यहूदाका राजा योआशका छोरा अमस्याहको पन्ध्रौँ वर्षमा इस्राएलका राजा येहोआशका छोरा यारोबाम सामरियामा राजा भए, र तिनले एकचालीस वर्ष राज्य गरे। तिनले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे, र इस्राएललाई गर्न लाएका नबातका छोरा यारोबामका पापहरूबाट फर्केनन्। परमप्रभु इस्राएलका परमेश्वरले आफ्ना दास गात-हेपेरका अमित्तैका छोरा योना अगमवक्ताद्वारा भन्नुभएको वचनअनुसार लेबोहमातदेखि अराबाको समुद्रसम्म इस्राएलका सिमाना फेरि स्थिर गर्ने तिनी नै थिए।
२ राजाहरू 14 पढ्नुहोस्
सुन्नुहोस् २ राजाहरू 14
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ राजाहरू 14:23-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू