२ राजाहरू 14:23-25
२ राजाहरू 14:23-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यहूदाका राजा योआशका छोरा अमस्याहको पन्ध्रौँ वर्षमा इस्राएलका राजा येहोआशका छोरा यारोबाम सामरियामा राजा भए, र तिनले एकचालीस वर्ष राज्य गरे। तिनले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे, र इस्राएललाई गर्न लाएका नबातका छोरा यारोबामका पापहरूबाट फर्केनन्। परमप्रभु इस्राएलका परमेश्वरले आफ्ना दास गात-हेपेरका अमित्तैका छोरा योना अगमवक्ताद्वारा भन्नुभएको वचनअनुसार लेबोहमातदेखि अराबाको समुद्रसम्म इस्राएलका सिमाना फेरि स्थिर गर्ने तिनी नै थिए।
२ राजाहरू 14:23-25 पवित्र बाइबल (NERV)
इस्राएलका राजा योआशका छोरा यारोबामले यहूदाका राजा योआशका छोरा अमस्याहको शासनकालको पन्ध्रौं बर्षमा शासन शुरू गरे। यारोबामले 41 बर्ष शासन गरे। यारोबामले ती कामहरू गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। यारोबामले नबातका छोरा यारोबामको पाप काम बन्द गरेनन् जसले इस्राएललाई पाप गर्न लगायो। यारोबामले इस्राएलको भूमि फिर्ता लिए जो लेबो हमात देखि अराबाको सागरसम्म फिंजिएको थियो। यो त्यसरी नै भयो जस्तो इस्राएलका परमप्रभुले उहाँको दास अमित्तैक छोरा अगमवक्ता योना, गात हेपेरबाटकाले भन्नुभएको थियो।
२ राजाहरू 14:23-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
योआशको छोरो अमस्याह यहूदाका राजा भएको पन्ध्रौं वर्षमा योआशको छोरो यारोबाम इस्राएलका राजा भए र तिनले सामरियामा एकचालीस वर्ष राज्य गरे। उनीभन्दा अघिका यारोबाम राजा, जो नबातको छोरो थिए र जसले इस्राएललाई पाप गर्न लाएका थिए, तिनको दुष्ट चालमा तिनी चले र तिनले परमप्रभुको विरुद्धमा पाप गरे। तिनले अघि इस्राएलका अधीनमा भएका सारा भूमि उत्तरमा हमात घाटीदेखि दक्षिणमा नुन सागरसम्म जितेर फिर्ता लिए। परमप्रभु इस्राएलका परमेश्वरले आफ्ना सेवक गात-हेपेरका अमित्तैको छोरो योना अगमवक्ताद्वारा यो करार गर्नुभएको थियो।