२ शमूएल 24:10-25
२ शमूएल 24:10-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मानिसहरूको जनगणना गरिसकेपछि दाऊदको विवेकले तिनलाई सतायो, र तिनले परमप्रभुलाई भने, “मैले साह्रै दुष्ट काम गरेको छु! हे परमप्रभु, बिन्ती छ, आफ्नो दासको अपराधलाई दूर गर्नुहोस्। म साह्रै मूर्ख भएँ।” तिनी भोलिपल्ट बिहानै उठे। तर यसै बीचमा परमप्रभुको वचन दाऊदका अगमवक्ता गादकहाँ आइसकेको थियो: “गएर दाऊदलाई यसो भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: म तेरो अगि तीन वटा कुरा दिँदैछु। तीमध्ये एउटा चुन्, र त्यही नै म तँमाथि ल्याउनेछु’।” तब गाद आएर त्यही कुरा दोहोर्याएर दाऊदलाई भने, “हजूरको देशमा तीन वर्षसम्म अनिकाल परोस्, अथवा तीन महिनासम्म हजूरलाई खेद्ने शत्रुहरूबाट भागिरहने हजूरको अवस्था होस्, वा हजूरको देशमा तीन दिनसम्म रूढ़ी चलोस्? अब विचार गर्नुहोस्, र मलाई पठाउनुहुनेकहाँ मैले के जवाफ लानुपर्छ सो भन्नुहोस्।” तब दाऊदले गादलाई भने, “म त साह्रै सङ्कष्टमा परेको छु। हामीलाई परमप्रभुको हातमा पर्नु नै बेस होला, किनभने उहाँको करुणा महान् छ। तर मलाई मानिसहरूका हातमा पर्नु नपरोस्।” यसैकारण बिहानदेखि तोकेको समयसम्म इस्राएलभरि परमप्रभुले रूढ़ी पठाइदिनुभयो, र दानदेखि बेर्शेबासम्म सत्तरी हजार मानिसहरू मरे। जब स्वर्गदूतले यरूशलेम नष्ट पार्नलाई त्यसतिर आफ्नो हात पसारे, तब त्यस्तो सत्यानाश गर्नदेखि परमप्रभुको मन बदल्यो, र मानिसहरूलाई नाश गर्ने ती स्वर्गदूतलाई उहाँले भन्नुभयो, “बस, भयो। तिम्रो हात थाम।” त्यस बेला परमप्रभुका ती दूत यबूसी अरौनाका खलाको छेउमा उभिरहेका थिए। जब दाऊदले मानिसहरूलाई मार्दैगर्ने ती स्वर्गदूतलाई देखे, तब तिनले परमप्रभुलाई भने, “यो खराबी त मैले पो गरेको हुँ, पाप मेरै हो। तर यी बिचरा भेड़ाहरूले के गरेका थिए? तपाईंको हात म र मेरो घरानामाथि परोस्।” त्यही दिन गाद दाऊदकहाँ आएर तिनलाई भने, “गएर यबूसी अरौनाको खलामा प्रभुको निम्ति एउटा वेदी बनाउनुहोस्।” गादद्वारा परमप्रभुले आज्ञा गर्नुभएझैँ दाऊदमाथि उक्लेर गए। जब अरौनाले राजा र तिनका मानिसहरूलाई आफू भएतिर आइरहेका देखे, तब तिनी गएर राजाको सामुन्ने घोप्टो परी दण्डवत् गरेर भने, “हजूर किन हजूरको दासलाई भेट गर्नलाई आउनुभयो?” दाऊदले जवाफ दिए, “मानिसहरूमाथि चलेको यो रूढ़ी बन्द होस् भनी परमप्रभुको निम्ति एउटा वेदी बनाउनलाई तिम्रो खला किन्न भनी म आएको हुँ।” अरौनाले दाऊदलाई भने, “बिन्ती छ, हजूर, त्यो लानुहोस्, र जस्तो योग्य सम्झनुहुन्छ, त्यस्तो बलिदान चढ़ाउनुहोस्। होमबलिको निम्ति मकहाँ गोरुहरू र दाउराको निम्ति तिनका जुवा र दाइँ गर्ने काठहरू छन्।” अरौनाले यो सबै राजालाई तिनका कामको निम्ति दिएर भने, “परमप्रभु हजूरका परमेश्वरले हजूरलाई ग्रहण गरून्।” तर राजाले अरौनालाई भने, “होइन, म ती तिमीबाट किन्नेछु। पैसा नपरेको चीज लिएर परमप्रभु मेरा परमेश्वरलाई म बलिदान चढ़ाउनेछैनँ।” यसकारण दाऊदले त्यो खला र गोरुहरू चाँदीका पचास सिक्कामा किने। त्यहाँ तिनले परमप्रभुको निम्ति एउटा वेदी बनाए, र होमबलि र मेलबलिहरू चढ़ाए। तब देशको निम्ति तिनले गरेको प्रार्थना परमप्रभुले स्वीकार गर्नुभयो, र इस्राएलमा चलेको रूढ़ी थामियो।
२ शमूएल 24:10-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर जनगणना लिइसकेपछि दाऊदको विवेकले तिनलाई सताउन थाल्यो र तिनले परमप्रभुलाई भने, “मैले यो काम गरेर डरलाग्दो पाप गरेको छु! मलाई कृपा गरी क्षमा गर्नुहोस्। मैले मूर्ख काम गरेको छु।” परमप्रभुले दाऊदका अगमवक्ता गादलाई भन्नुभयो, “जा, गएर दाऊदलाई भन् कि म त्यसलाई तीन कुरामा एक कुरा रोज्ने मौका दिँदछु। त्यसले जे रोज्छ, त्यही म गर्नेछु।” भोलिपल्ट बिहान दाऊद उठेपछि गाद तिनीकहाँ गए र परमप्रभुले आफूलाई भन्नुभएको कुरा राजालाई सुनाए। तिनले सोधे, “हजुर कुनचाहिँ रोज्न चाहनुहुन्छ? देशमा तीन वर्षसम्म अनिकाल वा तीन महिनासम्म आफ्ना शत्रुहरूदेखि भागिहिँड्नुपर्ने वा देशभरि तीन दिनको महामारी? अब राम्ररी सोच्नुहोस् र मैले परमप्रभुकहाँ लैजानुपर्ने जवाफ दिनुहोस्।” दाऊदले उत्तर दिए, “म सङ्कटमा छु! तर म मानिसहरूबाट दण्ड पाउन चाहन्नँ। परमप्रभु आफैंले मलाई दण्ड देऊन् किनभने उहाँ कृपालु हुनुहुन्छ।” यसकारण परमप्रभुले इस्राएलमा एउटा महामारी पठाउनुभयो। महामारी त्यो बिहानदेखि त्यसको तोकिएका समयभरि चल्यो। देशको उत्तरमा दानदेखि दक्षिणमा बेर्शेबासम्म सत्तरी हजार इस्राएलीहरू रुढीले मरे। परमप्रभुका दूतले यरूशलेम नाश गर्न लाग्दा परमप्रभुले मानिसहरूलाई दण्ड दिने विषयमा आफ्नो विचार बदल्नुभयो। मानिसहरू नाश गर्दैगरेको दूतलाई परमप्रभुले भन्नुभयो, “बस्, भयो! बन्द गर्!” त्यस बेला दूत यबूसी अरौनाको अन्न चुट्ने खलाको छेउनेर पुगेका थिए। मानिसहरू नाश गर्दैगरेको दूतलाई दाऊदले देखे र परमप्रभुलाई भने, “दोषी म हुँ। दोष गर्ने मानिस म हुँ। यी बिचरा मानिसहरूले के दोष गरेका छन् र? तपाईंले म र मेरो परिवारलाई दण्ड दिनुपर्ने हो।” त्यही दिन गादले दाऊदकहाँ आएर भने, “हजुर, यबूसी अरौनाको खलानेर जानुहोस् र त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी बनाउनुहोस्।” दाऊदले परमप्रभुको आज्ञापालन गरे र गादले भनेअनुसार त्यस ठाउँमा गए। अरौनाले तलतिर हेर्दा राजा र उनका भारदारहरू उकालो आफू भएको ठाउँतिर आउँदैगरेका देखे। उनले राजाको अघि भूइँमा घोप्टो परी दण्डवत् गरे र भने, “हजुर, तपाईं किन यहाँ आउनुभएको?” दाऊदले जवाफ दिए, “मानिसहरूमाथि चलेको यो रुढी बन्द होस् भनी परमप्रभुको निम्ति एउटा वेदी बनाउन तिम्रो खला किन्न म आएको हुँ।” अरौनाले भने, “महाराज, लिनुहोस्! जे हजुरलाई इच्छा लाग्छ, त्यो परमप्रभुलाई चढाउनुहोस्। वेदीमा बलिदानस्वरूप होमबलि गर्नलाई यी गोरुहरू छन्, आगो बाल्नको निम्ति यी जुवा र खलाका काठपात छन्।” अरौनाले ती सबै थोक राजालाई टक्र्याएर भने, “परमप्रभु हजुरका परमेश्वरले हजुरले चढाएका बलि ग्रहण गरून्!” तर राजाले जवाफ दिए, “होइन, म यी सबैको दाम तिमीलाई दिनेछु। मैले सित्तैमा पाएका बलिका सामग्रीहरू परमप्रभु मेरा परमेश्वरलाई म चढाउनेछैनँ।” र राजाले ती खला र गोरुहरू चाँदीका पचास टुक्रा दिएर किने। त्यसपछि तिनले परमप्रभुको निम्ति एउटा वेदी बनाए र होमबलि र मेलबलिहरू चढाए। परमप्रभुले राजाको प्रार्थना सुन्नुभयो र इस्राएलमा महामारी रोकियो।

२ शमूएल 24:10-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
आफूले लडाकु मानिसहरूको संख्या लिइसकेपछि दावीदको विवेकले तिनलाई सताउन थाल्यो; र तिनले याहवेहलाई भने, “मैले जनगणना गरेर ठूलो पाप गरेको छु। अब हे याहवेह, म बिन्ती गर्छु, तपाईंको सेवकको पाप क्षमा गरिदिनुहोस्। किनभने मैले यस्तो मूर्ख काम गरेको छु।” भोलिपल्ट बिहान दावीद उठ्नुभन्दा अगि नै अगमवक्ता गाद, अर्थात् दावीदका भविष्यवक्ता गादलाई याहवेहको वचन यसो भन्दै आइसकेको थियो: “जा, गएर दावीदलाई भन्, ‘याहवेह यसो भन्नुहुन्छ, म तँलाई तीन वटा कुरा छान्न दिनेछु; तीमध्ये मैले तेरो विरुद्धमा लागू गराउने एउटा कुरा रोज्।’ ” यसकारण दावीदकहाँ गएर गादले तिनलाई भने, “तपाईंको देश तीन वर्षको अनिकालमा परेको, अथवा तपाईं तीन महिनासम्म आफ्ना शत्रुहरूद्वारा खेदोमा परेको, अथवा तपाईंको देशमा तीन दिनको महामारी चलेको, अब यसलाई राम्रोसँग विचार गर्नुहोस् र मैले मलाई पठाउनुहुनेलाई कसरी जवाफ दिने हो, त्यो निर्णय लिनुहोस्।” दावीदले गादलाई भने, “म ठूलो सङ्कष्टमा परेको छु। हामीलाई याहवेहको हातमा पर्न दिनुहोस्; किनकि उहाँको कृपा महान् छ; तर मलाई मानिसको हातमा पर्न नदिनुहोस्।” यसकारण याहवेहले इस्राएलमाथि त्यस बिहानदेखि तोकिएको समयसम्म महामारी पठाउनुभयो। अनि दानदेखि बेर्शेबासम्म सत्तरी हजार मानिसहरू मरे। जब स्वर्गदूतले यरूशलेमलाई नष्ट गर्न आफ्नो हात पसारे, तब याहवेह त्यस विपत्तिको कारण दुःखित हुनुभयो। अनि मानिसहरूलाई हानि गरिरहेका स्वर्गदूतलाई भन्नुभयो, “अब भयो! तिम्रो हात थाम।” त्यस बेला याहवेहको दूत यबूसी अरौनाको खलामा उभिरहेका थिए। जब दावीदले मानिसहरूलाई प्रहार गरिरहेका स्वर्गदूतलाई देखे, तब तिनले याहवेहलाई भने, “मैले पाप गरेको हुँ; म गोठालोले गलत काम गरेको हुँ। यिनीहरू त भेडाहरू मात्र हुन्। तिनीहरूले के गरेका छन् र? तपाईंको हात ममाथि र मेरो परिवारमाथि परोस्!” त्यस दिन गाद दावीदकहाँ गए, र तिनलाई भने, “माथि जानुहोस्, र यबूसी अरौनाको खलामा याहवेहका निम्ति एउटा वेदी बनाउनुहोस्!” यसकारण याहवेहले गादद्वारा आज्ञा गर्नुभएझैँ दावीद माथि उक्लेर गए। जब अरौनाले राजा र तिनका सेनाहरूलाई आफूतिर आइरहेका देखे, तब तिनी बाहिर गएर राजालाई भुइँमा घोप्टो परेर दण्डवत् गरे। अरौनाले भने, “मेरा मालिक महाराजा आफ्नो सेवककहाँ किन आउनुभयो?” दावीदले जवाफ दिए, “तिम्रो खला किन्न आएको हुँ, ताकि मानिसहरूमाथि आएको महामारी थामिन सकोस् भनेर याहवेहका निम्ति एउटा वेदी बनाउन सकौँ।” अरौनाले दावीदलाई भने, “मेरा मालिक महाराजालाई जे इच्छा लाग्छ, लिनुहोस् र बलिदान चढाउनुहोस्। होमबलि चढाउनलाई गोरुहरू यहाँ छन्, र दाउराका निम्ति दाइँ गर्ने काठहरू र गोरुका जुवाहरू पनि यहाँ छन्। हे महाराजा, अरौनाले यी सबै कुराहरू राजालाई दिइरहेको छ।” अरौनाले राजालाई यो पनि भने, “याहवेह तपाईंका परमेश्वरले तपाईंको बलिदान ग्रहण गरून्!” तर राजाले अरौनालाई जवाफ दिए, “होइन, म यसको दाम तिमीलाई दिन चाहन्छु। याहवेह मेरा परमेश्वरलाई मूल्यविनाको होमबलि म चढाउनेछैनँ।” यसकारण दावीदले त्यस खला र गोरुहरूका निम्ति पचास शेकेल चाँदी दाम तिरेर त्यो किने। दावीदले त्यहाँ याहवेहका निम्ति एउटा वेदी बनाए। अनि त्यसमा होमबलि र मेलबलि चढाए। तब देशका निम्ति गरिएको प्रार्थना याहवेहले सुन्नुभयो। अनि इस्राएलमाथि आएको महामारी थामियो।
२ शमूएल 24:10-25 पवित्र बाइबल (NERV)
जनगणना गरिसकेपछि दाऊदलाई लाज भयो। दाऊदले परमप्रभुलाई भने, “मैले नगर्ने काम गरेर ठूलो पाप गरें! परमप्रभु, म बिन्ती गर्छु मेरो पाप कार्यलाई क्षमा गरिदिनुहोस्। मैले ठूलो मूर्खता गरें।” जब भोलिपल्ट बिहान दाऊद उठे, त्यस बेलासम्म दाऊदको गाद अगमवक्ता कहाँ परमप्रभुको वचन आइसकेको थियो। परमप्रभुले गादलाई भन्नु भयो, “दाऊदलाई गएर भन, ‘परमप्रभु के भन्नुहुन्छ भनेः म तीनवटा विकल्प दिन्छु। त्यसमध्ये कुनै एउटालाई छान्नु जो म गर्नेछु।’” गाद गएर दाऊदलाई भने, “कुनै तीनवटा मध्ये एउटा छान्नुः तपाईं र तपाईंको देशमा सात बर्ष सम्म अनिकाल लाग्नेछ। तपाईंका शत्रुहरूले तपाईंलाई तीन महीनासम्म खेद्ने छन्। देशमा तीन दिनसम्म महामारी फैलिनेछ। विचार गरेर कुनै एउटा छान्नुहोस्। जसमा म परमप्रभुलाई तपाईंको इच्छा जनाउन सकुँ। यसैको निम्ति परमप्रभुले मलाई तपाईंकहाँ पठाउनु भएको हो।” दाऊदले गादलाई भने, “म साँच्चै नै अप्ठेरोमा परें। तर परमप्रभु साह्रै दयालु हुनुहुन्छ। यसैले हामीलाई परमप्रभुले जे दण्ड दिए पनि हुन्छ। तर मानिसहरूले चाहि दण्डित नतुल्याओस्।” यसैले परमप्रभुले इस्राएलमा महामारी फैलाइदिनु भयो। महामारी फैलिन बिहानदेखि शुरू भएर तोकेको समय नभइन्जेल थामिएन। दानदेखि बेर्शेबासम्म 70,000 मानिसहरू मरे। स्वर्गदूतले यरूशलेम नष्ट पार्नलाई आफ्ना हात उठाए तर परमप्रभुले यो नराम्रो कुरा भएकोमा दुःखीत हुनु हुन्थ्यो। यसकराण परमप्रभुले स्वर्गदूतलाई मानिसहरू नष्ट गरेको देखी भन्नु भयो, “अब भयो। अब अझ ध्वंश नहोस्, हात थाम।” परमप्रभुको दूत यबूसी अरौनाका खलाको छेउमा थिए। दाऊदले स्वर्गदूतले मानिसहरूलाई मारेको देख्यो। दाऊदले परमप्रभुलाई भने, “मैले पाप गरें! मैले अपराध गरें। अनि यी मानिसहरूले मेरो आज्ञा पालन गरे, तिनीहरूले मलाई भेंडाले झैं पच्छ्याए। तिनीहरूको कुनै अपराध छैन। दया गरी मेरा पिताका सन्तानहरूलाई र मलाई दण्ड दिनुहोस्।” त्यस दिन गाद दाऊदकहाँ गए। गादले भने, “यबूसी अरौनाको खलामा परमप्रभुका निम्ति एउटा वेदी बनाउनुहोस्।” दाऊदले गादको सुझाव माने। परमप्रभुले के चाहनु हुन्थ्यो दाऊदले त्यही गरे। दाऊद अरौनालाई भेट्न गए। अरौनाले दाऊद र तिनका अधिकारीहरू आउँदै गरेको देखे। अरौनाले शिर झुकाएर प्रणाम गरे। अरौनाले भने, “मेरा मालिक राजा मेरोमा किन पाल्नुभयो?” दाऊदले जवाफ दिए, “म तिम्रो खला किन्न भनेर आएको हुँ। म त्यहाँ परमप्रभुको निम्ति वेदी बनाउँछु। तब यो महामारी बन्द हुन्छ।” अरौनाले दाऊदलाई भने, “मेरो मालिक राजा बलिदान चढाउनको निम्ति तपाईंले जे लगे पनि हुन्छ। होमबलिको निम्ति मसँग गोरूहरू छन्, दाउराका निम्ति दाइँ गर्ने काठ र जुवा लानुहोस्। राजा, मसँग भएका सबै लग्नुहोस्। परमप्रभु तिमीहरूका परमेश्वर तपाईंसँग खुशी रहुन्।” तर राजाले अरौनालाई भने, “होइन! म तिमीलाई साँचो भन्छु, म त्यस भूमिको पैसा दिन्छु। परमप्रभु परमेश्वरलाई बिनामूल्यको म केही पनि होमबलि चढाउँदिनँ।” यसैले दाऊदले खला र गोरूहरूको मूल्य चाँदीको 50 शेकेल बुझाए। त्यसपछि दाऊदले परमप्रभुको निम्ति एउटा वेदी त्यहाँ बनाए। दाऊदले होमबलि र मेलबलिहरू चढाए। परमप्रभुले उनले देशको निम्ति गरेको प्रार्थना स्वीकार गर्नुभयो। परमप्रभुले महामारीको प्रकोपबाट इस्राएललाई बचाउनु भयो।