YouVersion लोगो
खोज आइकन

प्रेरित 6

6
सातजनाको छनौट
1ती दिनहरूमा जब चेलाहरूको संख्या बढिरहेको थियो, हिब्रूभाषी यहूदीहरूका विरुद्ध ग्रीकभाषी यहूदीहरूले गनगन गरे; किनकि दैनिक भोजन वितरण गरिँदा तिनीहरूका विधवाहरूको बेवास्ता गरिएको थियो। 2त्यसैले बाह्रैजना प्रेरितहरूले सबै चेलाहरूलाई भेला गराए र भने, “परमेश्‍वरको वचनको प्रचार गर्न छोडेर भोजनको सेवामा लाग्नु हाम्रो निम्ति उचित होइन। 3दाजुभाइ-दिदीबहिनीहरूहो, आफ्ना बीचबाट पवित्र आत्मा र बुद्धिले भरिएका अनि सबैको आदर पाएका सात जना मानिसहरू छान, जसलाई हामी यस काममा नियुक्‍त गर्न सक्छौं। 4अनि हामी हाम्रो ध्यान प्रार्थना र वचनको प्रचारमा केन्द्रित गरिरहनेछौं।”
5यो प्रस्तावले समूहका सबैलाई खुशी तुल्यायो; अनि पवित्र आत्मा र विश्‍वासले भरिपूर्ण भएका स्तिफनस, फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास र एन्टिओखियाका यहूदी धर्म मान्‍ने शिक्षित निकोलाउसलाई तिनीहरूले छाने। 6छनौट गरिएका ती मानिसहरूलाई तिनीहरूले प्रेरितहरूको अघि उपस्थित गराए। अनि प्रेरितहरूले आफ्ना हात तिनीहरूका शिरमाथि राखेर प्रार्थना गरिदिए।
7यसरी परमेश्‍वरको वचन फैलिँदै गयो र यरूशलेममा चेलाहरूको संख्या तीब्रताका साथ बढ्दै गयो; र पूजाहारीहरूमध्ये धेरै जनाले यस विश्‍वासलाई ग्रहण गरे।
स्तिफनसको पक्राउ
8परमेश्‍वरको शक्‍ति र अनुग्रहले भरिपूर्ण भएका स्तिफनसले मानिसहरूका सामु आश्‍चर्यपूर्ण कामहरू र चिन्हहरू गरे। 9तर त्यस समयमा स्वतन्त्र दलका सभाघरहरू (यसको नाम यही थियो) भनिने सभाहरूका सदस्यहरू, र साइरिनी र अलेक्जेन्ड्रियाका साथै किलिकिया र एशिया प्रान्तहरूका मानिसहरूले स्तिफनसको विरुद्ध वाद-विवाद गर्न थाले। 10तर जुन बुद्धि र आत्माद्वारा उनी बोल्दथे, त्यसको विरुद्धमा तिनीहरूले प्रतिवाद गर्न सकेनन्।
11त्यसैले तिनीहरूले केही मानिसहरूलाई गोप्य रूपमा उक्साएर यसो भन्‍न लगाए, “परमेश्‍वरको विरुद्धमा र मोशाको विरुद्धमा स्तिफनसले निन्दात्मक वचनहरू बोलेको हामीले सुनेका छौं।”
12त्यसरी तिनीहरूले जनता, प्रधानहरू र व्यवस्थाका शिक्षकहरूलाई उनको विरुद्ध भड्काएर तिनीहरूले स्तिफनसलाई समातेर महासभासामु ल्याए। 13तिनीहरूले झूटा साक्षीहरूद्वारा यस्तो आरोप लगाए “पवित्रस्थानका र व्यवस्थाका विरुद्ध यो व्यक्‍ति सदा बोलिरहन्छ। 14‘नासरतका येशूले यो स्थान नष्‍ट पार्नेछन् र मोशाले हामीलाई तोक्नुभएको रीतिथिति पनि उनले परिवर्तन गर्नेछन्’ भनेर यो मानिसले भनेको हामीले सुनेका छौं।”
15महासभामा बसेका सबैले स्तिफनसलाई एक टकले हेरे, तिनको मुहार स्वर्गदूतको झैं चहकिलो भएको देखे।

अहिले सेलेक्ट गरिएको:

प्रेरित 6: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्