२ इतिहास 21
21
1यहोशापात मरे र दाऊदका सहरका राजाहरू गाडिने चिहानमा गाडिए अर तिनको छोरो यहोराम त्यसपछि राजा भए।
यहूदाका राजा यहोराम
(२ राजा ८:१७-२४)
2यहोशापात राजाको छोरो यहोरामका छ जना भाइहरू थिए– अजर्याह, यहीएल, जकरिया, अजर्याह, मिखाएल र शपत्याह। 3तिनीहरूका बुबाले तिनीहरूलाई धेरै मात्रामा सुन, चाँदी र अरू बहुमूल्य थोकहरू दिए र यहूदाका एक-एक सुरक्षित सहरको कार्यभार सुम्पे तर यहोराम जेठा छोरा थिए र यहोशापातले आफू मरेपछि तिनलाई राजा हुन चुने। 4यहोरामले राज्य बलियो गरी हातमा लिएपछि आफ्ना सबै भाइहरू र केही इस्राएली भारदारहरूलाई पनि मारे।
5बत्तीस वर्षको उमेरमा यहोराम राजा भए र तिनले यरूशलेममा आठ वर्ष राज्य गरे। 6उनी आहाब राजा र अरू इस्राएली राजाहरूका दुष्ट चालमा चले किनभने उनले आहाबकी एउटी छोरीलाई विवाह गरेका थिए। उनले परमप्रभुको विरुद्धमा पाप गरे, 7#१ राजा 11:36तर परमप्रभुले दाऊदका राज वंशलाई नाश गर्ने इच्छा गर्नुभएन किनभने उहाँले दाऊदसित करार बाँधेर तेरा वंशले सदैव राज्य गर्नेछ भनी प्रतिज्ञा गर्नुभएको थियो।
8 #
उत्पत्ति 27:40
यहोरामको शासनकालमा एदोमले यहूदाको विरुद्धमा विद्रोह गर्यो र एउटा स्वतन्त्र राज्य भयो। 9यसकारण यहोराम र उनका अधिकृतहरूले रथ लिएर गई एदोममाथि आक्रमण गरे। एदोमी सेनाले तिनीहरूलाई त्यहाँ घेरे तर राती तिनीहरू घेरा तोडेर भागे। 10त्यहाँदेखि एदोम सधैँको निम्ति यहूदाबाट स्वतन्त्र भई बसेको छ। त्यही बेला लिब्ना सहरले पनि विद्रोह गर्यो किनभने यहोरामले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरलाई त्यागेका थिए। 11उनले यहूदाका डाँडाहरूमा मूर्तिपूजा गर्ने स्थानहरू बनाए र यहूदा र यरूशलेमका मानिसहरूलाई परमप्रभुको विरुद्धमा पाप गर्न लाए।
12एलिया अगमवक्ताले यहोरामलाई एउटा चिट्ठी पठाए। त्यसमा यस्तो लेखिएको थियो, “परमप्रभु तिम्रा पुर्खा दाऊदका परमेश्वरले तिमीलाई दोषी ठहराउनुहुन्छ किनभने तिमीले तिम्रा बुबा यहोशापात राजा वा तिम्रा बाजे आसा राजाका चालमा चलेनौ। 13त्यसका सट्टामा तिमीले इस्राएलका राजाहरूका चालमा हिंड्यौ र आहाब र उनीपछिका इस्राएली राजाहरूले इस्राएल देशलाई अविश्वासयोग्य बन्न डोर्याएझैँ यहूदा र यरूशलेमका मानिसहरूलाई परमेश्वरको विरुद्धमा अविश्वासयोग्य बनायौ। तिमीले आफ्ना भाइहरूको पनि हत्या गर्यौ। तिनीहरू तिमीभन्दा असल थिए। 14फलस्वरूप परमेश्वरले तिम्रा प्रजा, बालबच्चा र स्वास्नीहरूलाई कडा सजाय दिनुहुनेछ र तिम्रा धन-सम्पत्ति नाश गर्नुहुनेछ। 15तिमी आफैंले आन्द्राको कष्टदायक रोगको पीर खप्नुपर्नेछ र रोग दिन-दिनै बढेर जानेछ।”
16समुद्रको किनारमा केही कूशीहरू बास गरेका ठाउँनिर केही पलिश्ती र अरबीहरू पनि बास गर्थे। तिनीहरूलाई परमप्रभुले यहोरामको विरुद्धमा लडाइँ गर्न उक्साउनुभयो। 17तिनीहरूले यहूदामाथि आक्रमण गरे, राजाको महल लुटे र उनका कान्छा छोरा अहज्याहबाहेक अरू सबै छोरा र स्वास्नीहरूलाई कैद गरी लगे।
18यी सबै भएपछि परमप्रभुले राजालाई आन्द्राको एउटा कष्टदायक रोग ल्याइदिनुभयो। 19झण्डै: दुई वर्षसम्म त्यो रोग बढेर गयो र अन्तमा राजा त्यसको पीडाले मरे। उनका प्रजाले उनका पिता-पुर्खा मर्दा गरेझैँ उनको शोकमा आगो बालेनन्।
20यहोराम बत्तीस वर्षको छँदा राजा भएका थिए र उनले आठ वर्ष यरूशलेममा राज्य गरेका थिए। उनी मर्दा कसैले शोक गरेन। तिनीहरूले उनको लाश दाऊदको सहरमा त गाडे तर राजाहरू गाडिने चिहानमा राखेनन्।
अहिले सेलेक्ट गरिएको:
२ इतिहास 21: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.