YouVersion लोगो
खोज आइकन

प्रेरित 15:12-21

प्रेरित 15:12-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब सभामा सबै चूप बसे, अनि अन्‍यजातिहरूका बीचमा परमेश्‍वरले तिनीहरूद्वारा कस्‍ता चिन्‍हहरू र आश्‍चर्यकर्महरू गर्नुभयो त्‍यसको बयान बारनाबास र पावलले गरे। उनीहरूले यो बयान सुने। तिनीहरू बोलिसकेपछि याकूबले यसो भने, “भाइ हो, मेरो कुरा सुन्‍नुहोस्, परमेश्‍वरले आफ्‍नै नाउँको निम्‍ति अन्‍यजातिहरूबाट एउटा जाति छान्‍ने कृपा गर्नुभयो भन्‍ने कुरो सिमोनले बताएका छन्‌। यसै कुरासँग अगमवक्ताका वचन पनि मिल्‍छन्, जस्‍तो लेखिएको छ, ‘यी कुरापछि म फर्कनेछु, र दाऊदको भत्‍केको वासस्‍थान फेरि बनाउनेछु, त्‍यसको भग्‍नावशेष म फेरि बनाइदिनेछु, र त्‍यसलाई खड़ा गर्नेछु, र बाँकी मानिसहरूले परमप्रभुलाई खोज्‍न सकून्, र सबै अन्‍यजातिहरूले पनि, जुनहरू मेरो नाउँद्वारा बोलाइएका छन्, यो कुरा परमप्रभु भन्‍नुहुन्‍छ, जसले प्राचीन कालदेखि यी कुराहरू जनाउनुभएको छ, जो सृष्‍टिको आरम्‍भदेखि जानिएका छन्‌।’ “यसकारण मेरो फैसला यो छ, कि परमेश्‍वरतर्फ फर्कने अन्‍यजातिहरूलाई हामी दुःख नदिऔं, तर तिनीहरूलाई यी कुरा लेखिदिऔं, कि तिनीहरू मूर्तिपूजाको अशुद्धताबाट अलग्‍ग रहून्, व्‍यभिचारबाट, घोक्रो अँठ्याएर मारेको पशुको मासु र रगतबाट अलग्‍ग रहून्‌। किनभने अघिका पुस्‍तादेखि नै सहरैपिच्‍छे मोशाका व्‍यवस्‍थाको प्रचार भइरहेको छ, किनकि यो हरेक सभाघरमा हरेक शबाथमा पढिँदैछ।”

शेयर गर्नुहोस्
प्रेरित 15 पढ्नुहोस्

प्रेरित 15:12-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

जब बारनाबास र पावलले गैरयहूदीहरूका बीचमा परमेश्‍वरले उनीहरूद्वारा गर्नुभएका अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू सुनाए, तब सबै भीड चुपचाप भयो। तिनीहरूका भनाइ सकिएपछि याकोबले भने: “दाजुभाइ-दिदीबहिनीहरू हो, मेरो कुरा सुन्‍नुहोस्। सबैभन्दा पहिले परमेश्‍वरले कसरी गैरयहूदीहरूबाट आफ्ना निम्ति एउटा जातिको छनौट गर्नुभयो भन्‍ने कुराको वर्णन सिमोनले हामीलाई गरेका छन्। अनि उनको यस भनाइसँग अगमवक्ताहरूको वचन मिल्छ; किनकि यस्तो लेखिएको छ: “ ‘यसपछि म फर्कनेछु, र दावीदको भत्केको पाललाई फेरि निर्माण गर्नेछु। यसको भग्नावशेषलाई म फेरि निर्माण गर्नेछु, र यसलाई फेरि स्थापित गर्नेछु। बाँकी मानिसहरूले र मेरो नाम लिने गैरयहूदीहरूले प्रभुलाई खोज्न सकून्, प्रभु भन्‍नुहुन्छ, जसले यी कुराहरू गर्नुहुन्छ’ जुन सृष्‍टिको अनन्तकालदेखि जानिएको छ। “त्यसकारण मेरो विचार यही हो: परमेश्‍वरकहाँ फर्केर आएका गैरयहूदीहरूलाई हामीले अप्ठ्यारो पार्नुहुँदैन। त्यसको साटो तिनीहरूका निम्ति हामीले लेखिदिनु पर्दछ: मूर्तिहरूलाई चढाइएका खानेकुराबाट, व्यभिचारबाट, घाँटी निमोठेर मारिएका पशुहरूको मासु खानबाट र रगतबाट अलग रहून्। किनकि धेरै अगिदेखि प्रत्येक सहरमा मोशाको व्यवस्था प्रचार भएको छ, र हरेक शब्बाथमा त्यसलाई सभाघरहरूमा पढिँदैछ।”

शेयर गर्नुहोस्
प्रेरित 15 पढ्नुहोस्

प्रेरित 15:12-21 पवित्र बाइबल (NERV)

त्यसपछि सम्पूर्ण दल नै शान्त भए। तिनीहरूले पावल र बर्णाबासको कुराहरू ध्यान दिएर सुने। पावल र बर्णाबासले तिनीहरूका माध्यम गैर-यहूदीहरू माझ परमेश्वरले गर्नु भएका जम्मै चमत्कारहरू र आश्चर्यजनक कामहरू बारे वृतान्त सुनाए। तिनीहरूले भनी सकेपछि याकूबले भने, “मेरा दाज्यू-भाइहरू, ध्यान लगाएर मेरो कुरा सुन। शिमोनले तिमीहरूलाई कसरी परमेश्वरले गैर-यहूदीहरूलाई आफ्नो प्रेम प्रकट गर्नु भयो सोही कुरा बताए। प्रथम पल्ट परमेश्वरले गैर-यहूदीहरूलाई ग्रहण गर्नुभयो अनि तिनीहरूलाई आफ्नो मानिस बनाउनु भयो। अगमवक्ताहरूको वचनहरू यो सँग सहमत छः ‘त्यसपछि म फर्की आउँने छु। म दाऊदको घर फेरि बनाउने छु, जुन ढलेको छ। उसको घरको भागहरू फेरि बनाईदिने छु। जुन ध्वंश भएको छ, अनि म उसको घर नयाँ बनाउनेछु। ताकि अन्य सबै मानिसहरूले प्रभुलाई खोज्नेछन् अन्य सबै गैर- यहूदीहरू पनि मेरा आफ्ना मानिसहरू हुन्। प्रभुले त्यसै भन्नु भयो। अनि उहाँ मात्र एक हुनुहुन्छ जसले सबै यी चीजहरू गर्नुहुन्छ।’ ‘ती चीजहरू प्रारम्भिक कालदेखि नै जानिएको हो।’ “यसैले हामीले गैर-यहूदीहरूलाई बोझ दिनुहुँदैन जो परमेश्वरप्रति फर्केकाछन्। बरू हामीले तिनीहरूलाई यी कुराहरूमा बताउँदै एउटा चिट्ठी लेख्नु पर्छः मूर्तिलाई चढाएको चीजहरू नखाऊ। यसले खाद्य अशुद्ध पार्छ। कुनै व्यभिचार नगर्। रगत नखाऊ। निमोठेर मारिएका पशुहरू नखाऊ। तिनीहरूले त्यसो गर्नु हुँदैन किनभने त्यहाँ अझै त्यस्ता मानिसहरू छन् जसले मोशाको व्यवस्था सिकाउँछन्। मोशाको वचनहरू धेरै वर्ष देखि प्रत्येक विश्रामको दिनमा सभाघरमा पढिन्दैछ।”

शेयर गर्नुहोस्
प्रेरित 15 पढ्नुहोस्

प्रेरित 15:12-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यस बेला सबै चुप लागे। पावल र बारनाबासले अरू जातिका मानिसहरूका बीचमा परमेश्‍वरले उनीहरूद्वारा गर्नुभएका अचम्‍मका कामहरूको बारेमा बताउँदा सबैले ध्‍यान दिएर सुनिरहे। उनीहरूले बोलिसकेपछि याकूबले उठेर भने, “दाजुभाइहरू हो, मेरो कुरा सुन्‍नुहोस् है! परमेश्‍वर आफैंले दया गरेर अरू जातिका मानिसहरूका हृदयमा काम गरी तिनीहरूलाई आफ्‍ना जन बनाउनुभयो। यो त सिमोन पत्रुसले तपाईंहरूलाई भर्खरै बताउनुभयो। अगमवक्ताहरूले धर्मशास्‍त्रमा पनि यस्‍तै लेखेका छन्– ‘त्‍यसपछि म फर्कनेछु र दाऊदको ढलेको घरानालाई फेरि उठाउनेछु र भत्‍केको फेरि बनाउनेछु म त्‍यसलाई फेरि शक्तिशाली बनाउनेछु। मैले आफ्‍नै बनाउन बोलाएको अरू जातिका मानिसहरू मकहाँ आउनेछन्’। भनेर प्रभु परमेश्‍वरले भन्‍नुहुन्‍छ, जसले धेरैअघि नै यी कुरा जनाउनुभएको थियो। “त्‍यसो हुँदा परमेश्‍वरमा आएका अरू जातिका मानिसहरूलाई हामी दु:ख नदिऔं भन्‍ने मेरो विचार छ। तैपनि अब हामी उनीहरूलाई एउटा पत्र लेखौं र त्‍यसमा उनीहरूलाई यी कुराहरूको जानकारी दिऔं– ‘मूर्तिलाई चढाएर अशुद्ध भएका खाना नखानू, व्‍यभिचारबाट अलग भएर बस्‍नू अनि घाँटी निमोठेर मारेको पशुको मासु नखानू र केहीको पनि रगत नपिउनू’। किनभने मोशाले दिएको व्यवस्था त उहिलेदेखि नै विश्राम दिनैपिच्‍छे सभाघरहरूमा पढेर सुनाइएकोले उनको शिक्षा सहरैपिच्‍छेका मानिसहरूले पनि जानिसकेका छन्।”

शेयर गर्नुहोस्
प्रेरित 15 पढ्नुहोस्