक्ति र बलले मिश्रदेखि निकाली ल्याउनुभयो।