आमोस 5:4-15
आमोस 5:4-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
इस्राएलका घरानालाई परमप्रभु यसो भन्नुहुन्छ: “मलाई खोज र बाँच। बेथेललाई नखोज, गिलगालमा नजाओ, बेर्शेबामा यात्रा नगर, किनकि गिलगाल अवश्य निर्वासनमा जानेछ, र बेथेलचाहिँ केही न केहीको हुनेछ।” परमप्रभुको खोजी गर र बाँच, नत्रता उहाँ योसेफको घरानामा आगोजस्तै भएर जानुहुनेछ, र त्यसले भस्म पार्छ, र बेथेलमा त्यो निभाउने कोही हुनेछैन। न्यायलाई तीतो बनाउने र धर्मलाई माटोमा मिलाउने तिमीहरू हौ। (किरकिटी र मृगशिरा तारा-समूहलाई सृजनुहुने, र घोर अन्धकारलाई प्रभातकालको उज्यालोमा परिवर्तन गर्नुहुने, दिनलाई अँध्यारो पारेर रात बनाउनुहुने, जसले समुद्रको पानीलाई बोलाउनुहुन्छ र त्यसलाई जमिनमा खन्याउनुहुन्छ— उहाँको नाउँ परमप्रभु नै हो। उहाँले बलियाको विरुद्ध एक्कासि सर्वनाश ल्याउनुहुन्छ, र किल्लाबन्दी गरिएको सहर नाश गर्नुहुन्छ), न्यायालयमा बसेर हप्काउनेलाई तिमीहरू घृणा गर्छौ, र सत्य बोल्नेलाई पनि तिमीहरू घृणा गर्छौ। तिमीहरू कङ्गालीलाई कुल्चन्छौ, र अन्न दिन तिनीहरूलाई करकाप गर्दछौ। यसैकारण ढुङ्गाका ठूला-ठूला घरहरू तिमीहरूले बनाए तापनि तिमीहरू तिनमा बस्नेछैनौ। तिमीहरूले लहलहाउँदो दाखबारी लगाए तापनि तिमीहरूले तिनका दाखमद्य पिउनेछैनौ। किनकि म जान्दछु, तिमीहरूका दोषहरू कति धेरै छन्, र तिमीहरूका पाप कति ठूला छन्। तिमीहरू धर्मात्माहरूलाई सताउँदछौ र घूस लिन्छौ। न्यायालयमा गरीबहरूलाई न्यायदेखि वञ्चित गर्छौ। यसैकारण बुद्धिमान् मानिस यस्तो समयमा चूप लागिरहन्छ, किनकि समय खराब छ। भलाइको खोजी गर, खराबीको होइन, र तिमीहरू बाँचिरहो। तब तिमीहरूले भनेझैँ सर्वशक्तिमान् परमप्रभु परमेश्वर तिमीहरूसँग रहनुहुनेछ। खराबीलाई घृणा, भलाइलाई प्रेम गर। न्यायालयमा न्याय कायम राख। शायद सर्वशक्तिमान् परमप्रभु परमेश्वरले योसेफका बाँचेकाहरूमाथि कृपा गर्नुहुनेछ।
आमोस 5:4-15 पवित्र बाइबल (NERV)
परमप्रभु इस्राएलका मानिससित यसो भन्नुहुन्छ: “मेरो खोजि गर्दै आऊ अनि बाँच्नेछौ तर बेतेललाई नखोज, गिलगाल मा नजाऊ, सिमानापार नगर अनि बेर्शेबामा नजाऊ। गिलगालका मानिसहरूलाई कैदमा लगिनेछ। अनि बेतेललाई नष्ट पारिदिनेछ। परमप्रभुकहाँ आऊ र तिमीहरू बाँच्नेछौ। यदी तिमीहरू परमप्रभुकहाँ गएनौ भने, उहाँले इस्राएल राष्ट्र माथि आगोले झैं झम्टनु हुनेछ। इस्राएल राष्ट्र आगोले ध्वस्त पारिनेछ, र परमेश्वरको घर समेत कोही सुरक्षित हुनेछैन। हे मानिस हो! तिमीहरू किन न्यायलाई तिक्तातामा र धर्मलाई घृणासरह व्यवहार गर्छौ? उहाँ जसले कृतिका र मृगशिरा बनाउनु भयो, उहाँनै हुनुहुन्छ जसले बिहान लाई गहिरो अन्धकारमा र दिनलाई रातमा परिवर्तन गर्नु हुन्छ। उहाँले समुद्रको पानीलई बोलाउनु हुन्छ र पृथ्वीमा खन्याउनु हुन्छ। उहाँको नाउँ यहोवा हो। उहाँले बलिया सेनाहरू र किल्लाहरूलाई ध्वंश पार्नुहुन्छ।” तिमीहरू न्यायलाई बिषमा, र धार्मिकतालाई घृणामा बद्ली दिन्छौ। तिमी मानिसहरू, अगमवक्तालाई घृणागर्छौ, जो तिमीहरूका अन्यायलाई लल्कार्छ र मानिसहरूसित सत्य बोल्छ। अत्यचार र लुटद्वारा तिमाहरूले गरीवहरूलाई कुल्चेकाछौ। तिमीहरूले तिनिहरूको खाना लुटेकाछौ। कुँदिएका ढुङ्गाका घरहरू बनाउन त्यो बेचेकाछौ। तर तिमीहरू यी राम्रा घरहरूमा बस्नेछौनौ, तिमीले राम्रा-राम्रा दाखका बोटहरू लगाएकाछौ तर तिमीले त्यसबाट बनेको दाखरस पिउन पाउने छैनौ। मलाई थाहाछ तिमीहरूका धेरै डरलाग्दा पापहरू र ठूलो अपराध बिषयमा मलाई थाहा छ। तिमीहरूले धर्मीहरूको बिरोध (खेदो) गर्यौ र गरीबहरूलाई अत्यचार गर्न घुस लियौ। त्यस समयमा बुद्धिमानहरू चुप लाग्ने छन्। किनभने यो समय खराब छ। नराम्रो होइन राम्रो गर्ने लक्ष बनाऊ, ताकि तिमीहरू बाँच्नेछौ। तब परमप्रभु परमेश्वर सर्वशक्तिमान तिमीहरूसँग हुनुहुनेछ। जसरी तिमीहरूले “मीहरूसित उहाँ हुनुहुन्छ” भनेका छौ। खराबीलाई घृणागर अनि भलाईलाई प्रेम गर। अदालतमा न्यायमा फर्कार्इ ल्याऊ, तब सम्भव छ कि सर्वशक्तिमान परमप्रभु परमेश्वरले, यूसुफको कुलमा बाँचेका मानिसहरूलाई राम्रो गर्नुहुनेछ।
आमोस 5:4-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुले इस्राएलका मानिसहरूलाई भन्नुहुन्छ, “मकहाँ फर्की आओ र तिमीहरू बाँच्नेछौ। बेर्शेबामा पूजा गर्न नजाओ। मलाई बेथेलमा नखोज, बेथेल व्यर्थको हुनेछ। गिलगालमा नजाओ, त्यहाँका मानिसहरू देश निकालावास हुनेछन्।” परमप्रभुकहाँ जाओ र तिमीहरू बाँच्नेछौ। नत्र त आगोको मुस्लोझैँ उहाँ योसेफको सन्तानमाथि खस्नुहुनेछ। आगोले बेथेलका मानिसहरूलाई भस्म पार्नेछ र आगो निभाउन कसैले पनि सक्नेछैन। न्याय बिगार्ने र मानिसहरूका हक खोसी ठग्नेहरू, तिमीहरू नाश हुनेछौ। परमप्रभुले तारामण्डल बनाउनुभयो, किरकिटी र मृगशिरा तारा-समूह बनाउनुभयो। उहाँले अँध्यारोलाई उज्यालो र दिनलाई रात बनाउनुहुन्छ। उहाँले समुद्रको पानीलाई बोलाएर पृथ्वीमाथि खन्याइदिनुहुन्छ। उहाँको नाम परमप्रभु हो। उहाँले बलियाहरू र तिनका किल्लाहरू नाश गर्नुहुन्छ। जसले अन्यायको विरोध गर्छ र अदालतको अघि साँचो बोल्छ, तिनीहरूलाई तिमीहरूले घृणा गर्छौ। तिमीहरूले गरीबलाई सताएका छौ र तिनीहरूका अन्न लुटेका छौ। यसकारण आफूले बनाएका पत्थरका सुन्दर भवनहरूमा तिमीहरू बास गर्न पाउनेछैनौ र आफूले लाएका सुन्दर दाखबारीको दाखमद्य पिउन पाउनेछैनौ। तिमीहरूको पाप यति डरलाग्दो छ र यति साह्रो अपराध तिमीहरूले गरेका छौ भन्ने कुरा मलाई थाहा छ। तिमीहरू असल मानिसहरूको खेदो गर्दछौ, घुस लिन्छौ र न्याय खोज्न न्यायालयमा आएका गरीबहरूलाई बाधा दिँदछौ। यसकारण यस्तो खराब समयमा चुपचाप भएर बस्नु नै बुद्धिमानी कुरा हो। भलाइ गर्ने, खराब नगर्ने सङ्कल्प गर र तिमीहरू बाँचौला। तब तिमीहरूले दाबी गरेअनुसार परमप्रभु सर्वशक्तिमान् परमेश्वर साँच्चै तिमीहरूका साथमा रहनुहनेछ। दुष्टतालाई घृणा गर, भलाइलाई प्रेम गर र न्यायालयमा निष्पक्ष न्याय गर। यस जातिका मानिसहरू, जो अझै बाँचिरहेका छन्, तिनीहरूमाथि सायद परमप्रभुले कृपा गर्नुहुनेछ।