प्रेरित 7:1-32
प्रेरित 7:1-32 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब प्रधान पूजाहारीले सोधे, “के यी कुरा ठीक हुन्?” तिनले भने, “दाजुभाइ र बुबा हो, सुन्नुहोस्। महिमाका परमेश्वरले हाम्रा पितामह अब्राहामलाई तिनी हारानमा बस्न अघि मेसोपोटामियामा छँदा दर्शन दिनुभएको थियो, र तिनलाई भन्नुभएको थियो, ‘तिमी आफ्नो देश र आफ्ना कुटुम्बबाट निस्केर, जुन देश म तिमीलाई देखाउँछु, त्यहाँ जाऊ।’ “तब तिनी कल्दीहरूको देशबाट निस्केर हारानमा आएर बसे, र तिनका पिताको मृत्यु भएपछि परमेश्वरले तिनलाई त्यहाँबाट यस मुलुकमा सार्नुभयो, जहाँ अहिले तपाईंहरू वास गर्नुहुन्छ। तिनलाई त्यस ठाउँमा जायजात त परै जाओस्, पाइला राख्ने ठाउँसम्म पनि दिनुभएन। तर तिनको सन्तान नभए तापनि त्यो जायजात परमेश्वरले तिनका सन्तान-दरसन्तानलाई निजी सम्पत्तिको रूपमा दिने प्रतिज्ञा गर्नुभयो। परमेश्वरले यसरी भन्नुभयो, ‘तेरा सन्तान अर्काको मुलुकमा गएर बस्नुपर्नेछ, र उनीहरूले तिनीहरूलाई कमारा तुल्याएर चार सय वर्षसम्म थिचोमिचो गरी राख्नेछन्।’ परमेश्वरले भन्नुभयो ‘तर तिनीहरू जुन जातिका कमारा भएर बस्नेछन् त्यस जातिको इन्साफ म गर्नेछु। त्यसपछि तिनीहरू निस्किआएर यसै ठाउँमा मेरो आराधना गर्नेछन्।’ उहाँले तिनीसँग खतनाको करार बाँध्नुभयो, र अब्राहाम इसहाकका पिता भएर आठौँ दिनमा इसहाकको खतना गरे। इसहाक याकूबका पिता भए, र याकूब बाह्रै कुलका पिता भए। “कुलपतिहरूले योसेफसँग डाह गरेर तिनलाई मिश्रदेशमा बेचिदिए। तर परमेश्वर तिनीसँग हुनुहुन्थ्यो। परमेश्वरले तिनका सारा कष्टबाट छुटाएर मिश्रदेशका राजा फारोको सामुन्ने तिनलाई कृपा गर्नुभयो र बुद्धि दिनुभयो, र फारोले तिनलाई मिश्रदेश र उनका सारा घरका हाकिम तुल्याए। “त्यसपछि सारा मिश्रदेश र कनानमा अनिकाल परेर ठूलो कष्ट भयो, र हाम्रा पुर्खाहरूले अन्न पाएनन्। तर याकूबले मिश्रदेशमा अन्न छ भन्ने कुरा सुनेर हाम्रा पुर्खाहरूलाई पहिलो पल्ट त्यहाँ पठाए। दोस्रो पटकको भेटमा योसेफले तिनका दाजुभाइहरूलाई आफ्नो परिचय दिए, र योसेफको परिवार पनि फारोकहाँ जाहेर भयो। योसेफले आफ्ना बुबा याकूबलाई र आफ्ना जम्मै कुटुम्बलाई, जो पचहत्तर प्राणी थिए, उनीकहाँ डाकिपठाए। याकूब मिश्रदेशमा गए, र त्यहीँ उनको देहान्त भयो, र हाम्रा पुर्खाहरूको पनि त्यहाँ नै देहान्त भयो। त्यसपछि तिनीहरूका मृत शरीर शकेममा लगे, र अब्राहामले शकेममा हमोरका छोराहरूबाट दाम तिरेर किनेको चिहानमा राखे। “तर जब परमेश्वरले अब्राहामलाई गर्नुभएको करार पूरा हुने समय नजिक आयो तब मिश्रदेशमा ती मानिसहरू बढ्न लागे, र तिनीहरूको संख्यामा वृद्धि भयो। तब मिश्रदेशमा योसेफलाई नचिन्ने अर्का राजा खड़ा भए। उनले हाम्रा जातिसँग धूर्तताको व्यवहार गरे, र हाम्रा पुर्खाहरूलाई तिनका शिशुहरू बाहिर ल्याएर राख्न कर लाउँथे, र यसरी भर्खर जन्मेका सबै शिशुहरू मर्थे। “यसै बेला मोशाको जन्म भयो। तिनी परमेश्वरको दृष्टिमा सुन्दर थिए। तिनी तीन महिनासम्म आफ्ना पिताको घरमा पालिए। तिनी बाहिर फालिएपछि फारोकी छोरीले तिनलाई उठाएर लगिन्, र आफ्नै छोरा तुल्याएर पालिन्। मोशालाई मिश्रीहरूका सारा विद्यामा शिक्षा दिइयो, र मोशा आफ्ना वचन र काममा शक्तिशाली भए। “जब तिनी चालीस वर्षका भए, तब आफ्ना इस्राएली दाजुभाइहरूलाई भेट गर्ने इच्छा तिनको हृदयमा उठ्यो। आफ्ना जातभाइमध्ये एक जनामाथि अन्याय भइरहेको देखेर, तिनले त्यसलाई रक्षा गरे, र त्यस अन्याय गर्ने मिश्रीलाई मारी आफ्ना भाइमाथि भएको अत्याचारको बदला लिए। परमेश्वरले मेरो हातबाट तिनीहरूको उद्धार गर्नुहुन्छ भन्ने मेरा भाइबन्धुले बुझ्लान् भन्ने तिनले विचार गरेका थिए। तर तिनीहरूले सो बुझेनन्। भोलिपल्ट तिनीहरू नै आपसमा झगड़ा गरिरहेको बेलामा तिनी आए, र तिनीहरूलाई मिलाउने कोसिस गरेर भने, ‘मानिस हो, तिमीहरू त दाजुभाइ हौ, तब किन एउटाले अर्कालाई अन्याय गर्छौ?’ “तर आफ्नो छिमेकीमाथि अन्याय गर्नेले तिनलाई यसो भनेर घचेटिदियो, ‘हामीमाथि हाकिम र न्यायकर्ता हुन तिमीलाई कसले नियुक्त गर्यो? हिजो त्यस मिश्रीलाई मारेजस्तो तिमी मलाई पनि मार्न चाहन्छौ?’ यस्तो जवाफ सुनेर मोशा भागेर मिद्यान देशमा गई प्रवासी भए। त्यहाँ तिनका दुई छोराहरू जन्मे। “चालीस वर्ष बितेपछि सीनै पर्वतको उजाड-स्थानमा जलिरहेको पोथ्राको ज्वालामा एउटा स्वर्गदूत तिनीकहाँ देखा परे। जब मोशाले यो देखे तब तिनी यस दर्शनले छक्क परे, र त्यो हेर्नलाई नजिक जाँदा परमप्रभुको यस्तो वाणी भयो, ‘म तिम्रा पुर्खाहरूका परमेश्वर हुँ— अब्राहाम, इसहाक र याकूबका परमेश्वर।’ मोशा काम्न लागे, र तिनले त्यतातिर हेर्नेसम्म आँट गरेनन्।

प्रेरित 7:1-32 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि प्रधान पुजारीले स्तिफनसलाई सोधे, “के यी आरोपहरू साँचो हुन्?” यो सुनेर उनले जवाफ दिए: “दाजुभाइ-दिदीबहिनीहरू र बुबाहरू हो, मेरो कुरा सुन्नुहोस्! हाम्रा पिता अब्राहाम हारानमा बस्नुभन्दा अगि जब उनी मेसोपोटामियामै थिए, तब महिमाका परमेश्वरले उनको सामु आएर भन्नुभयो, ‘आफ्नो देश, आफ्नो कुटुम्बलाई छोडेर म जुन देश तँलाई देखाउँछु, त्यहीँ जा।’ “त्यसैले उनी कल्दीहरूको देश त्यागेर हारानमा बस्न थाले। उनका पिताको मृत्युपछि परमेश्वरले उनलाई यस देशमा पठाउनुभयो, जहाँ अहिले तपाईंहरू बसिरहनुभएको छ। परमेश्वरले उनलाई जायजेथा दिनुभएन। जमिनको एउटा सानो टुक्रासम्म पनि दिनुभएन। त्यस समयमा अब्राहामको कुनै सन्तान थिएन। तर पनि परमेश्वरले अब्राहामसँग उनी र उनको शेषपछि उनका सन्तानहरूले यो देशमा अधिकार जमाउनेछन् भनी प्रतिज्ञा गर्नुभयो। परमेश्वरले उनीसँग यसरी भन्नुभयो: ‘तेरा सन्तानहरू अर्काको देशमा प्रवासी हुनेछन् र चार सय वर्षसम्म तिनीहरूले दास भएर दुर्व्यवहार खप्नुपर्नेछ।’ परमेश्वरले भन्नुभयो, ‘तर म तिनीहरूले दास-दासी भई सेवा गरेको देशलाई दण्ड दिनेछु। अनि पछि तिनीहरू त्यस देशबाट निस्किआउनेछन् र यसै ठाउँमा मेरो आराधना गर्नेछन्।’ अब्राहामलाई उहाँले खतनाको करार दिनुभयो। त्यसपछि अब्राहाम इसहाकका पिता भए। जन्मेको आठौँ दिन उनले छोराको खतना गरे। इसहाकले याकोबलाई जन्माए र याकोब बाह्र कुलका पिता भए। “योसेफलाई दाजुभाइहरूले डाह गरेर इजिप्टमा बेचिपठाए। तर परमेश्वर तिनको पक्षमा हुनुहुन्थ्यो। अनि उनलाई सबै दुःखबाट छुटकारा दिलाउनुभयो। उहाँले योसेफलाई बुद्धि दिनुभयो; र इजिप्ट देशका राजा फारोको कृपा पाउने योग्यको तुल्याउनुभयो। त्यसैले योसेफलाई फारोले आफ्नो सम्पूर्ण दरबार र इजिप्टभरिकै हाकिम बनाए। “त्यसपछि सारा इजिप्ट र कनानमा अनिकाल पर्यो। त्यसबाट सबैलाई ठूलो सङ्कष्ट भयो। हाम्रा पुर्खाहरूले अन्न व्यवस्था गर्न सकेनन्। जब इजिप्टमा अन्न छ भनेर याकोबले सुने, तब उनले हाम्रा पुर्खाहरूलाई पहिलो पल्ट त्यहाँ पठाए। तिनीहरूको दोस्रो भेटमा योसेफले आफ्नो परिचय दाजुभाइहरूलाई दिए। अनि फारोले योसेफका कुटुम्बहरूका बारेमा थाहा पाए। यसपछि योसेफले आफ्ना बुबा याकोब र सम्पूर्ण परिवारका सदस्यहरूलाई, जो पचहत्तर जना थिए, आफूकहाँ बोलाइपठाए। अनि याकोब इजिप्टमा गए, जहाँ उनी र हाम्रा पिताहरूको मृत्यु भयो। तिनीहरूका मृत शरीर शकेममा फर्काएर ल्याए। अनि चिहानमा लगेर राखे, जुनचाहिँ अब्राहामले शकेममा हमोरका छोराहरूलाई केही रकम तिरेर किनेका थिए। “अब्राहामसँग परमेश्वरले गर्नुभएको प्रतिज्ञा पूरा गर्नुपर्ने समय नजिक आउँदैथियो। इजिप्टमा हाम्रा मानिसहरूको संख्या तीब्र गतिले बढ्यो। तब इजिप्टमा योसेफलाई नचिनेका एक जना नयाँ राजाले शासन गर्न थाले। राजाले हाम्रा मानिसहरूमाथि अन्यायपूर्ण तरिकाले व्यवहार गरे। अनि हाम्रा पुर्खाहरूलाई आतङ्कित बनाएर तिनीहरूका भर्खरै जन्मेका शिशुहरूलाई बाहिर फ्याँक्न बाध्य पारे, ताकि ती शिशुहरूको मृत्यु होस्। “त्यसै समयमा मोशाको जन्म भयो र उनी कुनै साधारण बालक थिएनन्! तीन महिनासम्म उनको हेरविचार आफ्नै बुबाको घरमा भयो। जब उनलाई बाहिर राखियो, तब फारोकी छोरीले तिनलाई उठाइन् र घरमा ल्याएर आफ्नै छोराको रूपमा पालनपोषण गरिन्। मोशालाई इजिप्टको सबै ज्ञानको शिक्षा दिइयो। तिनी बोल्नमा र कामहरूमा शक्तिशाली भए। “जब मोशा चालीस वर्ष पुगे, तब तिनले आफ्ना इस्राएली मानिसहरूलाई भेट्ने निर्णय गरे। यसैक्रममा उनीहरूमध्ये एउटालाई एक इजिप्टियनले दुर्व्यवहार गरिरहेको देखेर तिनी उसलाई बचाउन गए। अनि त्यस मानिसलाई हत्या गरेर दुर्व्यवहारमा परेको मानिसको बदला लिए। तिनीहरूलाई त्यस कष्टबाट छुटकारा दिलाउन परमेश्वरले तिनलाई प्रयोग गरिरहनुभएको कुरा आफ्ना मानिसहरूले बुझ्लान् भनी मोशाले सोचेका थिए। तर तिनीहरूले त्यो कुरा बुझ्न सकेनन्। भोलिपल्ट दुई जना इस्राएलीहरू झगडा गरिरहेका मोशाले देखेर तिनीहरूलाई भने, ‘हे भाइहरू हो, तिमीहरू त दाजुभाइ हौ। तिमीहरू किन एक-अर्काका विरुद्ध यसरी लडिरहेका छौ?’ यसो भनेर तिनले ती दुवैमा मिलाप गराउने प्रयत्न गरे। “तर जुनचाहिँ मानिसले अर्कोलाई दुर्व्यवहार गरिरहेको थियो, त्यसले मोशालाई एकातिर घचेट्दै भन्यो, ‘तिमीलाई कसले हाम्रो शासक र न्यायकर्ता नियुक्त गर्यो? के तिमीले हिजो त्यस इजिप्टियनलाई मारेझैँ मलाई पनि मार्ने विचार गर्दैछौ?’ यस्तो जवाफ सुनेपछि मोशा त्यहाँबाट भागेर मिद्यान देशमा गए, जहाँ एउटा परदेशीका रूपमा तिनी बस्न थाले। त्यहीँ तिनका दुई छोराहरू जन्मे। “चालीस वर्ष बितेपछि सीनै पर्वत नजिकैको मरुभूमिको एउटा जलिरहेको पोथ्रामा एक जना स्वर्गदूत मोशाकहाँ देखा परे। जब मोशाले यो देखे, तब त्यस दर्शनले गर्दा तिनी आश्चर्यचकित भए। त्यसलाई नियालेर हेर्न जब तिनी नजिकै गए, तब तिनले परमेश्वरको यस्तो वचन सुने: ‘म तेरा पुर्खाहरूका परमेश्वर हुँ, म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकोबका परमेश्वर हुँ।’ मोशा डराएर काम्न लागे, र तिनले त्यस दृश्यतिर हेर्न आँट गरेनन्।
प्रेरित 7:1-32 पवित्र बाइबल (NERV)
प्रधान पूजाहारीले स्तिफनसलाई भने, “के यी कुराहरू सत्य हुन्?” स्तिफनसले उत्तर दिए, “मेरा यहूदी पिताहरू र दाज्यू-भाइहरू, मलाई ध्यानसित सुन। हाम्रा पुर्खा अब्राहाम समक्ष महिमामय परमेश्वर प्रकट हुनुभयो। अब्राहाम त्यसबेला मेसोपोटामियामा थिए। यो उहाँ हारानमा रहनु भन्दा पहिलेको कुरा हो। परमेश्वरले अब्राहामलाई भन्नुभयो, ‘तिम्रो देश र त्यहाँका तिम्रा मनिसहरूलाई छोड अनि त्यो देशमा जाऊ, म तिमीलाई देखाउने छु।’ “यसैले अब्राहामले कल्दी देश छाडे अनि हारानमा बस्न गए। अब्राहमको पितकाको मृत्युपछि उनलाई परमेश्वरले यो ठाँउमा पठाउनु भयो, जहाँ अहिले तिमी बस्छौ। तर उहाँले अब्राहामलाई त्यो जमीनको कुनै टुक्रा आफ्नो बनाउन दिनुभएन, खालि यसको एक फूट मात्र पनि दिनुभए। तर तिनले प्रतिज्ञा गरे कि भविष्यमा त्यो जमीन उसको अनि उसको उत्तरधिकारीको हुनेछ। यद्यपि त्यस बेला अब्राहमको कुनै सन्तान थिएन। “परमेश्वरले उनलाई भन्नुभयो, ‘तिम्रो सन्तानहरूले यो ठाउँमा बस्नु पर्नेछ। त्यहाँका मानिसहरूले तिनीहरूलाई दास बनाउने छन् र चार सय वर्ष सम्म कुव्यवाहर गरेर राख्नेछन्। तर म त्यो राष्ट्रलाई दण्ड दिनेछु जुन राष्ट्रले तिनीहरूलाई दास बनाउनेछ।’ परमेश्वरले यो पनि भन्नुभयो, ‘तब तिम्रा मानिसहरू त्यस देशबाट निस्कि आउनेछन् अनि तिनीहरूले यस ठाउँमा मलाई आराधना गर्नेछन्।’ “परमेश्वरले अब्राहामसँग एक करार बाँध्नु भयो; यस करारको संकेत खतना थियो। यसर्थ जब अब्राहमको छोरो भयो, त्यो आठ दिनको पुग्दा उनले खतना गरिदिए। उनको छोरोको नाउँ इसहाक थियो। पछि उसले आफ्नो छोरो याकूबको पनि खतना गरे पछि याकूबले आफ्ना छोराहरूलाई त्यसै गरे। ती छोराहरू पछि बाह्रजना पिताहरू भए। “त्यसपछि ती पिताहरू यूसुफसँग डाह गर्ने भए। यूसुफलाई मिश्रदेशमा दास बनाउन बेचे। तर यूसुफसँग परमेश्वर हुनुहुन्थ्यो। यूसुफले धेरै दुःख-कष्टहरू सामना गर्नु पर्यो, तर परमेश्वरले उनलाई ती सबै दुःख-कष्टहरूबाट बचाउनु भयो। फिरऊन मिश्रदेशका राजा थिए। उहाँले यूसुफलाई मनपराउनु भयो अनि आदर पनि गर्नु भयो किनभने यूसुफमा परमेश्वरबाट पाएको ज्ञान थियो। उसले यूसुफलाई मिश्र देशका राज्यपाल बनाए अनि तिनलाई उहाँको घरका सम्पूर्ण मानिसहरूमाथि शासन गर्ने अधिकार दिए। तर सम्पूर्ण मिश्रदेश र कनानमा अनिकाल लागेको थियो। यसले मानिसहरूलाई अत्यन्त यातना भोगायो। हाम्रा पुर्खाहरूले खाने-कुरा केही पाउन सकेनन्। “तर याकूबले त्यहाँ मिश्रदेशको गोदामहरूमा अन्नको राश छ भनेर थाहा पाए। यसकारण उनले हाम्रा पुर्खाहरूलाई त्यहाँ पठाए। तिनीहरूको त्यो प्रथम मिश्रदेश यात्रा थियो। पछिबाट तिनीहरू त्यहाँ दोस्रो पल्ट गए। त्यसबेला यूसुफले आफ्ना भाइहरूलाई ऊ को हो बताए। अनि फिरऊनले यूसुफको परिवारको विषयमा जान्न पाए। तब यूसुफले उनका पिता याकूबलाई मिश्र देशमा निमन्त्रण गर्न केही मानिसहरू पठाए। उनले जम्मै आफन्तहरू पनि निम्त्याए (जम्मा पचहत्तर जना मानिसहरू)। यसकारणा याकूब मिश्र देश आए। याकूब र हाम्रा पुर्खाहरू नमरून्जेल सम्म त्यहाँ बसे। त्यसपछि तिनीहरूका शरीरहरू शकेम्मा पठाइयो अनि तिनीहरूलाई चिहानमा राखियो। यो त्यही चिहान हो जुन अब्राहमले शकेममा हमोरका छोराहरूबाट चाँदी दिएर किनेका थियो। “मिश्र देशमा यहूदीहरूको संख्या बढेर गयो। त्यहाँ अधिक भन्दा अधिक हाम्रा मानिसहरू उपस्थित थिए। परमेश्वरले अब्राहामलाई दिनु भएको वचन पूरा हुने समय नजिक आइरहेको थियो। त्यसपछि एक अर्को राजाले मिश्र देशमा शासन गर्न थाल्यो। उसले यूसुफको विषयमा केही पनि जानेन्। ती राजाले हाम्रो मानिसहरूलाई हानी पुरयाउन धूर्त तरिकाहरू प्रयोग गरे। उनले तिनीहरूको भर्खर जन्मेका नानीहरू मरोस् भनी बाहिर राख्न वाध्य गराए। “यो त्यसबेलाको कुरा हो जब बालक मोशा जन्मेका थिए। ती एउटा खुबै सुन्दर अनि परमेश्वरलाई खुशी पार्ने बालक थिए। उनलाई तीन महीना सम्म आफ्नो पिताको घरमा पाले। जब तिनीहरूले मोशालाई बाहिर निकाले, फिरऊनकी छोरीले तिनलाई आफ्नै छोरो सरह स्याहार-सुसार गरिन्। मिश्र देशवासीहरूले तिनलाई जानेको प्रत्येक विषयको प्रशिक्षण दिए। तिनी वचन अनि कर्ममा दृढ भए। “जब मोशा चालीस वर्षका भए, उनको आफ्ना यहूदी दाज्यू-भाइहरूलाई भेट्ने निर्णय लिए। मोशाले एक यहूदीलाई मिश्रदेशवासीले नराम्रो व्यवहार गरेको देखे। यसर्थ तिनी त्यो यहूदीको रक्षा गर्न गए अनि त्यो मिश्र देशीलाई मारे जसले यहूदीमाथि कुव्यवहार गरिरहेको थियो। परमेश्वरले उनलाई उनीहरूकै बचाऊको लागि प्रयोग गरिरहनु भएको तिनको यहूदी भाइहरूले बुझ्लान् भन्ने मोशाले सोचे। तर तिनीहरूले त्यो बुझेनन्। “अर्को दिन मोशाले दुइ यहूदीहरूलाई आपसमा झगडा गरेको देखे। उनले तिनीहरूलाई शान्त गराउन खोजे। उनले भने, ‘ए मानिस हो! तिमीहरू दाज्यू-भाइहरू हो! किन तिमीहरू एकार्को प्रति नराम्रो व्यवहार गरिरहेकाछौ?’ जुन मानिसले अर्को मानिससित कुव्यवहार गर्दैथ्यो त्यसले मोशालाई घचेट्यो अनि भन्यो, ‘कसले तिमीलाई हाम्रो शासक अनि न्यायकर्त्ता बनायो? जसरी तिमीले हिजो मिश्र देशवासीलाई मार्यो त्यसरी नै मलाई मार्छौ?’ जब मोशाले त्यस्तो सुने तिनले मिश्रदेश छोडे। उनि मिद्यानको देशमा नौला मानिस जस्तै बस्न थाले अनि त्यहीं उनका दुइ छोराहरू भए। “चालिस वर्ष पछि मोशा सीनै पर्वतको मरूभूमिमा थिए। बलिरहेको पोथ्राको ज्वालामा एकजना स्वर्गदूत तिनको अघाडि देखा परे। जब मोशाले यस्तो देखे, उनी अचम्मित भए। जब उनी नियालेर हेर्न नजिक गए, मोशाले परमप्रभुको आवाजले भन्दै गरेको सुने। परमप्रभुले उनलाई भन्नुभयो, ‘म तिम्रा पिताहरूको परमेश्वर, अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर, याकूबका परमेश्वर हुँ।’ मोशा डरले काम्न थाले। उनलाई त्यस बल्दै गरेको पोथ्रामा हेर्ने साहस भएन।
प्रेरित 7:1-32 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
प्रधान पूजाहारीले स्तिफनसलाई सोधे, “के तिमीलाई दोष लाएको कुरा साँचो हो?” स्तिफनसले जवाफ दिँदै भने, “हे मेरा दाजुभाइ र बुबाहरू हो, मैले भनेको सुनिदिनु होला– हाम्रा पुर्खा अब्राहाम हारान भन्ने ठाउँमा जानुभन्दा अघि मेसोपोटामिया भन्ने देशमा बस्थे। त्यहीँ उनलाई ठूलो महिमामा बास गर्नुहुने परमेश्वरले दर्शन दिनुभयो। परमेश्वरले अब्राहामलाई भन्नुभयो, ‘आफ्नो देश र कुटुम्बलाई छोड् अनि मैले तँलाई देखाउने देशमा जा’। त्यसो हुँदा अब्राहाम कल्दीहरूको देशबाट निक्लेर हारानमा गए र त्यहीँ बसे। तिनका बुबा मरेपछि परमेश्वरले तिनलाई तपाईंहरू अहिले बस्नुभएको यही देशमा ल्याउनुभयो। त्यस बेला परमेश्वरले अब्राहामलाई यस देशमा आफ्नो पाइलो राख्नेसम्म जमिन पनि दिनुभएन। तर परमेश्वरले ‘यो देश तँ र तेरा सन्तानलाई दिनेछु’ भनेर प्रतिज्ञा गर्नुभयो। यो प्रतिज्ञा गर्नुहुँदा अब्राहामका छोरा-छोरी नै भएका थिएनन्। परमेश्वरले अब्राहामलाई अझै भन्नुभयो, ‘तेरा सन्तानहरू विदेशमा गएर बस्नेछन्। त्यहाँका मानिसहरूले तिनीहरूलाई कमारा बनाउनेछन् र चार सय वर्षसम्म ठूलो दु:ख दिनेछन्। तर तिनीहरूलाई कमारो बनाउने मानिसहरूलाई म दण्ड दिनेछु। त्यसपछि तिनीहरू त्यस देशबाट निक्लनेछन् र यहाँ आएर मेरो सेवा र आराधना गर्नेछन्’। “अनि परमेश्वरले अब्राहामसँग वाचा बाँध्नुभयो र त्यस वाचाको सम्झना गराउनका लागि शरीरमा खतना गर्ने आज्ञा दिनुभयो। त्यसपछि अब्राहामका छोरा इसहाकको जन्म भयो। अब्राहामले आफ्नो छोरालाई जन्मेको आठौँ दिनमा खतना गरिदिए। इसहाकले आफ्नो छोरा याकूबलाई अनि याकूबले पनि आफ्ना बाह्रै छोराहरूलाई शरीरको खतना गरिदिए। अब यिनीहरू नै हाम्रा बाह्र कुलका पुर्खा हुन आएका हुन्। “याकूबका छोरा योसेफलाई अरू दाजुभाइहरूले डाह गर्थे। तिनीहरूले योसेफलाई मिश्रदेशका मानिसहरूका हातमा बेचिदिए र उनी कमारा भए। तर परमेश्वर योसेफसँग हुनुहुन्थ्यो। परमेश्वरले तिनलाई सबै दु:खबाट छुटाउनुभयो। जब योसेफ मिश्रका राजा फारोका अघि आए, तब परमेश्वरले उनलाई सुबुद्धि र असल विचार दिनुभयो। यो देखेर फारोले उनलाई मिश्रदेशको बडा-हाकिम बनाए। त्यस बेलादेखि दरबारमा योसेफको हुकुम चल्न लाग्यो। “त्यसपछि मिश्रदेश र हाम्रा पुर्खाहरू बस्ने कनान देशभरि अनिकाल पर्यो। त्यसले गर्दा सबै ठूलो दु:खमा परे। हाम्रा पुर्ख्यौली मानिसहरूले अन्न नै पाएनन्। मिश्रदेशमा अन्न छ भन्ने कुरा सुनेर याकूबले आफ्ना छोराहरूलाई पहिलोपल्ट त्यस देशमा पठाए। उनीहरू दोस्रोपल्ट अन्न किन्न जाँदा योसेफले आफैंलाई आफ्नो दाजुभाइका अघि चिनाए। त्यसै बेला योसेफको घरानाको बारेमा फारोलाई पनि थाहा भयो। योसेफले आफ्ना बुबा याकूबलाई ‘पूरै जहान-परिवारसमेत लिएर मिश्रमा आउनुहोस्’ भनेर खबर पठाए। त्यसो हुँदा याकूब आफ्नो जम्मा पचहत्तर जनाको जहान-परिवार लिएर मिश्रमा आए। यसरी याकूब र हाम्रा बाह्र कुलका पुर्खाहरू त्यहीँ मरे। उनीहरूका लाश लगिए र शकेम भन्ने ठाउँमा गाडिए। त्यो जग्गाचाहिँ अब्राहामले हमोरको परिवारसँग किनिराखेका थिए। “परमेश्वरले अब्राहामसँग गर्नुभएको प्रतिज्ञा पूरा हुने बेला आउनै लागेको थियो। त्यसै बेला हाम्रा इस्राएली मानिसहरूको सङ्ख्या मिश्रदेशमा बढेर धेरै भइसकेको थियो। आखिरमा योसेफलाई नचिन्ने एक जना नयाँ राजाले मिश्रदेशमा राज्य गर्न थाले। तिनले हाम्रा पिता-पुर्खाको विरोधमा जाल रचे र तिनीहरूलाई अत्याचार गरे। तिनले इस्राएलीहरूका बालकहरूलाई मरून् भनेर जन्मनासाथ जबरजस्ती घरदेखि बाहिर फाल्न लाउँथे। “त्यसै समयमा मोशाको जन्म भयो। उनलाई परमेश्वरले मन पराउनुभएको थियो। उनका आमा-बुबाले उनलाई तीन महिनासम्म घरमै लुकाएर पाले। तर पछि लुकाउन नसकेर घरबाहिर राख्दा फारोकी छोरीले उनलाई लगेर आफ्नै छोरो बनाएर पालिन्। उनले पढेर मिश्रीहरूको सबै ज्ञान पाए। उनी बोलचाल र कामकाजमा सिपालु हुँदै गए। “जब मोशा चालीस वर्ष पुगे, उनले आफ्ना इस्राएली जातिलाई भेट्ने इच्छा गरे। एक दिन उनले एउटा मिश्रीले एउटा इस्राएलीलाई पिटिरहेको देखे। उनले त्यस इस्राएलीको रक्षा गरे र बदला लिएर मिश्रीलाई मारे। परमेश्वरले मोशाद्वारा नै इस्राएलीहरूलाई छुट्कारा दिन लाग्नुभएको छ भनी आफ्नै मानिसहरूले बुझ्लान् भन्ने मोशाले सोचेका थिए। तर तिनीहरूले यो कुरा बुझेनन्। “भोलिपल्ट मोशाले दुई जना इस्राएली नै कुटाकुट गरिरहेका देखे। तिनीहरूलाई मिलाउने कोसिस गर्दै उनले भने, ‘तिमीहरू दाजुभाइ भएर पनि किन यसरी आपसमा झगडा गर्छौ?’ तर हेप्ने इस्राएलीले मोशालाई एकातिर घचेट्दै भन्यो, ‘कसले तँलाई हामीमाथि राजा र न्यायाधीश बनाएर पठायो? हिजो त्यस मिश्रीलाई मारेजस्तै के मलाई पनि मार्न खोज्छस्?’ यस्तो कुरा सुनेपछि मोशा मिश्रदेशबाट भागे। उनी मिद्यान भन्ने देशमा बसोबास गर्न लागे। त्यहाँ रहँदा-बस्दा उनका दुईटा छोरा भए। “चालीस वर्ष बितेपछि सीनै पर्वतको उजाड-स्थानमा जलिरहेको पोथ्राको ज्वालामा एउटा स्वर्गदूत मोशाकहाँ देखा परे। यो देखेर मोशा छक्कै परे अनि राम्ररी हेर्नलाई त्यस झाडीको नजिकै जाँदा उनले प्रभुको आवाज सुने, ‘म तेरा पिता-पुर्खा अब्राहाम, इसहाक र याकूबका परमेश्वर हुँ’। यो सुनेर मोशा डरले थरथर काँप्न थाले र उनले हेर्ने साहससम्म पनि गरेनन्।