२ थेसलोनिकी 3:1-16
२ थेसलोनिकी 3:1-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अन्त्यमा भाइ हो, हाम्रा निम्ति प्रार्थना गर, ताकि प्रभुको वचन शीघ्रतासाथ फैलिओस् र विजयी होस्, जसरी तिमीहरूका माझमा भएको पनि थियो, र भ्रष्ट र दुष्ट मानिसहरूबाट हामी छुटकारा पाउन सकौं, किनकि सबैसित विश्वास हुँदैन। तर प्रभु त विश्वासयोग्य हुनुहुन्छ। उहाँले तिमीहरूलाई स्थिर गराउनुहुनेछ र दुष्टबाट सुरक्षित राख्नुहुनेछ। हामी जुन कुराको आज्ञा दिन्छौं, ती तिमीहरू गरिरहेछौ र गर्नेछौ भन्ने हामीले तिमीहरूका बारे प्रभुमा भरोसा राखेका छौं। प्रभुले तिमीहरूका हृदयलाई परमेश्वरको प्रेम र ख्रीष्टको धैर्यतिर डोर्याऊन्। अब भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्टको नाउँमा हामी तिमीहरूलाई आज्ञा दिन्छौं, कि हामीबाट तिमीहरूले पाएका शिक्षामा नचल्ने हरेक अल्छे भाइबाट अलग बस। किनकि तिमीहरूले कसरी हाम्रो अनुकरण गर्नुपर्छ सो तिमीहरू आफै जान्दछौ। हामी तिमीहरूसँग छँदा अल्छे भई बसेनौं। हामीले कसैको रोटी सित्तैँमा खाएनौं। तर तिमीहरू कसैलाई भार नहोस् भनेर हामीले रातदिन परिश्रमसाथ खटेर काम गर्यौं। सहायता पाउने हाम्रो हक नभएर होइन, तर हाम्रो आचरण तिमीहरूका लागि एक आदर्श बनोस् भनेर हामीले त्यसो गर्यौं। तिमीहरूका साथमा हुँदा हामीले तिमीहरूलाई यो आज्ञा दिएका थियौं, “कसैले काम गर्दैन भने त्यसले नखाओस्।” किनकि हामी सुन्दछौं, कि तिमीहरूमध्ये कतिले अल्छे जीवन बिताइरहेका छौ। तिनीहरू आफूचाहिँ केही काम गर्दैनन् तर अरूको काममा व्यर्थै हात हाल्छन्। अब यस्ता मानिसहरूलाई प्रभु येशू ख्रीष्टको नाउँमा हामी आज्ञा र अर्ती दिन्छौं, कि तिनीहरूले चूपचाप आफ्ना काम गरून् र आफ्ना जीविका चलाऊन्। तिमीहरूचाहिँ भाइ हो, भलाइ गर्नमा थकित नहोओ। यस पत्रमा हामीले भनेका कुरा यदि कसैले पालन गर्न इन्कार गर्छ भने, त्यस मानिसलाई चिनिराख र त्यससँग केही सम्बन्ध नराख, र त्यो शर्ममा परोस्। तैपनि त्यसलाई शत्रुजस्तो नठान, तर भाइलाई जस्तो गरी त्यसलाई चेताउनी देओ। अब शान्तिका प्रभु आफैले सब समय, हरतरहले तिमीहरूलाई शान्ति देऊन्। प्रभु तिमीहरू सबैसँग रहून्।
२ थेसलोनिकी 3:1-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अन्त्यमा दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रो लागि प्रार्थना गरिदेओ; यसकारणले कि प्रभुको सन्देश तीव्रतासाथ फैलिओस् र तिमीहरूका माझमा पुगेझैँ सबैतिर महिमित भएको होस्। सबै जनासँग विश्वास हुँदैन; त्यसकारण हामी दुष्ट र खराब मानिसहरूको हातबाट छुटकारा पाउन सकौँ भनेर प्रार्थना गरिदेओ। तर प्रभु विश्वासयोग्य हुनुहुन्छ, र उहाँले तिमीहरूलाई सामर्थ्य दिनुहुनेछ र शैतानबाट रक्षा गर्नुहुनेछ। हाम्रा आज्ञाहरू तिमीहरूले पालन गरिरहेका छौ र गरी नै रहनेछौ भनी हामी प्रभुमा निश्चित छौँ। प्रभुले तिमीहरूका हृदयलाई परमेश्वरको प्रेम र ख्रीष्टको धैर्यतामा डोर्याऊन्। हे दाजुभाइ-दिदीबहिनीहरू हो, प्रभु येशू ख्रीष्टको नाममा हामी तिमीहरूलाई आज्ञा गर्दर्छौँ, जो विश्वासी अल्छे छ र बाधा पुर्याउने गर्छ; अनि हामीबाट पाएका शिक्षाअनुसार चल्दैन, त्यस्ता हरेक विश्वासीबाट अलग बस। किनकि तिमीहरूले हाम्रो नमुना कसरी लिनुपर्छ, सो तिमीहरू आफैँलाई थाहा छ। हामी तिमीहरूसँग हुँदा अल्छे भएर बसेनौँ, न त हामीले सित्तैँमा कसैको खाना नै खायौँ। बरु तिमीहरू कसैको हामी भार नबनौँ भनेर दिनरात कडा परिश्रमका साथ काम गर्यौँ। हामीलाई सहायता पाउने हक नभएर होइन, तर तिमीहरूले हाम्रो अनुकरण गर्न सक भनेर तिमीहरूका निम्ति हामीले आफूलाई नमुना बनाउन यसो गरेका थियौँ। किनकि जब हामी तिमीहरूसँग थियौँ, हामीले तिमीहरूलाई यो आज्ञा दिएका थियौँ, “यदि कुनै मानिसले काम गर्दैन भने त्यसले खाँदै नखाओस्।” तिमीहरूमध्ये कोही-कोही अल्छे छन्, र बाधा पुर्याउने गर्छन् भनी हामी सुन्छौँ। तिनीहरू आफैँ त काम गर्दैनन्, तर अर्काको काममा व्यर्थै हात हाल्छन्। यस्ता मानिसहरूलाई हामी प्रभु येशू ख्रीष्टमा आज्ञा दिन्छौँ र बिन्ती गर्छौँ: तिनीहरू व्यवस्थित भएर बसून् र आफ्ना भोजन आफैँ जुटाऊन्। अनि दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूचाहिँ भलाइ गर्नमा कहिल्यै नथाक। यदि कसैले यस पत्रमा हामीले लेखेका निर्देशन पालन गर्दैन भने त्यसलाई चिनिराख र त्यससँग सम्बन्ध नराख, ताकि त्यो आफैँ शर्ममा परोस्। तापनि तिनीहरूलाई शत्रुजस्तो व्यवहार नगर, तर सङ्गी विश्वासीलाई जस्तै तिनीहरूलाई चेतावनी देओ। अब शान्तिका प्रभु आफैँले हर समय र हरेक किसिमले तिमीहरूलाई शान्ति देऊन्। प्रभु तिमीहरू सबैसित रहिरहून्।
२ थेसलोनिकी 3:1-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
आखिरमा दाजुभाइहरू, हाम्रो लागि प्रार्थना गरिदेओ, यसो गर्नाले तिमीहरूका बीचमा भएझैँ प्रभुको सुसमाचार चारैतिर चाँडै फैलिएर यसको ठूलो आदर हुनेछ। अनि सबै मानिसले विश्वास नगर्ने हुँदा खराब र दुष्ट मानिसहरूबाट परमेश्वरले हामीलाई जोगाएर राख्नुहुनेछ किनभने प्रभु विश्वासी हुनुभएकोले नै तिमीहरूलाई उहाँले बलियो बनाउनुहुनेछ अनि दुष्टबाट रक्षा गर्नुहुनेछ। हामीले भनेझैँ तिमीहरू गर्दै छौ र गर्ने पनि छौ भनी हामी निश्चय भएका छौं। तिमीहरूका बारेमा प्रभुमा नै हामी भर परेका छौं। परमेश्वरले तिमीहरूलाई गर्नुभएको प्रेम र ख्रीष्टको सहने शक्ति बुझ्न प्रभुबाटै डोर्याइएका होओ। दाजुभाइहरू, प्रभु येशू ख्रीष्टमा हामी तिमीहरूलाई आज्ञा दिन्छौं। हामीले दिएको शिक्षा नमान्ने र अल्छी गर्नेहरूदेखि टाढा बस। तिमीहरूसँग रहँदा हामी अल्छी भएर बसेनौं। हामीहरूले गरेजस्तै गर्नुपर्दछ भन्ने कुरा त तिमीहरूलाई थाहा छ। तिमीहरूलाई भार नहोस् भनेर हामीले रातदिन मरिमेटेर काम गर्यौं। पैसा नतिरी हामीले कसैकहाँ खाँदा पनि खाएनौं। तिमीहरूले नै हाम्रो खर्च ब्यहोर्नुपर्छ भन्ने हामीलाई हक नभएर होइन तर तिमीहरूका नमुना हुन यसो गर्यौं। काम नगर्नेहरूलाई खान पनि नदिनू भनेर हामीले तिमीहरूसँग हुँदै भनेका थियौं। तिमीहरूमध्ये कोहीकोही अल्छी भएर बस्नेहरू पनि छन् रे। कामको नाउँमा सिन्को पनि नभाँच्ने तर अर्काको काममा हात हाल्दै हिंड्ने मान्छेहरू पनि छन् रे। प्रभु येशू ख्रीष्टमा हामी त्यस्ता मानिसहरूलाई चेतावनी दिएर भन्दै छौं, तिनीहरूले चुपचापसँग काम गरून् र आफ्नो पेट भर्न आफैं कमाऊन्। दाजुभाइहरू, तिमीहरू भलाइ गर्न कहिले पनि नथाक। तिमीहरूमध्ये कसैले हामीले यस पत्रमा लेखेका शिक्षाहरू यदि मान्दैन भने त्यस्तालाई ख्याल गरी त्यस्तासँग संगत नगर। त्यसो गर्नाले त्यो आफैं शर्माउनेछ। तर त्यस्तालाई पनि शत्रुझैँ नसम्झनू र आफ्नै भाइलाई जस्तै गरी चेतावनी देओ। हाम्रा शान्तिका प्रभु आफैंले सधैँ तिमीहरूलाई सबै किसिमले शान्ति देऊन्। तिमीहरू सबैसँग प्रभुको साथ रहोस्।

२ थेसलोनिकी 3:1-16 पवित्र बाइबल (NERV)
अनि अब दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, हाम्रा लागि प्रार्थना गर कि परमप्रभुको वचन फैलियोस् र तिमीहरूले गरे जस्तै अरूहरूले त्यसको सत्कार गरून्। अनि यो पनि प्रार्थना गर कि पापी र कुकर्मीहरूको हातबाट हामी बाँच्न सकौं। सबैले परमप्रभुमा विश्वास गर्दैनन्। तर प्रभु विश्वासी हुनुहुन्छ। उहाँले तिमीहरूलाई स्थिर गराउनु हुन्छ र त्यो एक दुष्टबाट बचाउनु हुन्छ। हामीले दिएको शिक्षा तिमीहरूले मान्दैछौ भन्ने प्रभुले हामीलाई निश्यता दिनुहुनछ। हामी प्रार्थना गर्छौं कि परमप्रभुले तिमीहरूको हृदयलाई परमेश्वरको प्रेम औ ख्रीष्टको धैर्य तिर डोर्याउन्। दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरूलाई हामी हाम्रा प्रभु येशू ख्रीष्टको अधिकार लिएर आज्ञा दिँदछौं कि काम गर्न जसले अस्वीकार गर्छ तिनीहरूबाट टाढा बस। ती मानिसहरूले हामीबाट पाएको शिक्षा अनुशरण गर्नु अस्वीकार गर्छन्। तिमीहरू जान्दछौ कि हामी बाँचे जस्तै तिमीहरू पनि बाँच्नु पर्छ। जब हामी तिमीहरूसित थियौं हामी अल्छी थिएनौं। अनि जैले पनि हामीले अरूको खाना खायौं, हामीले दाम तिर्यौं। तिमीहरू कुनै एकजनाको पनि भार नबनिनु हामीले कडा मेहनत गर्यौं। हामीले रात-दिन काम गर्यौं। यसको अर्थ यो होइन कि तिमीहरू को सहाएता माग्ने अधिकार हाम्रो छैन। तर तिमीहरूको लागि उदाहरण बन्नु ताकि तिमीहरूले अनुशरण गर, हामी आफ्नो हेरचाहकोलागी आफैं खट्यौं। हामी जतिञ्चेल तिमीहरूसित थियौं हामीले यो नियम तिमीहरूको निम्ति दियौं, “यदि कसैले काम गर्दैन भने उसले खाने पनि छैन।” हामीले सुनेका छौं तिमीहरू मध्ये कसै-कसैले पटक्कै काम गर्दैनन् र अर्काको काममा हस्तक्षेप मात्र गरिहिंडछन्। हामी ती मानिसहरूलाई आदेश दिन्छौं कि तिनीहरूले अरू मानिसहरूलाई दुःख नदिउन्। हामी तिनीहरूलाई आदेश दिन्छौं कि तिनीहरू आफ्नो छाक जुटाउन आफैं मेहनत गरून्। प्रभु येशू ख्रीष्टको निम्ति तिनीहरूले यस्तो गरून् भनी हामी सविनय विन्ति गर्छौं। दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू! असल कार्यहरू गर्न कहिल्यै नथाक। यदि कसैले यस पत्रद्वारा दिएको आदेश नमाने त्यसलाई याद गरिराख। त्यससित सम्बन्धै नराख जसमा कि त्यो लज्जित होस्। तर त्यससित शत्रु जस्तो व्यवहार नगर बरू भाइलाई जस्तो चेतावनी देऊ। हामी प्रार्थना गर्छौं, शान्तिका परमप्रभुले तिमीहरूलाई शान्ति प्रदान गरून्। हामी प्रार्थना गर्दछौं कि उहाँले तिमीहरूलाई सधैँ हर तरिकाले शान्ति प्रदान गरून्। प्रभु तिमीहरू सबैसित रहुन्।