२ यूहन्ना 1
1
1मण्डलीका गुरुबाट परमेश्वरले चुन्नुभएकी स्त्री र तिनका छोरा-छोरीहरूलाई, म तिमीहरूलाई साँचो रूपले प्रेम गर्छु। म मात्र होइन तर सत्यलाई चिन्ने जति सबैले तिमीहरूलाई प्रेम गर्छन् 2किनभने सत्य हामीमा छ र सधैँ रहनेछ।
3परमेश्वर पिता र उहाँका पुत्र येशू ख्रीष्टले हामीलाई अनुग्रह, कृपा र शान्ति देऊन्। सबै सत्यता र प्रेममा यी हाम्रा होऊन्।
सत्य र प्रेम
4तिम्रा छोरा-छोरीहरूमध्ये कति जना परमेश्वरले दिनुभएको आज्ञाअनुसार हिँडेको भेट्टाएर मलाई धेरै खुसी लाग्यो। 5#यूहन्ना 13:34; 15:12,17हे प्रिय स्त्री, मैले तिमीलाई कुनै नयाँ आज्ञा लेखेको होइनँ। तर सुरुदेखि पाएको आज्ञाअनुसार म तिमीलाई बिन्ती गर्छु। हामी सबैले एक-अर्कालाई प्रेम गरौं। 6प्रेम गर्नु परमेश्वरको आज्ञाअनुसार हिँड्नु हो। तिमीहरू सबैले सुनेका सुरुदेखिको आज्ञा यही हो कि तिमीहरू सबै प्रेममा बस्नुपर्छ।
7‘येशू ख्रीष्ट मानिसकै शरीरमा आउनुभएको होइन’ भनेर धेरै भर्माउनेहरू संसारमा चारैतिर पसेका छन्। यस्ता मानिसहरू भर्माउने र ख्रीष्ट विरोधी हुन्। 8त्यसो हुँदा होशियार बस। खटेर तिमीहरूले जति काम गरेका छौ, त्यसको पाउनुपर्ने इनाम हराउने होइन तर सबै पाउने होओ। 9ख्रीष्टको शिक्षादेखि बाहिरका अरू कुरातिर लाग्ने मानिससँग परमेश्वर रहनुहुन्न। तर उहाँको शिक्षामा लाग्नेसँग पिता र पुत्र दुवै रहनुहुन्छ। 10यसकारण ख्रीष्टको यस्तो शिक्षा नदिएर भर्माउनेहरू तिमीहरूकहाँ आउँदा घरमा पस्न पनि नदेओ, अभिवादन पनि नगर 11किनभने त्यसलाई अभिवादन गर्नु नै त्यसको दुष्ट काममा साथ दिनु हो।
12मलाई धेरै कुरा भन्न मन लागे पनि यो कुरा लेखेर होइन तर भेटेरै म भन्नेछु। त्यस बेला हामी कति खुसी हुनेछौं। 13परमेश्वरबाट चुनिएका तिम्रै बहिनीका छोरा-छोरीहरूले पनि तिमीलाई अभिवादन पठाएका छन्।
अहिले सेलेक्ट गरिएको:
२ यूहन्ना 1: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.