२ तिमोथी 2:22-25
२ तिमोथी 2:22-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण जवानीका अभिलाषाहरू त्याग, र शुद्ध हृदयले प्रभुको नाउँ लिनेहरूका साथसाथै धार्मिकता, विश्वास, प्रेम र शान्तिको लक्ष्य राख। तर मूर्ख र बेसमझका सवाल जवाफलाई इन्कार गर— तिमी जान्दछौ यिनीहरूबाट झगड़ा हुन्छ। प्रभुको सेवक झगड़ालु हुनुहुँदैन, तर हरेकको लागि दयालु, योग्य शिक्षक, सहनशील, र नम्रतासाथ आफ्ना विरोधीहरूलाई सुधार्ने हुनुपर्दछ, र शायद परमेश्वरले तिनीहरूलाई पश्चात्ताप गर्ने, सत्यतालाई बुझ्ने मन दिनुहुनेछ
२ तिमोथी 2:22-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण जवानीका खराब अभिलाषाहरूबाट भाग, र शुद्ध हृदयले प्रभुको नाम लिनेहरूसित धार्मिकता, विश्वास, प्रेम र शान्तिको पछि लाग। मूर्खता तथा अज्ञानतापूर्ण विवादहरूबाट अलग बस; किनकि तिमी जान्दछौ यस्ता कुराहरूले झगडाहरू मात्र उत्पन्न गराउँछन्। प्रभुको सेवकले झगडा गर्नैहुँदैन, तर हरेकप्रति दयालु, निपूर्ण रूपमा सिकाउन सक्ने र सहनशील हुनुपर्छ। आफ्ना विरोधीहरूलाई तिनले नम्रतासाथ सम्झाउनुपर्छ; यो आशामा परमेश्वरले तिनीहरूका हृदय परिवर्तन गरून् र सत्यताको ज्ञानमा अगुवाइ गरून्
२ तिमोथी 2:22-25 पवित्र बाइबल (NERV)
जवानीको अभिलाषा देखि टाढो बस। असल जीवन जिउनुलाई विश्वास, प्रेम र शान्ति प्राप्त गर्न महान प्रयास गर। यी कुराहरू शुद्ध हृदय भएका अनि परमप्रभुमा विश्वास भएका मानिसहरूको सङ्गतमा गर्ने प्रयास गर। मूर्ख र बेसमझका तर्कहरू छोड़। तिमी जान्दछौ यस्ता र्तक बढेर विवादमा परिणत हुन्छन्। प्रभुको सेवकले झगडा गर्नु हुँदैन। उसले सबैप्रति दयालु हुनु पर्छ। प्रभुको सेवक असल शिक्षक हुनुपर्छ। ऊ सहनशील हुनुपर्छ। आफूसित सहमत नहुने मानसिहरूलाई उसले नम्रतापूर्वक सिकाउनु पर्छ। परमेश्वरले तिनीहरूको हृदय परिवर्तन गरिदिन सक्नुहुन्छ अनि तिनीहरूले सत्यलाई स्वीकार गर्न सक्छन्।
२ तिमोथी 2:22-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
जवानीमा आउने नराम्रा इच्छाहरूलाई छोडेर शुद्ध मनले परमेश्वरलाई सहायता मागी पुकार्नेहरूसँग उहाँको अघिअघि ठीक ठहरिने कुरामा विश्वास, प्रेम र शान्तिमा लाग। तर जान्दै नजानेका मूर्ख तर्कबाट अलग्गै बस। तिमीलाई थाहा नै छ, यसबाट त झगडा मात्र हुन्छ। प्रभुको सेवकले झगडा गर्नुहुँदैन। ऊ सबैसँग मिल्ने हुनुपर्दछ अनि शिक्षा दिन सक्ने र सबै कुरा सहन सक्ने हुनुपर्दछ। उसले विरोधीहरूलाई नम्र भएर सम्झाउन सक्ने हुनुपर्दछ। त्यसो भए मात्र कतै परमेश्वरले विरोधीहरूको मन बदलिदिनसक्नुहुन्छ र तिनीहरूले सत्यलाई पूरै चिन्लान्।