YouVersion लोगो
खोज आइकन

व्यवस्था 6:20-24

व्यवस्था 6:20-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

भविष्‍यमा जब तिम्रो छोराले “परमप्रभु हाम्रा परमेश्‍वरले दिनुभएका यी नियम र विधिविधानहरूको अर्थ के हो?” भनी सोध्‍ला, तब तिमीहरूले त्‍यसलाई भन्‍नू: “हामीहरू मिश्रमा फारोका कमारा थियौं, र परमप्रभुले हामीलाई मिश्रबाट आफ्‍नो बाहुबलले निकाली ल्‍याउनुभयो। परमप्रभुले हाम्रा आँखाकै सामुन्‍ने मिश्रीहरू, फारो र उनका सबै घरानामाथि अत्‍यन्‍तै भयानक अचम्‍मका चिन्‍ह र आश्‍चर्य कामहरू देखाउनुभयो। हाम्रा पिता-पुर्खाहरूसँग शपथ खाएर दिनेछु भनी प्रतिज्ञा गर्नुभएको देशमा ल्‍याउन उहाँले हामीलाई त्‍यहाँबाट निकाल्‍नुभयो। परमप्रभुले नै हामीलाई यी सबै विधि पालन गर्ने र परमप्रभु हाम्रा परमेश्‍वरको भय मान्‍ने आदेश दिनुभएको हो, ताकि हाम्रो निरन्‍तर हित होस्, र आज पर्यन्‍तझैँ हाम्रो जीवनको पनि रक्षा होस्‌।

शेयर गर्नुहोस्
व्यवस्था 6 पढ्नुहोस्

व्यवस्था 6:20-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

भविष्यमा जब तिमीहरूका छोराछोरीले तिमीहरूलाई सोध्नेछन्, “याहवेह हाम्रा परमेश्‍वरले तपाईंहरूलाई पालन गर्नू भनी दिनुभएका यी नीति-नियमहरू, उर्दीहरू र व्यवस्थाहरूको अर्थ के हो?” तब तिनीहरूलाई यसो भन, “हामी इजिप्टमा फारो राजाका दासहरू थियौँ; तर याहवेहका शक्तिशाली हातले हामीलाई इजिप्टबाट निकालेर ल्याउनुभयो। हाम्रो आँखाको सामु याहवेहले इजिप्टमा फारो र तिनका सबै घरानामाथि अलौकिक चिन्हहरू, अथवा महान् र डरलाग्दा कामहरू गर्नुभयो। तर उहाँले हामीलाई त्यहाँबाट निकालेर हाम्रा पितापुर्खाहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएको देश दिनलाई यहाँ ल्याउनुभयो। याहवेहले हामीलाई यी सबै उर्दीहरू पालन गर्नू र याहवेह हाम्रा परमेश्‍वरको डर मान्‍नू भनी आज्ञा दिनुभयो; ताकि त्यसरी नै सधैँभरि उन्‍नति गर्दै बाँचिरहन सकौँ, जसरी आज हामी समृद्ध छौँ।

शेयर गर्नुहोस्
व्यवस्था 6 पढ्नुहोस्

व्यवस्था 6:20-24 पवित्र बाइबल (NERV)

“भविष्यामा तिम्रो छोरोले सोध्ला, ‘परमप्रभु हाम्रा परमेश्वरले दिनुभएका शिक्षाहरू, नियम तथा विधि-विधानहरूको अर्थ के हो?’ तब तिमी छोरोलाई भन्नेछौ, ‘हामी मिश्रमा फिरऊनको दासहरू थियौं तर परमप्रभुले हामीलाई आफ्नो बाहुबलले त्यहाँबाट बाहिर ल्याउनु भयो। परमप्रभुले महान अनि आश्चर्यजनक काम गर्नु भयो। हामीहरूले उहाँलाई यी कामहरू मिश्रवासी, फिरऊन तथा तिनका घरका मानिसहरूमाथि गरेको देख्यौं। त्यसपछि परमप्रभुले हाम्रा पिता-पुर्खाहरूसित गर्नु भएको प्रतिज्ञा अनुसार भूमि दिनका लागि हामीलाई त्यहाँबाट बाहिर ल्याउनुभयो। परमप्रभुले यी सबै विधि-विधानहरू पालन गर्नु हामीलाई लगाउनु भयो। हामीले परमप्रभु हाम्रा परमेश्वरलाई आदर गर्नुपर्छ तब परमप्रभुले आज जस्तै हामीलाई सधैँ जीवित राख्नु हुनेछ।

शेयर गर्नुहोस्
व्यवस्था 6 पढ्नुहोस्

व्यवस्था 6:20-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“भविष्‍यका दिनहरूमा तिमीहरूका छोरा-छोरीहरूले तिमीहरूलाई सोध्‍नेछन्, ‘किन परमप्रभु हाम्रा परमेश्‍वरले यी सबै नियमहरू मान्‍ने आज्ञा हामीलाई दिनुभयो?’ तब तिनीहरूलाई यसो भन, ‘हामी मिश्रदेशको राजाका कमारा-कमारीहरू थियौं, परमप्रभुले आफ्‍नो महान् शक्तिले हामीलाई बचाइल्‍याउनुभयो। उहाँले गर्नुभएका उदेकका कामहरू अनि मिश्रीहरू र तिनका राजा र भारदारहरूप्रति गर्नुभएका डरलाग्‍दा कामहरू हामीले आफ्‍नै आँखाले देख्‍यौं। यो देश दिनलाई उहाँले मिश्रदेशबाट हामीलाई छुट्‌कारा दिएर ल्‍याउनुभयो। यस्‍तो प्रतिज्ञा उहाँले हाम्रा पुर्खालाई दिनुभएको थियो। त्‍यसपछि परमप्रभु हाम्रा परमेश्‍वरले यी सबै नियमहरू पालन गर्नू र उहाँको डर मान्‍नू भनी आज्ञा हामीलाई दिनुभयो। हामीले त्‍यसो गर्‍यौं भने उहाँले सधैँ हाम्रो रखवाली गर्नुहुनेछ र हाम्रा जातिलाई सबै कुरामा उन्‍नति हुनेछ।

शेयर गर्नुहोस्
व्यवस्था 6 पढ्नुहोस्