YouVersion लोगो
खोज आइकन

प्रेरित 6:3-7

प्रेरित 6:3-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यसकारण भाइ हो, तिमीहरू मध्येबाट पवित्र आत्‍मा र बुद्धिले भरिएका र सबैको आदर पाएका सात जना मानिस छान जसलाई हामी यस काममा नियुक्त गरौं। तर हामीचाहिँ प्रार्थना र वचनको सेवकाइमा सम्‍पूर्ण समय दिनेछौं।” यो कुरा समूहका सबैलाई मन पर्‍यो र भेला भएका जम्‍मैलाई असल लाग्‍यो, र तिनीहरूले पवित्र आत्‍मा र विश्‍वासले भरिपूर्ण भएका स्‍तिफनस, फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास र एन्‍टिओखियाका यहूदी मत मान्‍ने निकोलाउसलाई छाने। तिनीहरूले यी मानिसहरूलाई प्रेरितहरूका सामुन्‍ने ल्‍याए र प्रेरितहरूले प्रार्थना गरे र यिनीहरूमाथि आफ्‍ना हात राखे। परमेश्‍वरको वचन बढ्‌दैगयो, र चेलाहरूको संख्‍या यरूशलेममा अत्‍यन्‍तै बढ़्यो। पूजाहारीहरूमध्‍ये धेरै जनाले यस विश्‍वासलाई ग्रहण गरे।

शेयर गर्नुहोस्
प्रेरित 6 पढ्नुहोस्

प्रेरित 6:3-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

दाजुभाइ-दिदीबहिनीहरू हो, आफ्ना बीचबाट पवित्र आत्मा र बुद्धिले भरिएका अनि सबैको आदर पाएका सात जना मानिसहरूलाई छान, जसलाई हामीले यस काममा नियुक्त गरौँ। अनि हामी हाम्रो ध्यान प्रार्थना र वचनको प्रचारमा केन्द्रित गर्न सक्छौँ।” यो प्रस्तावले समूहका सबैलाई खुशी तुल्यायो। अनि पवित्र आत्मा र विश्‍वासले भरिपूर्ण भएका स्तिफनस, फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास र एन्टिओखियाका यहूदी धर्म अपनाएका शिक्षित निकोलाउसलाई तिनीहरूले छाने। छनौट गरिएका ती मानिसहरूलाई तिनीहरूले प्रेरितहरूसामु उपस्थित गराए। अनि प्रेरितहरूले प्रार्थना गरेर तिनीहरूका शिरमाथि आफ्ना हात राखे। यसरी परमेश्‍वरको वचन फैलिँदै गयो, र यरूशलेममा चेलाहरूको संख्या तीब्रताका साथ बढ्दैगयो। पुजारीहरूमध्ये धेरै जनाले यस विश्‍वासलाई ग्रहण गरे।

शेयर गर्नुहोस्
प्रेरित 6 पढ्नुहोस्

प्रेरित 6:3-7 पवित्र बाइबल (NERV)

यसैले दाज्यू-भाइहरू हो, तिमीहरूबाटै सात जना मानिसहरू चुन। तिनीहरू सबै पुरुष जाति हुनपर्छ जसको बारेमा मानिसहरूले ती असल छन् भनुन्। तिनीहरू जो चुनिन्छन् ज्ञान अनि पवित्र-आत्माले परिपूर्ण भएका हुनपर्छ। हामी तिनीहरूलाई यो काम गर्न नियुक्त गर्नेछौं। यसप्रकारले हामी हाम्रो समय प्रार्थना गर्नमा र परमेश्वरको वचन प्रचार गर्नमा लगाउन समर्थ हुनेछौं।” चेलाहरूका जम्मै टोलीले त्यस्तो विचार मन पराए। तब तिनीहरूले यी सातजना मानिसहरू छानेः स्तिफनस (विश्वासपूर्ण र पवित्र आत्माले परिपूर्ण भएको मानिस) फिलिप, प्रखुरस, निकनोर, तीमोन, पर्मिनास र निकोलस एन्टिओकको, जो पहिले यहूदी भएका थिए। त्यसपछि तिनीहरूले यिनीहरूलाई लगे अनि प्रेरितहरूकहाँ उपस्थित गराए। तिनीहरूले प्रार्थना गरे अनि आफ्ना हातहरू ती मानिसहरूमाथि राखे। परमेश्वरको वचन धेरै मानसिहरूकहाँ पुग्दै थियो। यरूशलेममा चेलाहरूको संख्या बढ्दै गइरहेको थियो धेरै यहूदी पूजाहारीहरू पनि यस विश्वासका चेला बने।

शेयर गर्नुहोस्
प्रेरित 6 पढ्नुहोस्

प्रेरित 6:3-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यसैले हे भाइ हो, तिमीहरूका बीचबाट पवित्र आत्‍मा र ज्ञानले भरिएका सात जना मानिसलाई छान। हामी यो खाने कुराको जिम्‍मा तिनीहरूलाई दिनेछौं। हामी आफैंचाहिँ पूरै समय प्रार्थना र प्रचारको काममा लाग्‍नेछौं।” प्रेरितहरूको विचार सबैलाई मन पर्‍यो। त्‍यसैले तिनीहरूले विश्‍वास र पवित्र आत्‍माले भरपूर भएका स्‍तिफनसलाई चुने र साथसाथै फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास अनि एन्‍टिओखिया सहरका यहूदी धर्म लिएका निकोलाउसलाई पनि चुने। तिनीहरूले ती चुनिएका सात जनालाई प्रेरितहरूको सामने लगे र प्रेरितहरूले प्रार्थना गरेर आफ्‍ना हात तिनीहरूमाथि राखे। यसरी परमेश्‍वरको शिक्षा फैलिंदै गयो। प्रभु येशूका चेलाहरूको सङ्‍ख्‍या यरूशलेममा झन्-झन् बढ्दै गयो र धेरै पूजाहारीहरूले पनि प्रभु येशूमा विश्‍वास गरे।

शेयर गर्नुहोस्
प्रेरित 6 पढ्नुहोस्