प्रेरित 14:1-28
प्रेरित 14:1-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब आइकोनियनमा तिनीहरू एकसाथ यहूदीहरूको सभाघरमा पसेर यस्तो किसिमले बोले, कि यहूदीहरू र ग्रीकहरूको ठूलो दलले विश्वास गर्यो। तर विश्वास नगर्ने यहूदीहरूले चाहिँ अन्यजातिहरूलाई भड्काएर भाइहरूका विरुद्ध उनीहरूको मन तीतो पारिदिए। प्रभुको भरोसामा साहससँग बोल्दै धेरै समयसम्म पावल र बारनाबास त्यहाँ रहे। प्रभुले तिनीहरूका हातबाट चिन्हहरू र अचम्मका कामहरू गराईकन आफ्नो अनुग्रहका वचनको गवाही दिनुभयो। तर सहरका मानिसहरूमा फाटो हुन गयो, र कोही यहूदीहरूतर्फ र कोही प्रेरितहरूतर्फ लागे। अन्यजाति र यहूदीहरू दुवैले उनीहरूका शासकहरूसँग मिलेर तिनीहरूलाई सताउने र ढुङ्गा हान्ने प्रयत्न गरे। तिनीहरूले यो कुरा चाल पाए, र लुकोनियाका सहरहरू लुस्त्रा, डर्बी र छेउछाउका जिल्ला हुँदो भागेर गए, र त्यहाँ तिनीहरूले सुसमाचार प्रचार गरिनैरहे। अब लुस्त्रा सहरमा खुट्टा चलाउन नसक्ने एक जना मानिस बसिरहेको थियो। त्यो जन्मैको लङ्गड़ो थियो, र कहिल्यै हिँड़ेको थिएन। पावलले बोलेको त्यसले सुन्दैथियो। पावलले त्यसलाई एकटक लगाएर हेरे, र निको हुने त्यसको विश्वास छ भन्ने देखिकन ठूलो सोरले कराएर भने, “तेरा खुट्टाको भरमा सीधा उभी।” अनि त्यो जुरुक्क उठ्यो र हिँड्न लाग्यो। जब पावलले गरेको यो काम भीड़ले देख्यो, तब तिनीहरूले लुकोनियाको भाषामा उच्च सोरले यसो भने, “देवहरू मान्छेको रूपमा हामीकहाँ ओर्लेर आएछन्।” तिनीहरूले बारनाबासलाई जिउस देवता र पावललाई हर्मेस देवता भन्न लागे, किनकि यिनीचाहिँ मुख्य वक्ता थिए। सहरको अगिल्तिर भएको जिउसको मन्दिरका पूजाहारीले मूल ढोकाहरूमा गोरुहरू र फूलका मालाहरू ल्याएर त्यहाँका मानिसहरूसँग मिली बलि-पूजा गर्ने इच्छा गरे। तर जब प्रेरितहरू, बारनाबास र पावलले यो कुरा सुने, तब तिनीहरू आफ्नो वस्त्र च्याती यसो भन्दै कराएर मानिसहरूका बीचमा दौड्दैगए र भने, “मानिसहरू हो, तपाईंहरू किन यस्तो काम गर्नुहुन्छ? हामी पनि त तपाईंहरूजस्तै दुःख-सुख भोग्ने मानिसहरू हौं, र तपाईंहरूलाई यी व्यर्थका कुराहरूबाट जीवित परमेश्वरतर्फ फिराउनलाई सुसमाचार सुनाउँछौं, जुन परमेश्वरले स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका यावत् थोक बनाउनुभयो। उहाँले अघि बितिसकेका पुस्तामा सब जातिहरूलाई आ-आफ्नै रीतिअनुसार चल्न दिनुभयो। तापनि उहाँले आफूलाई गवाहीविना छोड्नुभएन, किनकि उहाँले भलो गरेर तपाईंहरूलाई स्वर्गबाट पानीको झरी र फलवन्त ऋतु दिनुभयो र तपाईंहरूका हृदयलाई भोजन र आनन्दले सन्तुष्ट पार्नुभयो।” यी कुरा भनेर तिनीहरूले मुश्किलले तिनीहरूलाई बलि-पूजा चढ़ाउनबाट ती मानिसहरूलाई रोके। तर कुनै-कुनै यहूदीहरू एन्टिओखिया र आइकोनियनबाट त्यहाँ आइपुगे, र भीड़लाई मनाएर पावललाई ढुङ्गा बर्साए, र तिनी मरे होलान् भन्ठानेर सहरदेखि बाहिर घिस्स्याएर लगे। तर जब चेलाहरू तिनको वरिपरि उभिए तिनी उठे, अनि सहरभित्र पसे, र भोलिपल्ट बारनाबाससँग निस्केर डर्बीमा गए। तिनीहरूले त्यस सहरमा सुसमाचार प्रचार गरेर धेरै चेलाहरू बनाए, र तिनीहरू लुस्त्रा, आइकोनियन र एन्टिओखियामा फर्के, चेलाहरूका आत्मालाई सुदृढ़ गराउँदै उनीहरूलाई विश्वासमा रहिरहने अर्ती दिए, र धेरै कष्ट सहेर हामी परमेश्वरको राज्यमा प्रवेश गर्नुपर्छ भनी उनीहरूलाई भने। जब तिनीहरूले उनीहरूको हरेक मण्डलीमा एल्डरहरू नियुक्त गरे, तब प्रार्थना र उपवाससहित उनीहरू आफूले विश्वास गरेका प्रभुको जिम्मामा उनीहरूलाई सुम्पिदिए। त्यसपछि तिनीहरू पिसिदियाबाट भएर पामफिलियामा आए। पर्गामा वचन प्रचार गरेर तिनीहरू अटालियामा झरे। अनि त्यहाँबाट तिनीहरू समुद्रयात्रा गरी एन्टिओखियामा गए, जहाँ तिनीहरूले पूरा गरेका कामको निम्ति परमेश्वरको अनुग्रहमा तिनीहरूलाई अर्पण गरिएको थियो। जब तिनीहरू एन्टिओखियामा आइपुगे, तब मण्डलीलाई भेला गराए, अनि परमेश्वरले तिनीहरूका साथमा गर्नुभएका सबै कामको बयान गरे, र कसरी उहाँले अन्यजातिहरूका निम्ति विश्वासको ढोका खोलिदिनुभयो सो सुनाए। तिनीहरू त्यहाँ चेलाहरूसँग निकै दिन बसे।

प्रेरित 14:1-28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
आइकोनियममा पावल र बारनाबास सदाझैँ यहूदीहरूका सभाघरहरूमा गए। त्यहाँ तिनीहरूले यति प्रभावकारी ढङ्गले बोले कि धेरै संख्यामा यहूदीहरू र गैरयहूदीहरूले विश्वास गरे। तर विश्वास गर्न नमान्ने यहूदीहरूले चाहिँ गैरयहूदीहरूलाई उत्तेजित गर्दै तिनीहरूका मनलाई विश्वासीहरूका विरुद्ध जगाए। त्यसकारण पावल र बारनाबास प्रभुका बारेमा निडरतापूर्वक बोल्दै धेरै समयसम्म त्यहीँ बसे। तिनीहरूलाई अलौकिक चिन्हहरू र अद्भुत कार्यहरू गर्न सामर्थ्य तुल्याएर प्रभुले पनि आफ्नो अनुग्रहको सन्देश साबित गर्नुभयो। तर त्यस सहरका मानिसहरूमा फाटो आयो; कोहीचाहिँ यहूदीहरूपट्टि र कोहीचाहिँ प्रेरितहरूपट्टि लागे। आफ्ना अगुवाहरूसँग मिलेर गैरयहूदीहरू र यहूदीहरूले तिनीहरूलाई दुर्व्यवहार गर्ने र तिनीहरूमाथि ढुङ्गा प्रहार गर्ने योजना बनाए। तर यो योजना थाहा पाएकाले तिनीहरू लुकाओनियाका लुस्त्रा र डर्बी सहरहरूका साथै त्यस भेगका अन्य क्षेत्रहरूमा भागेर गए; र ती ठाउँहरूमा तिनीहरूले निरन्तर सुसमाचार प्रचार गरिरहे। लुस्त्रामा एउटा लङ्गडो मानिस बस्थ्यो। ऊ जन्मैदेखि लङ्गडो भएकोले कहिल्यै हिँडेको थिएन। त्यस मानिसले पावल बोलिरहेका सुन्यो। पावलले त्यस मानिसको अनुहारमा एक टकले हेरे, र ऊसँग निको हुने विश्वास रहेछ भनी थाहा पाए। त्यसैले तिनले उच्च सोरमा भने, “आफ्ना खुट्टाको भरमा उभ!” त्यही क्षण त्यो मानिस जुरुक्क उठ्यो, र हिँड्न थाल्यो। पावलले गरेका कुराहरू जब भीडले देखे, तब तिनीहरू लुकाओनियाको भाषामा चिच्याउन थाले, “मानिसहरूका भेषमा देवताहरू हामीकहाँ आएका छन्!” तिनीहरूले बारनाबासलाई जिऊस र पावललाई हर्मेस भन्न थाले; किनकि पावल नै मुख्य वक्ता थिए। सहरको ठिक बाहिरपट्टि भएको जिऊस देवताको मन्दिरका पुजारीले सहरको ढोकामा फूलका मालाहरू र गोरुहरू ल्याए, किनकि तिनी र ती भीडले उनीहरूलाई बलि चढाउन चाहे। तर जब प्रेरितहरू बारनाबास र पावलले यो कुरा सुने, तब आफ्ना कपडाहरू च्यात्दै तिनीहरू भीडतिर दौडेर यसो भने, “मानिसहरू हो, किन तपाईंहरू यसो गर्दै हुनुहुन्छ? हामीहरू पनि तपाईंहरूजस्तै मानिस हौँ। हामी त तपाईंकहाँ सुसमाचार लिएर आएका छौँ। यी तुच्छ कुराहरूबाट आफूलाई हटाएर स्वर्ग, पृथ्वी, समुद्र र तिनीहरूमा भएका सबै कुराको सृष्टि गर्नुहुने परमेश्वरकहाँ फर्कनुहोस् भन्न हामी तपाईंहरूसमक्ष आएका हौँ। बितेका दिनहरूमा उहाँले सबै मानिसहरूलाई आफूखुशी चल्ने छुट दिनुभयो। तैपनि आफूलाई उहाँले विनासाक्षी त्यसै छोड्नुभएन; किनकि आकाशबाट वर्षा गराएर र मौसमअनुसार अन्न तपाईंहरूलाई दिएर उहाँले दया देखाउनुभएको छ। उहाँले तपाईंहरूलाई प्रचुर मात्रामा खानेकुरा दिनुहुन्छ र तपाईंहरूको हृदय आनन्दले भरिदिनुहुन्छ।” यस्ता वचनहरू बोलेर सम्झाउँदा पनि त्यो भीडलाई बलि चढाउनबाट रोक्न तिनीहरूलाई निकै कठिन परिरहेको थियो। त्यसै बेला एन्टिओखिया र आइकोनियमबाट केही यहूदीहरू त्यहाँ आइपुगे, र त्यस भीडलाई उक्साए। त्यस भीडले पावलमाथि ढुङ्गा बर्सायो। अनि तिनी मरेको ठानी तिनलाई घिसार्दै सहरबाहिर लगे। तर चेलाहरू तिनका वरिपरि भेला भए, तब तिनी उठे, र सहरमा फेरि फर्किए। अनि त्यसको भोलिपल्ट तिनी र बारनाबास त्यहाँबाट डर्बी गए। त्यस सहरमा तिनीहरूले सुसमाचार प्रचार गरे। अनि ठूलो संख्यामा चेलाहरू बनाए। त्यसपछि तिनीहरू लुस्त्रा, आइकोनियम र एन्टिओखिया फर्के। ती ठाउँहरूका चेलाहरूलाई बलियो पार्दै र तिनका विश्वासमा अटल रहन प्रोत्साहन दिँदै भने, “परमेश्वरको राज्यमा प्रवेश गर्नका निम्ति हामीले धेरै कठिनाइहरू पार गर्नुपर्दछ।” पावल र बारनाबासले हरेक मण्डलीमा प्रधानहरू नियुक्त गरेर प्रार्थना र उपवासद्वारा तिनीहरूलाई प्रभुप्रति समर्पित गराए, जसले उहाँमाथि भरोसा राखेका थिए। त्यसपछि पिसिदिया जाँदा तिनीहरू पामफिलियामा पनि गए। अनि पर्गामा वचन प्रचार गरेपछि तिनीहरू अटालियामा गए। अटालियाबाट तिनीहरू जहाज चढेर एन्टिओखिया गए, जहाँ तिनीहरूले अहिलेसम्म पूरा गरेका कामका निम्ति परमेश्वरको अनुग्रहमा आफूलाई अर्पण गरेका थिए। त्यहाँ पुगेपछि तिनीहरूले मण्डलीलाई भेला गराएर परमेश्वरले तिनीहरूद्वारा गर्नुभएका सबै कामहरू र कसरी उहाँले गैरयहूदीहरूका निम्ति पनि विश्वासको ढोका खोलिदिनुभएको थियो, त्यो कुराको वर्णन गरे। त्यहाँ तिनीहरू चेलाहरूका साथमा धेरै समयसम्म बसे।
प्रेरित 14:1-28 पवित्र बाइबल (NERV)
पावल र बर्णाबास आइकोनियम शहरमा गए। तिनीहरू यहूदीहरूका सभाघर भित्र पसे (उनिहरूले प्रत्येक शहरमा गरे जस्तै) तिनीहरूले यस्तो प्रकारले बोले कि धेरै यहूदीहरू अनि गैर-यहूदीहरूले उनीहरूले भनेका कुरामा विश्वास गरे। तर केही यहूदीहरूले विश्वास गरेनन्। ती यहूदीहरूले गैर-यहूदीहरूलाई उक्साए अनि विश्वासीहरूको बिरुद्ध कुभावना सृष्टि गरे। तब पावल र बर्णाबास आइकोनियममा लामो समय सम्म बसे र प्रभुको विषयमा निडर भई प्रचार गरे। तिनीहरूले परमेश्वरको दयाको प्रचार गरे। अनि प्रभुले तिनीहरूलाई चमत्कारहरू र आश्चर्यमय कुराहरू गर्ने शक्ति दिनु भएर तिनीहरूका सन्देश प्रमाणित गर्नुभयो। कतिपय मानिसहरू यहूदीहरूका पक्षमा थिए, जब अन्य मानिसहरू पावल यहूदीहरूका पक्षमा थिए। यसरी त्यो शहरका मानिसहरू दुइ भागमा बाँडिए। कतिपय गैर-यहूदीहरू, कतिपय यहूदीहरू अनि यहूदीहरूका अगुवाहरूले पावल र वर्णाबासलाई हानि पुर्याउने प्रयास गरे। तिनीहरूले उनीहरूलाई ढुङ्गाले हिर्काएर मार्न चाहन्थे। जब पावल र बर्णाबासले त्यस्तो षड़यन्त्रहरू थाहा पाए तिनीहरूले त्यो शहर छोडे अनि लाइकाओनियाका लिस्त्रा अनि डर्बी शहरहरू र त्यसका वरिपरिका क्षेत्रहरू तर्फ गए। तिनीहरूले त्यहाँ पनि सुसमाचार प्रचार गरे। लिस्त्रामा एकजना लङ्गडो मानिस थियो। ऊ जन्मै देखि लङ्गडो थियो अनि कहिले पनि हिंडेको थिएन। उसले पावलले भनेका कुराहरू सुन्यो। पावलले उसलाई सोझै हेरे अनि यो थाहा पाए कि उसमा जाति हुन्छु भन्ने प्रशस्त विश्वास थियो। यसर्थ पावल जोडले चिच्याए, “आफ्नो खुट्टामा उभि!” त्यो मानिस उफ्रियो र वरिपरि हिँड्न थाल्यो। जब पावलले जे गरे त्यो मानिसहरूले देखे तिनीहरू लाइकाओनिया भाषामा चिच्याए। तिनीहरूले भने, “देवताहरू मानिसहरू जस्तै भएका छन् अनि तिनीहरू हामीकहाँ आएका छन्!” मानिसहरूले बर्णाबासलाई “जिउस” र पावललाई “हर्मेस” भन्न लागे किनभने उनी प्रमुख वक्ता थिए। जिउसको मन्दिर शहरको नजिकमा थियो। त्यस मन्दिरका पूजाहारीले शहरका द्वारहरूमा केही साँढेहरू अनि फूलका मालाहरू ल्याए। त्यो पूजाहारी र त्यहाँ बस्ने मानिसहरूले पावल र बर्णाबासलाई बलि अर्पण गर्न चाहन्थे। तर जब ती प्रेरितहरू पावल र बर्णाबासले त्यस्तो कुरा थाह पाए, तिनीहरूले आफ्नै लुगाहरू च्याते। मानिसहरू तिर दौडे अनि चिच्याएः “हे मानिसहरू हो! तिमीहरूले किन यसो गरिरहेकाछौ? हामी देवताहरू होइनौं! हामी तिमीहरू जस्तै मानिसहरू मात्र हौं! हामी तिमीहरूलाई सुसमाचार भन्न आयौं ताकि तिमीहरू यस्ता बेकारका कुराहरूबाट हट्न सक्छौ अनि जीवित परमेश्वर तर्फ फर्कन्छौ। उहाँ नै एक हुनुहन्छ जसले आकाश, पृथ्वी, समुद्र अनि यिनीहरूमा भएका हरेक थोक बनाउनु भयो। “बितेका दिनहरूमा उहाँले सबै जातिहरूलाई आफ्नो इच्छा अनुसार बाँच्न दिनुभयो तर पमेश्वरले गर्नु भएको कार्यले उहाँको वास्तविकताको प्रमाण गर्यो। उहाँले तिमीहरूका लागि असल कामहरू गर्नुभयो उहाँले तिमीहरूलाई आकाशबाट वर्षा दिनुभयो। उहाँले ठीक समयमा नै तिमीहरूलाई फसल दिनुभयो। उहाँले तिमीहरूलाई प्रशस्त आहार दिनुभयो र साथै तिमीहरूका हृदय आनन्दले परिपूर्ण पारिदिनु भयो।” पावल र बर्णाबासले तिनीहरूलाई ती कुराहरू भने। तरै पनि तिनीहरूले ती भीडलाई तिनीहरूको बलिहरू अर्पण गर्न नदिनलाई निकै संघर्ष गर्नु पर्यो। त्यसपछि एन्टिओक र आइकोनियमाबाट केही यहूदीहरू आए। तिनीहरूले पावल र बर्णाबासको विरुद्ध मानिसहरूलाई भड्काए अनि त्यसैकारणले तिनीहरूले पावलमाथि ढुङ्गा होने र शहरदेखि बाहिर तानी निकाले। मानसिहरूले पावललाई मारियो भनी सोचे। येशूका चेलाहरू (विश्वासीहरू) पावलको वरिपरि जम्मा भए। अनि उनी उठे र शहरतिर फर्किए। अर्कोदिन उनी र बर्णाबसले त्यो शहर छाडे अनि डर्बी तिर लागे। पावल र बर्णाबसले डर्बीमा सुसमाचार प्रचार गरे। धेरै मानिसहरू येशूका चेला भए। पावल र बर्णाबास लिस्त्रा, आइकोनियम र एन्टिओक शहर तिर फर्किए। ती शहरहरूमा तिनीहरूले चेलाहरूलाई आत्मिकरूपले पराक्रमी तुल्याए। तिनीहरूले उनीहरूलाई विश्वासमा दृढ रहन सहायता गरे। तिनीहरूले भने, “हामी परमेश्वरको राज्यमा अनेक यातनासहेर प्रवेश गर्नु पर्छ।” तिनीहरूले हरेक मण्डलीको निम्ति अग्रजहरू नियुक्त गरे। तिनीहरूले ती अग्रजहरूका निम्ति उपवास र प्रार्थना गरे। ती अग्रजहरूले प्रभुमा आफ्ना विश्वास सुम्पे अनि यसैकारणले पावल र बर्णाबासले तिनहरूलाई उहाँको देखरेखमा छाडे। पावल र बर्णाबास पिसिदिया देश भएर प्यामफिलिया भन्ने देशमा आए। तिनीहरूले सन्देश पर्गा शहरमा प्रचार गरे अनि अटालिया भन्ने शहर तर्फ गए। अनि त्यहाँबाट समूद्र यात्रा गरेर तिनीहरू सिरिया अन्तर्गत एन्टिओकतिर गए। यही एउटा शहर हो जहाँ विश्वासीहरूलाई परमेश्वरको अनुग्रहमा सुम्पिएर यो काम गर्न पठाए। अब तिनीहरूले त्यो काम सिद्धयाएका थिए। जब पावल र बर्णाबास त्यहाँ आईपुगे तिनीहरूले मण्डलीका सदस्यहरूको एउटा सभा बोलाए। परमेश्वरले तिनीहरूसँग जे गर्नु भयो सो वृतान्त तिनीहरूले विश्वासीहरूलाई बताइदिए। तिनीहरूले भने, “परमेश्वरले ढोका उघारिदिनु भयो ताकि अन्य जातिहरूले पनि विश्वास गर्न सकुन्!” पावल अनि बर्णाबास चेलाहरूसित धेरै लामो समय सम्म एण्टिओकमा बसे।
प्रेरित 14:1-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
आइकोनियन सहरमा पनि पावल र बारनाबास सधैँजस्तै यहूदीहरूको सभाघरमा गए। उनीहरूले सभाघरभित्र यस्तो किसिमले बोले, त्यहाँ भएका धेरै यहूदी र अरू जातिका मानिसहरूले पनि प्रभु येशू ख्रीष्टमा विश्वास गरे। तर विश्वास नगर्ने यहूदीहरूले चाहिँ अरू जातिका मानिसहरूलाई उचालेर प्रभुमा विश्वास गर्ने दाजुभाइहरूको विरोध गर्न थाले। तापनि पावल र बारनाबास त्यस सहरमा निकै दिनसम्म बसे। तिनीहरूले आफ्नो भरोसा प्रभुमा राखेर प्रभुको पक्षमा साहससँग बोले। प्रभुले उनीहरूलाई अचम्म-अचम्मका काम गर्ने शक्ति दिँदै उनीहरूले बोलेको त्यो अनुग्रहको सन्देशलाई साँचो हो भनी प्रमाणित गरिदिनुभयो। तर सहरका मानिसहरू दुईटा दलमा बाँडिए। कति जना यहूदीहरूतिर र कति जनाचाहिँ प्रेरितहरूतिर लागे। अरू जातिका मानिस र विरोध गर्ने यहूदी र तिनीहरूका शासकहरू मिलेर पावल र बारनाबासलाई ढुङ्गा हानी मार्ने मतो गरे। तर पावल र बारनाबासले यो कुरा सुने अनि उनीहरू भागेर लुकोनिया क्षेत्रमा पर्ने लुस्त्रा र डर्बी सहरमा गए। ती दुई सहरमा र वरिपरि भएका ठाउँहरूमा पनि तिनीहरूले प्रभुले दिनुभएको सुसमाचार प्रचार गरे। लुस्त्रा सहरमा एउटा लङ्गडो मानिस बस्थ्यो। ऊ जन्मैदेखिको कुँजो भएकोले कहिल्यै हिँड्न सकेको थिएन। पावल बोल्दा उसले ध्यान दिएर सुनिरह्यो। पावलले पनि उसको अनुहारमा राम्ररी हेरे। त्यो मानिसले “म पनि निको हुन सक्छु,” भनी विश्वास गर्दोरहेछ भन्ने पावलले थाहा पाए। पावलले ठूलो सोरमा भने, “उठ र आफ्नो खुट्टामा उभ।” यसो भनेको सुन्नेबित्तिकै त्यो मानिस जुरुक्क उठ्यो अनि आफ्नो खुट्टा टेकेर हिँड्न थाल्यो। पावलले यस्तो काम गरेको देखेर त्यहाँका मानिसहरूले आफ्ना लुकोनिया भाषामा कराएर भन्न लागे, “देवताहरू त मानिस भएर हामीहरूकहाँ आएछन्।” उनीहरूले बारनाबासलाई जिउस भनिने देवता सम्झे र पावलले नै मुख्य प्रचार गरेकोले उनलाई चाहिँ हर्मेस भनिने देवता सम्झे। जिउस देवताको मन्दिरचाहिँ त्यस सहरको छेउमा नै थियो। त्यो मन्दिरको पूजाहारी फूल-माला र बहरहरू लिएर सहरको ढोकामा आए। तिनीहरूले बारनाबास र पावलका सामु बहरहरू बलि चढाउन ठीक परे। यो कुरा थाहा पाउनेबित्तिकै पावल र बारनाबासले आपत् मान्दै आ-आफ्नो लुगा च्यातेर दगुर्दै मानिसको हुलमा गएर कराउँदै भने, “हैन, तपाईंहरूले यो के गर्नुभएको? हामीहरू पनि तपाईंहरूजस्तै दु:ख-सुख झेल्ने मानिस मात्रै हौं। हामी तपाईंहरूलाई परमेश्वरले दिनुभएको सुसमाचार सुनाउन आएका हौं। यस्तो नचाहिँदो काम छोडेर स्वर्ग र पृथ्वी अनि त्यहाँ भएका सबै कुरा सृष्टि गर्नुहुने जिउँदो परमेश्वरलाई मान्नुपर्छ। उहिलेका मानिसहरूलाई त परमेश्वरले आफूखुसी गर्न दिनुभएको थियो। उहाँले कहिले पनि असल र भलाइको कामहरू गर्न छोड्नुभएको छैन। उहाँले आकाशबाट पानी पारेर ठीक समयमा उब्जनी गराइदिनुहुन्छ। प्रशस्त खानेकुरा जुटाइदिएर मानिसहरूको हृदयलाई हर्षले भरिदिनुहुन्छ। यसरी परमेश्वरका कामहरूले नै उहाँको साक्षी दिन्छन्।” यी सबै कुरा भनेर पावल र बारनाबासले आफूलाई चढाउन ठीक पारेको बलिलाई धेरै मुस्किलले रोक्न सके। त्यसपछि पिसिदिया क्षेत्रको एन्टिओखिया र आइकोनियन सहरबाट केही यहूदीहरू त्यहाँ आए। तिनीहरूले मानिसको हुललाई उक्साएर पावललाई ढुङ्गाले हिर्काएर मार्न लगाए अनि मर्यो भन्ने सम्झी उनलाई घिस्सार्दै लगेर सहरबाहिर फ्याँकिदिए। तर प्रभुका चेलाहरू आएर पावलको वरिपरि जम्मा हुँदा उनी उठेर सहरतिर लागे। भोलिपल्ट उनी बारनाबाससँगै डर्बी सहरमा गए। पावल र बारनाबासले डर्बी सहरमा सुसमाचार प्रचार गरेर धेरैलाई प्रभु येशूका चेला बनाए। त्यसपछि तिनीहरू लुस्त्रा र आइकोनियन सहरबाट भएर पिसिदिया क्षेत्रको एन्टिओखियामा फर्के। तिनीहरूले ती ठाउँहरूमा भएका प्रभुका चेलाहरूलाई बलियो बनाउँदै विश्वासमा रहिरहने हौसला दिए। “परमेश्वरको राज्यमा पुग्नुभन्दा अघि हामीले दु:ख, कष्ट र खेदो सहनुपर्छ,” भन्ने कुरा सिकाए। तिनीहरूले प्रत्येक मण्डलीमा धर्म-गुरूहरू नियुक्त गरिदिए अनि उपवास बसेर प्रार्थना गर्दै ती चेलाहरूलाई आफूले विश्वास गरेका प्रभुको चरणमा सुम्पिदिए। पिसिदिया इलाका भएर तिनीहरू पामफिलिया क्षेत्रमा फर्केर आए। पर्गा क्षेत्रमा पनि तिनीहरूले प्रभु येशू ख्रीष्टको प्रचार गरे। त्यसपछि तिनीहरू अटालिया सहरतिर झरे। त्यहाँ पानीजहाजमा चढेर एन्टिओखिया सहरमा फर्किए। यही एन्टिओखिया सहरका प्रभुमा विश्वास गर्ने दाजुभाइहरूले पावल र बारनाबासलाई परमेश्वरको अनुग्रहमा सुम्पिदिएर प्रचारको काममा पठाएका थिए र त्यो काम पूरा गरेर उनीहरू त्यहीँ नै फर्किए। एन्टिओखियामा फर्केर आइपुगेपछि पावल र बारनाबासले मण्डलीका सबैलाई बोलाए। परमेश्वरले उनीहरूद्वारा कस्तो-कस्तो काम गर्नुभयो र उहाँले अरू जातिका मानिसहरूलाई पनि विश्वास गर्ने बाटो खोलिदिनुभयो भन्ने कुरा उनीहरूले तिनीहरूलाई सुनाए। त्यसपछि उनीहरू निकै दिनसम्म एन्टिओखियाका मण्डलीका दाजुभाइहरूसँग बसे।