२ इतिहास 32:24-26
२ इतिहास 32:24-26 पवित्र बाइबल (NERV)
ती दिनहरूमा हिजकियाह साह्रै बिरामी भए अनि मृत्युको नजिक पुगे। तिनले परमप्रभुलाई प्रार्थना गरे। परमप्रभु हिजकियाहसित बोल्नु भयो अनि तिनलाई संकेत दिनु भयो। तर हिजकियाहको हृदय घमण्डले भरिएको थियो, यसर्थ तिनले परमेश्वरको दयालुपन प्रति परमेश्वरलाई धन्यवाद चढाएनन्। यसै कारणले गर्दा परमेश्वर हिजकियाह अनि यहूदा र यरूशलेमका मानिसहरू प्रति क्रोधित हुनु भयो। तर हिजकियाह अनि यरूशलेममा बस्ने ती मानिसहरूले तिनीहरूको हृदय र जीवनलाई परिवर्त्तन गरे। तिनीहरू नम्र भए र घमण्ड गर्न छोडे त्यसकारण हिजकियाह जीवित रहेसम्म परमप्रभुको क्रोध तिनीहरूमाथि परेन।
२ इतिहास 32:24-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसपछि हिजकिया सिकिस्त बिरामी भए, र तिनले परमप्रभुलाई प्रार्थना गरे। परमप्रभुले तिनलाई जवाफ दिएर एउटा चिन्ह दिनुभयो। तर हिजकिया अभिमानी भएका थिए, अनि परमप्रभुले तिनलाई दया देखाउनुभएकोमा तिनी कृतज्ञ भएनन्। यसैकारणले तिनीमाथि अनि यहूदा र यरूशलेममाथि परमप्रभुको क्रोध पर्यो। आफ्नो अभिमानीको निम्ति हिजकिया र यरूशलेमका मानिसहरूले पश्चात्ताप गरे। त्यसले गर्दा हिजकियाको समयभरि नै परमप्रभुको क्रोध फेरि तिनीहरूमाथि परेन।
२ इतिहास 32:24-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यस बेलातिरै हिजकिया राजा बिरामी भए र झण्डै मरे। उनले प्रार्थना गरे र तँ निको हुनेछस् भनी परमप्रभुले तिनलाई एउटा चिन्ह दिनुभयो। तर हिजकिया अति घमण्डी भए। परमप्रभुले आफ्ना निम्ति जे-जति गर्नुभएको थियो, त्यसको निम्ति उनले परमेश्वरलाई धन्यवाद दिएनन्। त्यसकारण यहूदा र यरूशलेमले कष्ट भोग्नुपर्यो। तापनि अन्तमा हिजकिया र यरूशलेमका बासिन्दाहरू नम्र बने। यसकारण हिजकियाको मृत्यु नभएसम्म परमप्रभुले ती मानिसहरूलाई दण्ड दिनुभएन।