YouVersion लोगो
खोज आइकन

२ यूहन्‍ना 1:6-9

२ यूहन्‍ना 1:6-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

उहाँका आज्ञाबमोजिम हिंड्‍नु नै प्रेम हो। तिमीले सुरुदेखि नै सुनेको आज्ञा यही हो, कि तिमीहरूले प्रेमको अनुसरण गर्नुपर्छ। किनकि भ्रममा पार्नेहरू धेरै जना संसारमा आएका छन्, जसले येशू ख्रीष्‍ट शरीरमा आउनुभएको हो भनी स्‍वीकार गर्दैनन्‌। यस्‍तो व्‍यक्ति नै छली र ख्रीष्‍ट विरोधी हो। होशियार रहो, जुन कुराको निम्‍ति तिमीहरू काम गरिरहेका छौ, त्‍यो गुमाउने होइन तर पूरा इनाम पाउने होओ। ख्रीष्‍टको सिद्धान्‍तमा स्‍थिर नबसेर त्‍यसको सीमादेखि बाहिर जाने मानिससँग परमेश्‍वर हुनुहुन्‍न, तर यस सिद्धान्‍तमा स्‍थिर रहनेसँग पिता र पुत्र दुवै हुनुहुन्‍छ।

शेयर गर्नुहोस्
२ यूहन्‍ना 1 पढ्नुहोस्

२ यूहन्‍ना 1:6-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हामीले उहाँका आज्ञाहरू पालन गर्दै जिउनु नै प्रेम हो। जसरी तिमीहरूले सुरुदेखि सुनेका छौ, त्यसरी नै तिमीहरू प्रेममा हिँड्नुपर्छ, यही नै उहाँको आज्ञा हो। किनकि म तिमीहरूलाई भन्दछु, धेरै जना बहकाउनेहरू संसारमा निस्किआएका छन्, जसले येशू ख्रीष्‍ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्दैनन्। यस्ता कुनै पनि व्यक्ति छली र ख्रीष्‍ट विरोधी हो। होसियार बस, जुन कुराको निम्ति हामीहरूले काम गरेका छौँ, त्यो गुमाउने होइन, तर तिमीहरूले पूरा इनाम पाउन सक। हरेक जसले बाटो बिराएर अन्‍यत्र जाँदछ, त्यो ख्रीष्‍टको शिक्षामा स्थिर रहँदैन, त्यससँग परमेश्‍वर हुनुहुन्‍न; ख्रीष्‍टको शिक्षामा रहिरहने सबैसँग पिता र पुत्र दुवै हुनुहुन्छ।

शेयर गर्नुहोस्
२ यूहन्‍ना 1 पढ्नुहोस्

२ यूहन्‍ना 1:6-9 पवित्र बाइबल (NERV)

अनि प्रेम गर्नुको अर्थ उनले हामीलाई दिएको आज्ञा अनुसार रहनु हो। अनि परमेश्वरको आज्ञा यो हो तिमीहरूले प्रेमको अनुशरण गर्नुपर्छ। तिमीले यो आज्ञा शुरुदेखि नै सुन्दै आएकी छौ। यो संसारमा अनेकौं झूटो शिक्षकहरू छन्। यी झूटो शिक्षकहरूले येशू ख्रीष्ट पृथ्वीमा मानवको रुपमा आउनु भएको अस्वीकार गर्छन्। मानिस जो यो कुरा अस्वीकार गर्छ ऊ झूटो शिक्षक अनि ख्रीष्ट विरोधी हो। होशियारी होऊ ताकि पुरस्कार जुन हाम्रो परिश्रमबाट प्राप्त भएको छ त्यो गुमाउने छैनौ, तर तिमीले तिम्रो जम्मै पुरस्कार प्राप्त गर। एउटा व्यक्तिले ख्रीष्टको शिक्षा मात्र अनुशरण गर्नुपर्छ। यदि व्यक्तिले ख्रीष्टको शिक्षा परिवर्त्तन गर्छ भने त्यस व्यक्तिसँग परमेश्वर हुनुहुन्न। तर यदि त्यस व्यक्तिले ख्रीष्टको शिक्षा अनुशरण गरिरहन्छ भने उसकोमा पिता अनि पुत्र दुवै हुन्छन्।

शेयर गर्नुहोस्
२ यूहन्‍ना 1 पढ्नुहोस्

२ यूहन्‍ना 1:6-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

प्रेम गर्नु परमेश्‍वरको आज्ञाअनुसार हिँड्‍नु हो। तिमीहरू सबैले सुनेका सुरुदेखिको आज्ञा यही हो कि तिमीहरू सबै प्रेममा बस्‍नुपर्छ। ‘येशू ख्रीष्‍ट मानिसकै शरीरमा आउनुभएको होइन’ भनेर धेरै भर्माउनेहरू संसारमा चारैतिर पसेका छन्। यस्‍ता मानिसहरू भर्माउने र ख्रीष्‍ट विरोधी हुन्। त्‍यसो हुँदा होशियार बस। खटेर तिमीहरूले जति काम गरेका छौ, त्‍यसको पाउनुपर्ने इनाम हराउने होइन तर सबै पाउने होओ। ख्रीष्‍टको शिक्षादेखि बाहिरका अरू कुरातिर लाग्‍ने मानिससँग परमेश्‍वर रहनुहुन्‍न। तर उहाँको शिक्षामा लाग्‍नेसँग पिता र पुत्र दुवै रहनुहुन्‍छ।

शेयर गर्नुहोस्
२ यूहन्‍ना 1 पढ्नुहोस्

२ यूहन्‍ना 1:6-9

२ यूहन्‍ना 1:6-9 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्