तब सभामा सबै चूप बसे, अनि अन्यजातिहरूका बीचमा परमेश्वरले तिनीहरूद्वारा कस्ता चिन्हहरू र आश्चर्यकर्महरू गर्नुभयो त्यसको बयान बारनाबास र पावलले गरे। उनीहरूले यो बयान सुने। तिनीहरू बोलिसकेपछि याकूबले यसो भने, “भाइ हो, मेरो कुरा सुन्नुहोस्, परमेश्वरले आफ्नै नाउँको निम्ति अन्यजातिहरूबाट एउटा जाति छान्ने कृपा गर्नुभयो भन्ने कुरो सिमोनले बताएका छन्। यसै कुरासँग अगमवक्ताका वचन पनि मिल्छन्, जस्तो लेखिएको छ, ‘यी कुरापछि म फर्कनेछु, र दाऊदको भत्केको वासस्थान फेरि बनाउनेछु, त्यसको भग्नावशेष म फेरि बनाइदिनेछु, र त्यसलाई खड़ा गर्नेछु, र बाँकी मानिसहरूले परमप्रभुलाई खोज्न सकून्, र सबै अन्यजातिहरूले पनि, जुनहरू मेरो नाउँद्वारा बोलाइएका छन्, यो कुरा परमप्रभु भन्नुहुन्छ, जसले प्राचीन कालदेखि यी कुराहरू जनाउनुभएको छ, जो सृष्टिको आरम्भदेखि जानिएका छन्।’ “यसकारण मेरो फैसला यो छ, कि परमेश्वरतर्फ फर्कने अन्यजातिहरूलाई हामी दुःख नदिऔं, तर तिनीहरूलाई यी कुरा लेखिदिऔं, कि तिनीहरू मूर्तिपूजाको अशुद्धताबाट अलग्ग रहून्, व्यभिचारबाट, घोक्रो अँठ्याएर मारेको पशुको मासु र रगतबाट अलग्ग रहून्। किनभने अघिका पुस्तादेखि नै सहरैपिच्छे मोशाका व्यवस्थाको प्रचार भइरहेको छ, किनकि यो हरेक सभाघरमा हरेक शबाथमा पढिँदैछ।”
प्रेरित 15 पढ्नुहोस्
सुन्नुहोस् प्रेरित 15
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 15:12-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू