२ इतिहास 21:16-17
२ इतिहास 21:16-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुले यहोरामको विरुद्धमा कूशीहरूनेर बस्ने पलिश्ती र अरबीहरूलाई उक्साउनुभयो। उनीहरूले यहूदालाई आक्रमण गरेर त्यसको भित्रसम्मै छिरिगए। सबै धन-सम्पत्ति जो उनीहरूले राजाको महलमा फेला पारे, तिनका छोराहरू र पत्नीहरूलाई समेत लगे। कान्छा छोरा अहज्याहबाहेक तिनका कुनै छोरा पनि बाँकी रहेन।
२ इतिहास 21:16-17 पवित्र बाइबल (NERV)
परमप्रभुले कूशी मानिसहरूका छेउ छाउमा बस्ने पलिश्ती अनि आरबी मानिसहरूलाई योराम प्रति क्रोधित तुल्याइ दिनु भयो। ती मानिसहरूलाई यहूदा देश माथि आक्रमण गरे। तिनीहरूले राजमहलका सबै सम्पत्तिहरू अनि योरामका छोराहरू एवं पत्नीहरू लगे। योरामका कान्छा छोरा मात्र छाडिए। योरामका कान्छा छोराको नाउँ यहोआहज थियो।
२ इतिहास 21:16-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
समुद्रको किनारमा केही कूशीहरू बास गरेका ठाउँनिर केही पलिश्ती र अरबीहरू पनि बास गर्थे। तिनीहरूलाई परमप्रभुले यहोरामको विरुद्धमा लडाइँ गर्न उक्साउनुभयो। तिनीहरूले यहूदामाथि आक्रमण गरे, राजाको महल लुटे र उनका कान्छा छोरा अहज्याहबाहेक अरू सबै छोरा र स्वास्नीहरूलाई कैद गरी लगे।