व्यवस्था 11:2-3
व्यवस्था 11:2-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आज याद राख, तिमीहरूले परमप्रभुको जुन अनुशासन अनुभव गर्यौ र देख्यौ सो तिमीहरूका छोराछोरीहरूले जानेका छैनन्। उहाँको राजप्रताप, उहाँको शक्तिशाली हात र पसारिएको पाखुरा त तिमीहरूले देखेकै छौ। मिश्रकै माझमा, मिश्रका राजा फारो र उनका सारा देशभरि उहाँले देखाउनुभएका चिन्ह र कार्यहरू तिमीहरूलाई थाहै छ।
व्यवस्था 11:2-3 पवित्र बाइबल (NERV)
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सिकाउनु भएको ती सबै महान् कुराहरू आज सम्झना गर। ती सब कुराहरू हुँदा तिमीहरू थियौ तर तिमीहरूका नानीहरू होइनन्। तिमीहरूले परमप्रभु कति शक्तिशाली, कति महान् र उहाँले गर्नु भएको महान् कामहरू देख्यौ। तिमीहरूका बाल-बच्चाले होइन तर उहाँले देखाउनु भएको चिन्ह र कार्यहरू तिमीहरूले देख्यौ, तिमीहरूले मिश्र देशका राजा फिरऊन र पूरा मिश्रदेशमा के गर्नु भयो देख्यौ।
व्यवस्था 11:2-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुका साथमा तिमीहरूले उहाँका बारेमा के-के सिक्यौ र बुझ्यौ, सो आज याद गर। तिमीहरूका छोरा-छोरीले होइन तर तिमीहरू आफैंले नै यी कुराहरू चाल पाएका छौ। तिमीहरूले परमप्रभुको महान्ता, शक्ति, प्रताप र उदेकका कामहरू देख्यौ। मिश्रका सम्पूर्ण राज्यलाई र राजालाई उहाँले के गर्नुभयो, त्यो तिमीहरूले देख्यौ।