YouVersion लोगो
खोज आइकन

प्रेरित 14:21-23

प्रेरित 14:21-23 पवित्र बाइबल (NERV)

पावल र बर्णाबसले डर्बीमा सुसमाचार प्रचार गरे। धेरै मानिसहरू येशूका चेला भए। पावल र बर्णाबास लिस्त्रा, आइकोनियम र एन्टिओक शहर तिर फर्किए। ती शहरहरूमा तिनीहरूले चेलाहरूलाई आत्मिकरूपले पराक्रमी तुल्याए। तिनीहरूले उनीहरूलाई विश्वासमा दृढ रहन सहायता गरे। तिनीहरूले भने, “हामी परमेश्वरको राज्यमा अनेक यातनासहेर प्रवेश गर्नु पर्छ।” तिनीहरूले हरेक मण्डलीको निम्ति अग्रजहरू नियुक्त गरे। तिनीहरूले ती अग्रजहरूका निम्ति उपवास र प्रार्थना गरे। ती अग्रजहरूले प्रभुमा आफ्ना विश्वास सुम्पे अनि यसैकारणले पावल र बर्णाबासले तिनहरूलाई उहाँको देखरेखमा छाडे।

शेयर गर्नुहोस्
प्रेरित 14 पढ्नुहोस्

प्रेरित 14:21-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

पावल र बारनाबासले डर्बी सहरमा सुसमाचार प्रचार गरेर धेरैलाई प्रभु येशूका चेला बनाए। त्‍यसपछि तिनीहरू लुस्‍त्रा र आइकोनियन सहरबाट भएर पिसिदिया क्षेत्रको एन्‍टिओखियामा फर्के। तिनीहरूले ती ठाउँहरूमा भएका प्रभुका चेलाहरूलाई बलियो बनाउँदै विश्‍वासमा रहिरहने हौसला दिए। “परमेश्‍वरको राज्‍यमा पुग्‍नुभन्दा अघि हामीले दु:ख, कष्‍ट र खेदो सहनुपर्छ,” भन्‍ने कुरा सिकाए। तिनीहरूले प्रत्येक मण्‍डलीमा धर्म-गुरूहरू नियुक्त गरिदिए अनि उपवास बसेर प्रार्थना गर्दै ती चेलाहरूलाई आफूले विश्‍वास गरेका प्रभुको चरणमा सुम्‍पिदिए।

शेयर गर्नुहोस्
प्रेरित 14 पढ्नुहोस्