YouVersion लोगो
खोज आइकन

२ कोरिन्थी 5:18-21

२ कोरिन्थी 5:18-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यो सब परमेश्‍वरबाट भएको हो, जसले हामीलाई ख्रीष्‍टद्वारा आफूसँग मिलापमा ल्‍याउनुभयो, र हामीलाई मिलापको सेवा दिनुभयो, अर्थात्‌ स्‍वयम्‌ ख्रीष्‍टमा हुनुभएर परमेश्‍वरले संसारलाई आफूसँग मिलापमा ल्‍याउँदैहुनुहुन्‍थ्‍यो। तिनीहरूका अपराधका लेखा नलिएर मिलाप गराउने कामको सन्‍देश उहाँले हामीलाई सुम्‍पिदिनुभएको छ। यसकारण हामी ख्रीष्‍टका राजदूतहरू हौं, र परमेश्‍वरले हामीद्वारा अनुरोध गरिरहनुभएको छ। ख्रीष्‍टकै पक्षमा हामी तिमीहरूलाई बिन्‍ती गर्दछौं, कि तिमीहरू परमेश्‍वरसँग मिलापमा आओ। किनकि हामी उहाँमा परमेश्‍वरको धार्मिकता बन्‍न सकौं भनेर पाप नचिन्‍नुहुनेलाई परमेश्‍वरले हाम्रा खातिर पाप बनाउनुभयो।

शेयर गर्नुहोस्
२ कोरिन्थी 5 पढ्नुहोस्

२ कोरिन्थी 5:18-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

यी सबै परमेश्‍वरबाट भएको हो, जसले ख्रीष्‍टद्वारा हामीलाई मिलापमा ल्याउनुभयो, र हामीलाई मिलापको सेवा दिनुभयो; अर्थात् ख्रीष्‍टमा हुनुभईकन परमेश्‍वरले संसारलाई आफूसँग मिलापमा ल्याउँदैहुनुहुन्थ्यो। तिनीहरूका पापका हिसाब लिनुभएन, र हामीलाई मिलापको सन्देश सुम्पनुभएको छ। परमेश्‍वरले हामीद्वारा अनुरोध गरिरहनुभएझैँ हामी ख्रीष्‍टका निम्ति राजदूतहरू हौँ। हामी ख्रीष्‍टको पक्षमा तिमीहरूलाई अनुरोध गर्दछौँ: परमेश्‍वरसित मिलाप गर। हामी ख्रीष्‍टमा परमेश्‍वरको धार्मिकता बन्‍न पाऔँ भनी परमेश्‍वरले पाप नै नगर्नुहुनेलाई हाम्रा निम्ति पाप शुद्धीकरणको बलिदान तुल्याउनुभयो।

शेयर गर्नुहोस्
२ कोरिन्थी 5 पढ्नुहोस्

२ कोरिन्थी 5:18-21 पवित्र बाइबल (NERV)

यी सब परमेश्वरबाटै हुन्। ख्रीष्टद्वारा, परमेश्वरले हामी र उहाँको माझमा शान्ति बनाउनु भयो। परमेश्वरले हामीलाई मानिसहरू बीच र उहाँसित शान्ति ल्याउने काम दिनु भयो। मेरो भन्नुको तात्पर्य संसार र आफू माझ शान्ति बनाउँदै परमेश्वर ख्रीष्टमा हुनुहुन्थ्यो। ख्रीष्टमा परमेश्वरले मानिसहरूलाई तिनीहरूको पापहरूका निम्ति दोषी ठहराऊनु भएन। अनि उहाँले मानिसहरूलाई भन्नुलाई हामीलाई यो शान्ति समाचार दिनु भयो। यसर्थ हामी ख्रीष्टको पक्षमा बोल्न पठाइएका छौं। यो मानिसहरूलाई परमेश्वरले हामी मार्फत बोलाउनु भएको जस्तै हो। हामी ख्रीष्टको निम्ति बोल्छौं अनि परमेश्वरसित शान्ति कायम गर्न तिमीहरूलाई विन्ती गर्छौं। ख्रीष्टमा पाप थिएन। तर परमेश्वरले उहाँलाई पापी बनाउनु भयो। परमेश्वरले यो हाम्रो लागि गर्नुभयो ताकि हामीहरू ख्रीष्टमा परमेश्वरसित धार्मिक रहन सकौं।

शेयर गर्नुहोस्
२ कोरिन्थी 5 पढ्नुहोस्

२ कोरिन्थी 5:18-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यी सब गर्ने परमेश्‍वर नै हुनुहुन्‍छ। उहाँले हामीलाई ख्रीष्‍टद्वारा उहाँसँग फेरि मेलमिलाप गराउनुभयो अनि अरूहरूलाई पनि उहाँसँग फेरि मेलमिलाप गराउने काम हामीलाई दिनुभयो। येशू ख्रीष्‍टमा भएर परमेश्‍वरले सबै मानिसहरूलाई फेरि मेलमिलाप गराउँदै हुनुहुन्‍थ्‍यो। तिनीहरूका पापको कुनै हिसाब परमेश्‍वरले राख्‍नुभएको छैन। परमेश्‍वरले मानिसहरूसँग मेलमिलाप गर्नुहुन्‍छ भनी अरूहरूलाई बताउने काम उहाँले हामीलाई दिनुभएको छ। हामीहरू ख्रीष्‍टका तर्फबाट बिन्‍ती गर्दछौं। तिमीहरूसँग हामी होइन, तर परमेश्‍वर नै हामीमा भएर तिमीहरूसँग बिन्‍ती गरेजस्‍तै हामी ख्रीष्‍टको नाउँमा तिमीहरूलाई जोड गर्दछौं, परमेश्‍वरसँग शत्रुता छोडेर मेलमिलाप गरिहाल। ख्रीष्‍टमा पापै थिएन, तैपनि परमेश्‍वरले ख्रीष्‍टमा हामीलाई आफ्‍नो अघि ठीक ठहराउन ख्रीष्‍टमाथि नै हाम्रो पाप राखिदिनुभयो।

शेयर गर्नुहोस्
२ कोरिन्थी 5 पढ्नुहोस्

२ कोरिन्थी 5:18-21

२ कोरिन्थी 5:18-21 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्