YouVersion लोगो
खोज आइकन

प्रेरित 7:57-60

प्रेरित 7:57-60 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

यो सुनेर तिनीहरूले आफ्नो कान थुने, र उच्‍च सोरले कराएर तिनीहरू सबै एकैसाथ तिनीमाथि झम्टे। अनि स्तिफनसलाई सहरबाहिर घिस्याउँदै लगे, र ढुङ्गा प्रहार गर्न थाले। त्यसै बेला त्यस घटनाका साक्षीहरूले आफ्ना लुगाफाटाहरू हेरविचार गर्न शाऊल नामको एउटा युवकको पाउमा राखे। जब तिनीहरूले स्तिफनसमाथि ढुङ्गा बर्साइरहेका थिए, तब स्तिफनसले यसरी प्रार्थना गरे, “हे प्रभु येशू, मेरो आत्मालाई ग्रहण गर्नुहोस्!” त्यसपछि तिनले घुँडा टेक्दै उच्‍च सोरमा भने, “हे प्रभु, यस पापको दोषी यिनीहरूलाई नबनाउनुहोस्!” यति भनेपछि तिनको मृत्यु भयो।

शेयर गर्नुहोस्
प्रेरित 7 पढ्नुहोस्

प्रेरित 7:57-60 पवित्र बाइबल (NERV)

तुरून्तै समस्त यहूदी अगुवाहरू एकसाथ ठूलो स्वरमा चिच्याए। तिनीहरूले आफ्ना हातले कान बन्द गरे। तिनीहरू सबै एकसाथ स्तिफनस तिर दौडे। तिनीहरूले उनलाई शहर बाहिर फ्याँके अनि ढुङ्गा हान्न थाले। ती मानिसहरू ज-जसले स्तिफनसको विरूद्ध झूटो कुरा गरेका थिए, तिनीहरूले आफ्ना पोशाक खोलेर शावल नाउँको एक युवकलाई दिए। अनि त्यसपछि तिनीहरूले स्तिफनस माथि ढुङ्गा हान्न शुरू गरे। तर स्तिफनस प्रार्थना गरिरहेका थिए। उनले भने, “प्रभु येशू, मेरो आत्मा ग्रहण गर्नुहोस्!” तब उनले घूँडा टेके अनि जोडले चिच्याए, “प्रभु, यिनीहरूलाई यो पापका निम्ति दोष नदिनुहोस्!” यति भनिसके पछि स्तिफनसले देह त्याग गरे।

शेयर गर्नुहोस्
प्रेरित 7 पढ्नुहोस्

प्रेरित 7:57-60 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यत्तिकैमा तिनीहरूले जोडले कराउँदै आ-आफ्‍ना कान थुने र सबै उनीमाथि जाइलागे। तिनीहरूले स्‍तिफनसलाई ढुङ्गाले हानेर मार्न सहरदेखि घिस्‍याउँदै बाहिर निकाले। साक्षीहरूले आ-आफ्‍नो कोट फुकालेर शाऊल भन्‍ने ठिटाको जिम्‍मा लगाई स्‍तिफनसलाई ढुङ्गाले हिर्काउन लागे। तिनीहरूले ढुङ्गाले हिर्काइरहँदा स्‍तिफनसले प्रभुलाई पुकार्दै भने, “हे प्रभु येशू, मेरो आत्‍मालाई लिनुहोस्।” त्‍यसपछि उनले घुँडा टेकेर ठूलो सोर निकालेर भने, “हे प्रभु, यो पाप यिनीहरूलाई नलागोस्!” यति भनेर उनले आफ्‍नो प्राण त्‍यागे।

शेयर गर्नुहोस्
प्रेरित 7 पढ्नुहोस्