YouVersion लोगो
खोज आइकन

व्यवस्था 30:15-20

व्यवस्था 30:15-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हेर, आज मैले तिमीहरूका अगि जीवन र वृद्धि, अनि मृत्‍यु र नाश राखेको छु। परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँका मार्गमा हिँड्‌न, उहाँका आज्ञा, विधि र नियमहरू पालन गर्न म आज तिमीहरूलाई आदेश दिँदछु। तब मात्र तिमीहरू जिउनेछौ, तिमीहरूको वृद्धि हुनेछ, र तिमीहरूले अधिकार गर्न लागेका देशमा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष्‌ दिनुहुनेछ। तर तिमीहरूका हृदय बरालिएर तिमीहरू अटेरी भयौ र अन्‍य देवताहरूप्रति आकर्षित भएर तिनीहरूलाई पुज्‍न र सेवा गर्न लाग्‍यौ भने, तिमीहरू निश्‍चय नै नष्‍ट हुनेछौ भनी म आज घोषणा गर्दछु, र यर्दन पारि अधिकार गर्न जान लागेको देशमा तिमीहरू धेरै दिन बाँच्‍नेछैनौ। आज म स्‍वर्ग र पृथ्‍वीलाई तिमीहरूका विरुद्धमा साक्षी राख्‍तछु, कि मैले तिमीहरूका अगि जीवन र मृत्‍यु, आशिष्‌ र श्राप राखेको छु। अब जीवन नै रोज, ताकि तिमीहरू र तिमीहरूका बालबच्‍चाहरू जिउन सक, र परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्दै, उहाँका आज्ञा मान्‍दै र उहाँसँगै लीन बन्‍दै बाँचिरहो। किनकि परमप्रभु नै तिमीहरूको जीवन हुनुहुन्‍छ, र तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसित उहाँले दिन्‍छु भनी शपथ खानुभएको देशमा उहाँले तिमीहरूलाई दीर्घायु बनाउनुहुनेछ।

शेयर गर्नुहोस्
व्यवस्था 30 पढ्नुहोस्

व्यवस्था 30:15-20 पवित्र बाइबल (NERV)

“आज मैले तिमीहरूलाई राम्रो र नराम्रो अनि जीवन र मृत्यु रोज्न दिएको छु। म तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्ने र उहाँका आज्ञाहरू पालन गर्ने, उहाँको विधि तथा नियमहरू अनुशरण गर्ने आदेश दिन्छु। परमप्रभु तिमीहरूका परमेश्वरले दिने भूमि आफ्नो बनाउनको निम्ति प्रवेश गररिरहेका छौ त्यहाँ परमप्रभुले आशिष दिनु हुनेछ र त्यहाँ तिमीहरू बसो-बास गर्नेछौ अनि तिमीहरूका सन्तान फिँजिनेछन्। तर यदि तिमीहरूले परमप्रभुको आज्ञा पालन गरेनौ अनि अट्टेरी गरेर अन्य देवताहरूको सेवा र पूजा गर्यौ भने, तब तिमीहरू ध्वंश हुनेछौ। म तिमीहरूलाई चेतावनी दिन्छु यदि तिमीहरूले परमप्रभुलाई अमान्य गर्यौ भने यर्दन नदीपारि पट्टिको भूमि जुन तिमीहरू आफ्नो बनाउँन प्रवेश गर्न लागेका छौ त्यहाँ धेरै बाँच्ने छैनौ। “आज मैले तिमीहरूलाई स्वर्ग र पृथ्वीलाई साक्षी राखेर दुइवटा ढुङ्गाहरूबाट एउटा रोज्नु लाउँदैछु। जीवन अथवा मृत्यु रोज्न सक्छौ। पहिलो रोजाइ आशीर्वाद ल्याउँछ, अनि अरू रोजाई सराप यसकारण जीवनलाई रोज। तब तिमी अनि तिमीहरूको नानीहरू बाँच्ने छन्। तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्नै पर्छ र उहाँका आज्ञा पालन गर्नै पर्छ। उहाँलाई कहिलै त्याग नगर किनभने परमप्रभु नै तिमीहरूका जीवन हुनुहुन्छ। तब परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूः अब्राहाम, इसहाक र याकूबसित गर्नु भएको प्रतिज्ञा अनुसार पाएको भूमिमा उहाँले दीर्घायु जीवन दिनुहुनेछ।”

शेयर गर्नुहोस्
व्यवस्था 30 पढ्नुहोस्

व्यवस्था 30:15-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“असल र खराब, जीवन र मृत्‍युमा के चुन्‍ने हो, सो मौका आज म तिमीहरूलाई दिँदै छु। यदि तिमीहरूले आज मैले दिएका परमप्रभु तिम्रा परमेश्‍वरका आज्ञाहरू पालन गर्‍यौ र उहाँलाई प्रेम गर्‍यौ अनि उहाँका सबै नियमहरू मान्‍यौ भने तिमीहरूको फलिफाप हुनेछ। तब तिमीहरू एक असङ्‍ख्य मानिसहरूका जाति बन्‍नेछौ। तिमीहरूले अधिकार गर्न आँटेका देशमा परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुहुनेछ। तर तिमीहरूले ती मानेनौ र उहाँका वचन सुन्‍न इन्‍कार गर्‍यौ भने अनि अन्‍य देव-देवता पुज्‍नपट्टि लाग्‍यौ भने तिमीहरू नाश हुनेछौ– म अहिले यहाँ तिमीहरूलाई यो चेतावनी दिँदछु। तिमीहरूले अधिकार गर्न आँटेको यर्दनपारिका देशमा तिमीहरू धेरै दिन बास गर्नेछैनौ। म अहिले तिमीहरूलाई जीवन र मृत्‍यु, परमेश्‍वरका आशिष् अनि सरापमा एउटा चुन्‍ने मौका दिँदछु अनि तिमीहरू के चुन्‍छौ, त्‍यो हेर्नलाई स्‍वर्ग र पृथ्‍वीलाई साक्षी राख्‍दछु। जीवन नै रोज। परमप्रभु आफ्‍ना परमेश्‍वरलाई प्रेम गर, उहाँका आज्ञा मान र उहाँप्रति विश्‍वासयोग्‍य रहो। तब उहाँले तिम्रा पुर्खा अब्राहाम, इसहाक र याकूबलाई दिने प्रतिज्ञा गर्नुभएको देशमा तिमी र तिम्रा सन्‍तान धेरै दिन बास गर्नेछौ।”

शेयर गर्नुहोस्
व्यवस्था 30 पढ्नुहोस्

व्यवस्था 30:15-20

व्यवस्था 30:15-20 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्