२ कोरिन्थी 5:20-21
२ कोरिन्थी 5:20-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हामीहरू ख्रीष्टका तर्फबाट बिन्ती गर्दछौं। तिमीहरूसँग हामी होइन, तर परमेश्वर नै हामीमा भएर तिमीहरूसँग बिन्ती गरेजस्तै हामी ख्रीष्टको नाउँमा तिमीहरूलाई जोड गर्दछौं, परमेश्वरसँग शत्रुता छोडेर मेलमिलाप गरिहाल। ख्रीष्टमा पापै थिएन, तैपनि परमेश्वरले ख्रीष्टमा हामीलाई आफ्नो अघि ठीक ठहराउन ख्रीष्टमाथि नै हाम्रो पाप राखिदिनुभयो।
२ कोरिन्थी 5:20-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण हामी ख्रीष्टका राजदूतहरू हौं, र परमेश्वरले हामीद्वारा अनुरोध गरिरहनुभएको छ। ख्रीष्टकै पक्षमा हामी तिमीहरूलाई बिन्ती गर्दछौं, कि तिमीहरू परमेश्वरसँग मिलापमा आओ। किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौं भनेर पाप नचिन्नुहुनेलाई परमेश्वरले हाम्रा खातिर पाप बनाउनुभयो।
२ कोरिन्थी 5:20-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परमेश्वरले हामीद्वारा अनुरोध गरिरहनुभएझैँ हामी ख्रीष्टका निम्ति राजदूतहरू हौँ। हामी ख्रीष्टको पक्षमा तिमीहरूलाई अनुरोध गर्दछौँ: परमेश्वरसित मिलाप गर। हामी ख्रीष्टमा परमेश्वरको धार्मिकता बन्न पाऔँ भनी परमेश्वरले पाप नै नगर्नुहुनेलाई हाम्रा निम्ति पाप शुद्धीकरणको बलिदान तुल्याउनुभयो।
२ कोरिन्थी 5:20-21 पवित्र बाइबल (NERV)
यसर्थ हामी ख्रीष्टको पक्षमा बोल्न पठाइएका छौं। यो मानिसहरूलाई परमेश्वरले हामी मार्फत बोलाउनु भएको जस्तै हो। हामी ख्रीष्टको निम्ति बोल्छौं अनि परमेश्वरसित शान्ति कायम गर्न तिमीहरूलाई विन्ती गर्छौं। ख्रीष्टमा पाप थिएन। तर परमेश्वरले उहाँलाई पापी बनाउनु भयो। परमेश्वरले यो हाम्रो लागि गर्नुभयो ताकि हामीहरू ख्रीष्टमा परमेश्वरसित धार्मिक रहन सकौं।