YouVersion लोगो
खोज आइकन

२ तिमोथी 2:22-25

२ तिमोथी 2:22-25 सरल नेपाली

जवानीमा आउने नराम्रा इच्‍छाहरूलाई छोडेर शुद्ध मनले परमेश्‍वरलाई सहायता मागी पुकार्नेहरूसँग उहाँको अघिअघि ठीक ठहरिने कुरामा विश्‍वास, प्रेम र शान्‍तिमा लाग। तर जान्‍दै नजानेका मूर्ख तर्कबाट अलग्‍गै बस। तिमीलाई थाहा नै छ, यसबाट त झगडा मात्र हुन्‍छ। प्रभुको सेवकले झगडा गर्नुहुँदैन। ऊ सबैसँग मिल्‍ने हुनुपर्दछ अनि शिक्षा दिन सक्‍ने र सबै कुरा सहन सक्‍ने हुनुपर्दछ। उसले विरोधीहरूलाई नम्र भएर सम्‍झाउन सक्‍ने हुनुपर्दछ। त्‍यसो भए मात्र कतै परमेश्‍वरले विरोधीहरूको मन बदलिदिनसक्‍नुहुन्छ र तिनीहरूले सत्‍यलाई पूरै चिन्‍लान्।

२ तिमोथी 2 पढ्नुहोस्