२ कोरिन्थी 4:15-18
२ कोरिन्थी 4:15-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने यी सब तिमीहरूकै खातिर भएका हुन्, ताकि जसरी अनुग्रह धेरैभन्दा धेरै मानिसहरूमा फैलिँदैजान्छ, त्यसरी नै परमेश्वरका महिमाको निम्ति धन्यवाद दिने काम पनि बढ्दैजाओस्। यसकारण हामी हरेस खाँदैनौं। हाम्रो बाह्य मनुष्यत्व नाश हुँदैगए तापनि हाम्रो आत्मिक मनुष्यत्वचाहिँ दिनदिनै नयाँ हुँदैजान्छ। किनकि हाम्रो हलुको र क्षणभरको कष्टले हाम्रा निम्ति अतुलनीय तथा अनन्तको महान् महिमा तयार गरिरहेछ। हामी दृश्य कुरालाई होइन, तर अदृश्य कुरालाई हेर्छौं, किनभने दृश्य कुरा क्षणिक हुन्छन्, तर अदृश्य कुराचाहिँ अनन्तसम्म रहन्छन्।
२ कोरिन्थी 4:15-18 नेपाली समकालीन संस्करण (NCV)
यी सबै तिमीहरूकै फाइदाको लागि हुन्, जसमा धेरै मानिसहरूमा पुगिरहेको अनुग्रहले परमेश्वरको महिमाको लागि धन्यवाद पोखिनदेओस्। यसकारण हामी हरेस खाँदैनौं। किनकि हाम्रो र बाहिरी मनुष्यत्व नष्ट भए तापनि हामी भित्री मनुष्यत्वमा दिनानुदिन नयाँ हुँदै जाँदैछौं। किनकि हाम्रो हल्का र क्षणभरको कष्टले हामीलाई अनन्तको महिमा प्राप्त हुनेछ, जुन यी सबै कष्टहरूको तुलनामा केही पनि होइन। यसकारण हामी आफ्ना आँखा देखिने थोकहरूमा होइन, तर नदेखिने थोकहरूमा केन्द्रित गर्दछौं। किनकि देखिने थोक क्षणिक हुन्छ, तर नदेखिनेचाहिँ अनन्तको हुन्छ।
२ कोरिन्थी 4:15-18 पवित्र बाइबल (NERV)
यी सबै कुराहरू तिमीहरूका निम्ति हो ताकि परमेश्वरको महिमा धेरै मानिसहरूमा बाँढिदैछ। यसकारण, यसरी उहाँको महिमाका निम्ति परमेश्वरले धेरै धन्यवाद पाउनु भइरहेको छ। त्यसैकारणले हामी कहिल्यै कमजोर बन्दैनौं। हाम्रो भौतिक शरीर जीर्ण र कमजोर हुँदैछ तर हामीभित्रको आत्मा हरेक दिन नयाँ बनिदैछ। यस घरी केही समयको निम्ति साना साना समस्याहरू सामान गर्दैछौं। तर ती समस्याहरूबाट हामीले अनन्त महिमा पाउने सहायता पाइरेहकाछौं त्यो अनन्त महिमा समस्याहरू भन्दा धेरै महान छ। त्यसैले हामीले देख्न नसकिने कुराहरू हामी सोच्छौं तर जे देख्छौं ती विषयमा होइन। प्रत्यक्ष देखिने कुराहरू क्षणिक हुन्छन् अनि हामीले देख्न नसकिने कुराहरू चाँहि सधैँको लागि हुनेछ।
२ कोरिन्थी 4:15-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यी सबै कुरा तिमीहरूकै लागि भएका हुन् किनभने जति धेरै मानिसहरूले परमेश्वरको अनुग्रह पाउँछन्, उति धेरै तिनीहरूले परमेश्वरको सम्मान्का लागि परमेश्वरलाई धन्यवाद दिनेछन्। यसैकारण हामी कहिले पनि हरेस खाँदैनौं। हामी शरीरमा खिइँदैगए पनि हाम्रो भित्री आत्माचाहिँ दिनदिनै नयाँ हुँदैगइरहेको छ। हामीले अहिले भोगेको दु:ख पछि पाउने अति ठूलो अनन्तको सुख सम्झेर त साँच्चै केही पनि होइन। देखिएका चीजहरूका लागि होइन तर नदेखिएका चीजहरूका लागि हामी ध्यान दिन्छौं। जे देखिन्छ, त्यो केही समयको लागि हुन्छ तर जे देखिंदैन, त्यो सदाको लागि हुन्छ।