२ पत्रुस 1:20-21
२ पत्रुस 1:20-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सर्वप्रथम तिमीहरूले यो बुझ्नुपर्दछ, कि पवित्रधर्मशास्त्रको कुनै अगमवाणी व्यक्तिगत व्याख्याको विषय होइन। किनकि मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्वरको तर्फबाट बोलेका हुन्।
२ पत्रुस 1:20-21 नेपाली समकालीन संस्करण (NCV)
मुख्य कुरो, तिमीहरूले यो बुझ्नुपर्दछ कि, पवित्र धर्मशास्त्रमा भएका अगमवाणीहरू अगमवक्ताहरूका आफ्नै व्याख्याबाट आएका होइनन्; किनकि अगमवाणीको सुरु मानिसको इच्छाबाट भएको होइन, तर पवित्र आत्माले अगुवाइ गर्नुभएर मानिसहरूले परमेश्वरका तर्फबाट बोलेका हुन्।
२ पत्रुस 1:20-21 पवित्र बाइबल (NERV)
तिमीहरूले बुझ्नु पर्ने मुख्य कुरा यो छ धर्मशास्त्रको अगमवाणी कुनै अगमवक्तको व्याख्याबाट आएको होइन। किनभने अगमवाणी मानिसको इच्छाबाट आएन। तर मानिसहरूलाई पवित्र आत्माले डोर्याएको थियो अनि परमेश्वरका वचनहरू भने।
२ पत्रुस 1:20-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर धर्मशास्त्रमा अगमवक्ताले भनेका कुराचाहिँ मान्छे आफैंले वर्णन गर्न सक्दैन भन्ने कुरा विशेष याद गरिराख किनभने अगमवक्ताले भनेका कुरा मानिसका इच्छाअनुसार भनेका होइनन्, तर परमेश्वरबाट आएको वचन बोल्दा तिनीहरू पवित्र आत्माको वशमा भएर बोलेका हुन्।