२ राजाहरू 15:1-4
२ राजाहरू 15:1-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
इस्राएलका राजा यारोबामको सत्ताईसौँ वर्षमा यहूदाका राजा अमस्याहका छोरा अजर्याहले राज्य गर्न लागे। जब तिनी राजा भए तब तिनी सोह्र वर्षका थिए, र तिनले यरूशलेममा बाउन्न वर्ष राज्य गरे। तिनकी आमाको नाउँ यकोल्याह थियो। तिनी यरूशलेमकी थिइन्। तिनले आफ्ना पिता अमस्याहले गरेझैँ परमप्रभुको दृष्टिमा जे असल थियो त्यही गरे। तापनि अल्गा-अल्गा ठाउँहरू तिनले हटाएनन्। मानिसहरूले अझै पनि त्यहाँ बलिदान चढ़ाउने र धूप बाल्ने गरे।
२ राजाहरू 15:1-4 पवित्र बाइबल (NERV)
यहूदाका राजा अमस्याहका छोरा अजर्याह इस्राएलका राजा यारोबामको शासन कालको सत्ताईसौं बर्षमा राजा भए। अजर्याह 16 बर्षका थिए जब उनले शासन गर्न शुरू गरे। उनले यरूशलेममा 52 बर्ष शासन गरे। अजर्याहकी आमाको नाउँ यकोल्याह थियो, उनी यरूशलेमकी थिइन, अजर्याहले ती कामहरू गरे जसलाई परमप्रभुले उचित भन्नुभएको थियो, जस्तो उनका पिता अमस्याहले गरेका थिए। अजर्याहले उनका पिता अमस्याहले गरेको कार्यहरूनै अनुशरण गरे। तर उनले अग्ला ठाउँहरू ध्वंस पारेनन्। मानिसहरू अझै ती पूजास्थलहरूमा बलिदानहरू धूपबलिहरू जलाउने गर्दथे।
२ राजाहरू 15:1-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
इस्राएलका राजा यारोबामका राज्यकालको सत्ताईसौँ वर्षमा अमस्याहको छोरो उज्जीयाह सोह्र वर्षको उमेरमा यहूदाका राजा भए र तिनले यरूशलेममा बाउन्न वर्ष राज्य गरे। उनकी आमा यरूशलेमकी यकोल्याह थिइन्। आफ्ना बुबाको चालमा चलेर उनले परमप्रभुलाई खुसी गराउने काम गरे। तर मूर्तिपूजकहरूका पूजा-स्थलहरू ध्वंस गरेनन् अनि मानिसहरूले त्यहाँ बलि चढाउने र धूप बाल्ने काम गरिरहे।