व्यवस्था 15:1-4
व्यवस्था 15:1-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
प्रत्येक सात वर्षको अन्तमा कर्जा-माफीको समय राख्नुपर्छ। त्यो यसरी गरिनेछ: हरेक ऋणदाताले आफ्नो नाता-भाइ इस्राएलीलाई दिएको ऋण छोड़िदेओस्। त्यसले आफ्नो स्वदेशी दाजुभाइलाई ऋण फर्काउन बाध्य नगरोस्, किनकि परमप्रभुको कर्जा-माफीका समयको घोषणा भएको छ। परदेशीलाई चाहिँ कर गरेर माग्न सक्छौ, तर तिमीहरूका दाजुभाइको ऋण माफी देओ। मैले आज आदेश दिएका परमप्रभु तिमीहरूका परमेश्वरको वचन तिमीहरूले होशियारीसाथ पालन गर्यौ भने, तिमीहरूमा कोही गरीब हुनेछैन
व्यवस्था 15:1-4 पवित्र बाइबल (NERV)
“प्रत्येक सात बर्षको अन्तमा तिमीहरूको ऋण माफ गर्नु नै पर्छ। तिमीहरूले यो यसरी गर्नु पर्छ। प्रत्येक मानिस जसले अर्को इस्राएलीलाई ऋण दिएको छ उसले त्यो ऋण माफ गर्नु पर्छ। उसले ऋण लिने अर्को इस्राएली भाइलाई ऋण तिर्न लाउनु हुँदैन। किनभने परमप्रभुले यस बर्ष ऋण माफ गर्ने आज्ञा दिनु भएको छ। तिमीहरूले अर्को कुनै विदेशीलाई ऋण तिर्नु लगाउनु सक्छौ तर त्यो ऋण कुनै इस्राएलीसित भए माफ दिनै पर्छ। तिमीहरूको भूमिमा कुनै गरीब मानिस हुने छैन। किनभने परमप्रभुले तिमीहरूलाई यो भूमि दिनु हुँदैछ अनि तिमीहरूलाई धेरै-धेरै आशीर्वाद दिनु हुनेछ।
व्यवस्था 15:1-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“हरेक सातौँ वर्षको अन्तमा तिमीहरूले ती मानिसहरू जसले तिम्रा पैसा ऋण लिएका छन्, त्यस ऋणलाई माफी गरिदेओ। त्यो यस प्रकारले गर्नू। ज-जसले आफ्ना सङ्गी इस्राएलीलाई पैसा ऋण दिएका छन्, तिनीहरूले ऋण छोडिदिनू, ती उठाउने काम नगर्नू। ती ऋण मेटिएका छन् भनी परमप्रभु आफैंले भन्नुभएको छ। विदेशीले लिएको ऋण उठाउन सक्छौ तर आफ्नै दाजुभाइहरूले लिएका ऋण नउठाउनू। “परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देशमा तिमीहरूलाई आशिष् दिनुहुन्छ। तिमीहरूमध्ये कोही पनि गरीब हुनेछैन।