दानिएल 1:1-2
दानिएल 1:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यहूदाका राजा यहोयाकीमका शासनकालको तेस्रो वर्षमा बेबिलोनका राजा नबूकदनेसर यरूशलेममा आएर त्यसलाई घेरे। अनि परमप्रभुले परमेश्वरको भवनका केही भाँड़ाकुँड़ाहरूसहित यहूदाका राजा यहोयाकीमलाई तिनको हातमा सुम्पिदिनुभयो। ती भाँड़ाकुँड़ाहरू तिनले बेबिलोनियामा भएको आफ्ना देवताको मन्दिरमा लगे र देवताकै भण्डारमा राखे।
दानिएल 1:1-2 पवित्र बाइबल (NERV)
यहूदाका राजा यहोयाकीमको शासनकालको तेस्रो बर्षमा बाबेलका राजा नबूकदनेस्सरले यरूशलेममा आफ्ना सेनाद्वारा चारै तिर घेरेर त्यस माथि आक्रमण गरे। परमप्रभुले उसलाई यहूदाको राजा यहोयाकीमलाई पराजित गर्ने शक्ति दिनुभयो अनि परमेश्वरको मन्दिरबाट सबै भाँडा-कुँडाहरू लाने अनुमति दिनुभयो। नबूकदनेस्सरले ती चीजहरू शिनारको भूमि बाबेलमा ल्याए अनि उनका देवताहरूका मन्दिरमा राखे।
दानिएल 1:1-2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यहोयाकीम यहूदाका राजा भएको तेस्रो वर्षमा बेबिलोनियाका राजा नबूकदनेसरले यरूशलेममाथि हमला गरे र सहरमा घेरा हाले। उनलाई परमप्रभुले यहोयाकीम राजालाई पक्रन र मन्दिरका केही भाँडाकुँडा जफत गर्न दिनुभयो। उनले केही कैदीहरू अनि मन्दिरबाट लुटेका सामानहरू बेबिलोनमा लगेर आफ्ना देवताहरूको मन्दिरका भण्डारहरूमा राखे।