प्रेरित 14:21-22
प्रेरित 14:21-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरूले त्यस सहरमा सुसमाचार प्रचार गरेर धेरै चेलाहरू बनाए, र तिनीहरू लुस्त्रा, आइकोनियन र एन्टिओखियामा फर्के, चेलाहरूका आत्मालाई सुदृढ़ गराउँदै उनीहरूलाई विश्वासमा रहिरहने अर्ती दिए, र धेरै कष्ट सहेर हामी परमेश्वरको राज्यमा प्रवेश गर्नुपर्छ भनी उनीहरूलाई भने।
प्रेरित 14:21-22 नेपाली समकालीन संस्करण (NCV)
त्यस शहरमा तिनीहरूले सुसमाचारको प्रचार गरे, र ठूलो संख्यामा चेलाहरू बनाए। त्यसपछि तिनीहरू लुस्त्रा, आइकोनियम र एन्टिओखिया फर्के। ती ठाउँहरूका चेलाहरूका आत्मालाई बलियो पार्दै र तिनका विश्वासमा अटल रहन प्रोत्साहन दिँदै भने, “परमेश्वरको राज्यमा प्रवेश गर्नका निम्ति हामीले धेरै कठिनाइहरू पार गर्नुपर्दछ।”
प्रेरित 14:21-22 पवित्र बाइबल (NERV)
पावल र बर्णाबसले डर्बीमा सुसमाचार प्रचार गरे। धेरै मानिसहरू येशूका चेला भए। पावल र बर्णाबास लिस्त्रा, आइकोनियम र एन्टिओक शहर तिर फर्किए। ती शहरहरूमा तिनीहरूले चेलाहरूलाई आत्मिकरूपले पराक्रमी तुल्याए। तिनीहरूले उनीहरूलाई विश्वासमा दृढ रहन सहायता गरे। तिनीहरूले भने, “हामी परमेश्वरको राज्यमा अनेक यातनासहेर प्रवेश गर्नु पर्छ।”
प्रेरित 14:21-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
पावल र बारनाबासले डर्बी सहरमा सुसमाचार प्रचार गरेर धेरैलाई प्रभु येशूका चेला बनाए। त्यसपछि तिनीहरू लुस्त्रा र आइकोनियन सहरबाट भएर पिसिदिया क्षेत्रको एन्टिओखियामा फर्के। तिनीहरूले ती ठाउँहरूमा भएका प्रभुका चेलाहरूलाई बलियो बनाउँदै विश्वासमा रहिरहने हौसला दिए। “परमेश्वरको राज्यमा पुग्नुभन्दा अघि हामीले दु:ख, कष्ट र खेदो सहनुपर्छ,” भन्ने कुरा सिकाए।