१ तिमोथी 5:1-25
१ तिमोथी 5:1-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
आफूभन्दा जेठालाई नहप्काऊ; तर तिनलाई आफ्नै बुबालाई झैँ बिन्ती चढाऊ अनि सानाहरूलाई चाहिँ भाइहरूलाई जस्तै सम्झाऊ। त्यसै गरी आफूभन्दा जेठी स्त्रीहरूलाई आमाझैँ र कान्छीहरूलाई बहिनीलाई झैँ चोखो मनले सम्झाऊ। आफ्ना कोही नभएका विधवाहरूको हेरचाह गर्ने गर। तर छोरा-छोरी र नाति-नातिनाहरू हुने विधवालाई चाहिँ उनकै छोरा-छोरी र नाति-नातिनाहरूले हेरचाह गरून्। पहिले घरमा नै भक्ति देखाउन सिकून् र आमा-बुबाका ऋण तिरून् किनभने यसो गर्नाले परमेश्वर पनि खुसी हुनुहुनेछ। आफ्नो कोही नहुने विधवाले चाहिँ आफ्नो भरोसा परमेश्वरमा मात्र राखेकी हुन्छे। अनि त्यसले दिनरात लागेर परमेश्वरमा आफ्नो बिन्ती चढाइरहन्छे। तर आफ्नो जीवन मोज-मज्जामा बिताउने विधवा भने बाँचे पनि अघि नै मरे जतिकै हो। तिनीहरू निर्दोषी रहिरहून् भनेर तिनीहरूका लागि यी शिक्षाहरू देओ। कोहीकोहीले त आफ्ना नातेदारहरू र खास गरेर आफ्नै परिवारको पनि हेरविचार गर्दैनन्। त्यस्ताले त विश्वास गर्नसमेत छोडेका हुन्छन्। तिनीहरू विश्वास नगर्नेभन्दा पनि खराब हुन्छन्। साठी वर्ष उमेर नपुगेकी स्त्रीलाई विधवा-खातामा दर्ता नगर। त्यसमा पनि तिनले एउटै पुरुषसँग मात्र बिहे गरेको हुनुपर्छ। राम्रो काम गरेकोमा तिनको नाम चलेको हुनुपर्छ। तिनले आफ्ना छोरा-छोरीहरूलाई राम्ररी हुर्काएकी र पाहुनाहरूलाई आफ्नो घरमा सत्कार गरेकी हुनुपर्छ अनि तिनले ख्रीष्टका पवित्र जनहरूका गोडा धोएर सेवा गरेकी र दु:खमा परेकाहरूलाई सघाएकी र यस्तै असल कामहरू गरेकी हुनुपर्छ। तर तरुनी विधवाहरूलाई भने आफ्नो खातामा दर्ता नगर किनभने तिनीहरूले मौका पाउनेबित्तिकै ख्रीष्टको कामलाई छोडेर फेरि विवाह गरिहाल्नेछन्। यसरी तिनीहरूले ख्रीष्टमा पहिले गरेको प्रतिज्ञा बिर्सिएकोले तिनीहरू दोषी ठहरिन्छन्। फेरि तरुनी विधवा त अरू मानिसहरूका घरघरै डुल्ने बानी भएर बेकामै हुन्छन्। त्यति मात्र होइन, कुरौटे, झगडा लाउने र बोल्न नहुने कुरा पनि बोल्ने हुन्छन्। यसकारण म तरुनी विधवाहरूले चाहिँ फेरि विवाह नै गरून् भनेर सल्लाह दिन्छु। यसरी बरु तिनीहरूले छोराछोरी जन्माएर गृहस्थी बनून्। त्यसो भए मात्र हाम्रा विरोधीहरूलाई हाम्रो निन्दा गर्ने मौका मिल्नेछैन किनभने कोहीकोही विधवाहरू अघि नै शैतानतिर ढल्कि पनि सकेका छन्। तर कुनै विश्वासी स्त्रीका परिवारमा विधवाहरू छन् भने तिनले तिनीहरूको हेरचाह गरून्। यसो गर्यौ भने मण्डलीले तिनीहरूको बोझ बोक्नुपर्नेछैन। त्यसकारण कोही नभएका विधवाहरूको मात्र मण्डलीले हेरचाह गरोस्। राम्ररी हेरचाह गर्ने मण्डलीका धर्म-गुरुहरूको दोब्बर आदर हुनुपर्छ। खास गरेर परमेश्वरको शिक्षा सुनाउन र सिकाउन परिश्रम गर्नेहरूले त यो पाउनैपर्दछ किनभने धर्मशास्त्रले भन्छ, “दाइँ गर्ने गोरुलाई मुखमा मोहला नलगाउनू अनि खेतालाले आफ्नो ज्याला पाउनैपर्दछ।” दुईतीन जना साक्षी नभएसम्म मण्डलीका धर्म-गुरुलाई लगाएको दोष सुन्दै नसुन। पाप गरिरहनेहरूलाई सबैका सामु हप्काऊ, त्यसो भए मात्र मण्डलीका अरूहरू पनि डराउनेछन्। म तिमीलाई परमेश्वर, ख्रीष्ट येशू र पवित्र दूतहरूका सामुन्नेमा यी शिक्षा मान्न आज्ञा दिन्छु। यसो गर्दा तिमीले कसैको ओड नथाप्नू र पक्षपात पनि नगर्नू। हतारमा कसैलाई हात राखेर मण्डलीको काममा नलगाऊ। अरू मानिसहरूको पापमा भाग नलिनू। आफ्नो जीवन सधैँ शुद्ध राख। तैपनि पानी मात्र होइन अलि-अलि दाखमद्य पनि घरीघरी बिरामी हुने हुँदा तिम्रो पेटको लागि पिउने गर। कोहीकोही मानिसको पाप त छर्लंङ्गै देखिने हुन्छन् र उनीहरू पहिले नै दोषी ठहराइन्छन्। तर कतिको पापचाहिँ पछिपछि मात्र देखिंदैजानेछन्। त्यसै गरी कति असल कामहरू पहिले नै छर्लंङ्गै देखिन्छन्। छर्लंङ्गै देखिएनन् भने लुकिरहन पनि सक्दैनन्।
१ तिमोथी 5:1-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
वृद्ध मानिसलाई नहप्काऊ, तर तिनलाई बुबाझैँ ठानी राम्ररी सम्झाऊ। आफूभन्दा सानाहरूलाई भाइहरूलाईझैँ व्यवहार गर। वृद्ध स्त्रीहरूलाई आमाझैँ, र युवतीहरूलाई सम्पूर्ण पवित्रतामा बहिनीहरूलाईझैँ व्यवहार गर। जुन विधवाहरू साँच्चै खाँचोमा छन्, तिनीहरूलाई उचित हेरचाह गर। तर यदि कुनै विधवाका छोराछोरी वा नातिनातिनाहरू छन् भने तिनीहरूले सर्वप्रथम आफ्ना परिवारप्रति धार्मिक कर्तव्य पालन गर्न सिकून्; अनि आफ्ना आमाबुबा र बाजे-बज्यैप्रति उपकारको ऋण चुकाऊन्। किनकि यो परमेश्वरको दृष्टिमा मनपर्दो छ। साँच्चै खाँचोमा परेकी विधवा, जो एकलै छिन्, तिनी परमेश्वरमा आफ्नो आशा राख्तछिन्, र परमेश्वरसित सहायता माग्दै दिनरात प्रार्थनामा लागिरहन्छिन्। तर सुख-विलासमा मस्त रहने विधवा जिउँदै मरेतुल्य हो। मानिसहरूलाई यी आज्ञाहरू देऊ, तिनीहरू दोषरहित होऊन्। यदि कसैले आफन्तहरूको, खासगरी आफ्नै परिवारको खाँचो पूरा गर्दैन भने त्यसले विश्वासलाई इन्कार गरेको छ, र त्यो विश्वास नगर्नेभन्दा पनि खराब हुन्छ। कुनै विधवाको उमेर साठी वर्ष माथि छैन, र आफ्नो पतिप्रति इमानदार छैनन् भने तिनको नाम विधवाहरूका सूचीमा नराख। तर असल कामहरूका लागि प्रसिद्ध भएकी, छोराछोरीहरूलाई ठिकसित हुर्काउने, पाहुनासत्कार गर्ने, प्रभुका सेवकहरूका पाउ धुने, विपत्तिमा परेकाहरूलाई सहायता दिने, र आफूलाई सबै किसिमका असल कामहरूमा संलग्न राख्नेको नाम मात्र राख। तर तरुणी विधवाहरूका नामचाहिँ यस्तो सूचीमा नराख; किनकि जब तिनीहरूका कामुक इच्छाहरूले ख्रीष्टप्रतिको तिनीहरूका समर्पणतालाई जित्छ, तब तिनीहरूले विवाह गर्ने इच्छा गर्नेछन्। यसरी तिनीहरूले आफ्ना पहिलेका प्रतिज्ञा भङ्ग गरेर आफूमाथि न्याय ल्याउँछन्। यसबाहेक तिनीहरू अरूको घर-घरमा घुमिहिँड्दै अल्छे हुन सिक्छन्। अल्छे हुने मात्र होइन, तर कुरौटे, अरूको काममा हात हाल्ने र बोल्न नहुने कुराहरू बोल्नेहरू हुन्छन्। यसकारण म तरुणी विधवाहरूलाई विवाह गर्ने, बालबच्चा जन्माउने, आफ्ना घर सम्हाल्ने, र विरोधीलाई आफ्नो बदनामको मौका नदिने होऊन् भन्ने सल्लाह दिन्छु। किनकि कतिपय तर्किगएर शैतानलाई पछ्याउन थालिसकेका छन्। यदि कुनै विश्वासी स्त्रीसँग आश्रित भएका विधवाहरू छन् भने मण्डलीमाथि भार नपरोस् भनेर तिनीहरूलाई तिनले निरन्तर सहायता दिनुपर्छ, ताकि मण्डलीले साँच्चै खाँचोमा परेका विधवाहरूलाई सहायता पुर्याउन सकोस्। मण्डलीको असल रेखदेख गर्ने प्रधानहरूलाई आदरको पारिश्रमिक दिइनुपर्छ, खासगरी तिनीहरू, जो प्रचार गर्ने र शिक्षा दिने काम गर्दछन्। किनकि पवित्र धर्मशास्त्रले भन्छ, “अन्नबाली दाइँ गर्दा गोरुको मुखमा मोहोलो नलगाउनू,” र “खेताला आफ्नो ज्यालाको योग्य हुन्छ।” दुई वा तीन साक्षीहरू नभएसम्म मण्डली प्रधानका विरुद्धमा लगाइएका अभियोग ग्रहण नगर्नू। तर पाप गर्ने मण्डलीका प्रधानहरूलाई सबैका सामु हप्काऊ, ताकि अरूहरूले पनि चेतावनी पाउन सकून्। परमेश्वर, ख्रीष्ट येशू र चुनिएका स्वर्गदूतहरूलाई साक्षी राखेर म तिमीलाई कडा आज्ञा दिन्छु: तिमीले यी नियमहरू विनापक्षपात पालन गर, र पूर्वाग्रही भएर केही पनि नगर। कुनै व्यक्तिलाई मण्डलीमा प्रधान नियुक्त गर्न हतार नगर। अरूको पापमा सहभागी नहोऊ। आफूलाई शुद्ध राख। तिम्रो पेटका लागि र घरी-घरी भइरहने बिमारीहरूले गर्दा अलि-अलि दाखमद्य पिउने गर। कति मानिसहरूका पापहरू तिनीहरूका सामु राखिएका न्यायमा पुग्ने गरी प्रत्यक्ष हुन्छन्; अरूहरूका पापहरू पछि मात्र देखिन्छन्। यसरी नै असल कामहरू प्रत्यक्ष हुन्छन्; अनि गुप्तमा गरिएका असल कामहरू प्रत्यक्ष हुँदैनन्, र सधैँका लागि लुक्न सक्दैनन्।
१ तिमोथी 5:1-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
वृद्ध मानिसलाई नहप्काऊ, तर तिनलाई बाबुलाई जस्तै गरी सम्झाऊ। आफूभन्दा सानाहरूसँग भाइसमान व्यवहार गर। वृद्ध स्त्रीहरूसँग आमाझैँ, र युवतीहरूसँग चाहिँ सम्पूर्ण पवित्रतासाथ बहिनीसमान व्यवहार गर। जो साँच्चै नै विधवा हुन्, तिनलाई आदर गर। कुनै विधवाका छोरा-छोरी वा नाति-नातिनाहरू छन् भने, तिनीहरूले सर्वप्रथम आफ्नै परिवारप्रति आफ्नो धार्मिक कर्तव्य पालन गर्न सिकून्, र आफ्ना माता-पिताका उपकारको ऋण चुकाउन सकून्, किनकि यो परमेश्वरको दृष्टिमा ग्रहणयोग्य हुन्छ। तर जो साँच्चै नै विधवा हुन्, र तिनको कोही छैन भने, तिनले परमेश्वरको आशा राख्तछिन्, र रातदिन नम्र-निवेदन र प्रार्थनामा लागिरहन्छिन्। तर यदि तिनी सुख-विलासमा मस्त रहन्छिन् भनेता तिनी जीवित भएर पनि मरेकी तुल्य हुन्। तिनीहरूलाई यी कुराको आज्ञा देऊ, ताकि तिनीहरू दोषरहित होऊन्। यदि कसैले आफन्तहरूको र विशेष गरी आफ्नै परिवारको पालनपोषण गर्दैन भनेता त्यसले विश्वासलाई इन्कार गर्दछ, र विश्वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ। साठी वर्षदेखि माथिकी विधवा, जसको एक चोटि मात्र विवाह भएको थियो, तिनलाई मात्र विधवा-सूचीमा राख। साथै तिनले असल काम गरेकी, छोरा-छोरीहरू हुर्काएकी, परदेशीहरूको सत्कार गरेकी, सन्तहरूका खुट्टा धोएकी, दुःखीहरूको उपकार गरेकी र जुनसुकै पनि असल काममा ध्यान दिएकी साबित हुनुपर्छ। तर कम उमेरका विधवाहरूको नाउँचाहिँ विधवा-सूचीमा नलेख, किनकि जब तिनीहरूको काम-वासनाले तिनीहरूलाई ख्रीष्टबाट टाढ़ा लान्छ, तब तिनीहरूले विवाह गर्ने इच्छा गर्छन्। यसरी आफ्नो पहिलो वाचा भङ्ग गरेको कारण तिनीहरू दण्डमा पर्छन्। त्यसबाहेक तिनीहरू घर-घर डुल्ने भई अल्छी गर्ने मात्र होइन तर कुरौटे, अर्काको काममा हात हाल्ने, बोल्नु नहुने कुराहरू बोल्ने हुन्छन्। यसकारण कम उमेरका विधवाहरूले विवाह गरून्, छोरा-छोरीहरू पाऊन्, घरबार सम्हालून्, र विरोधीलाई हाम्रो बदनाम गर्ने मौका नदेऊन् भन्ने म चाहन्छु, किनकि कोही-कोही त अघि नै शैतानतर्फ गएका छन्। यदि विश्वासी स्त्रीका कोही आफन्तहरू विधवा छन् भने तिनले उनीहरूलाई सघाऊन्, र मण्डलीमाथि कुनै बोझ नपरोस्, र मण्डलीले चाहिँ विधवाहरूलाई सहायता दिन सकोस्। मण्डलीको असल रेखदेख गर्ने एल्डरहरू दोबर आदरका योग्य हुन्छन्, विशेष गरी, जसले वचनको प्रचार र शिक्षामा परिश्रम गर्छन्। किनभने पवित्रशास्त्र भन्छ, “दाइँ गर्ने गोरुको मुखमा मोहोलो नलगाउनू,” र “श्रमिकले आफ्नो कामको ज्याला पाउनुपर्छ।” दुई वा तीन साक्षीको गवाहीबाहेक एल्डरको विरुद्धमा लाएको आरोप कहिल्यै स्वीकार नगर। पापमा लागिरहनेहरूलाई सबैका सामु हप्काऊ, र यसरी अरूहरू पनि डराउनेछन्। परमेश्वर र ख्रीष्ट येशूको सामु र चुनिएका स्वर्गदूतहरूका सामु म तिमीलाई कड़ा आज्ञा दिन्छु, कुनै भेदभाव वा पक्षपात नगरी यी नियमहरू तिमीले पालन गर। कसैमाथि हात राख्ने काममा हतार नगर। कुनै मानिसको पापमा सहभागी नहोऊ। आफूलाई पवित्र राख। अघिजस्तो पानी मात्र खाने नगर, तर तिम्रो पेटको लागि र घरीघरी बिरामी भएकोले गर्दा अलि-अलि दाखमद्य पिउने गर। कुनै-कुनै मानिसका पापहरू त सोझै इन्साफमा पुग्ने गरी प्रत्यक्ष हुन्छन्, तर अरू कतिका पापहरू पछि मात्र देखा पर्छन्। त्यसै गरी असल कामहरू त प्रत्यक्ष हुन्छन्, र जो प्रत्यक्ष छैनन्, ती पनि गुप्तमा रहन सक्दैनन्।
१ तिमोथी 5:1-25 पवित्र बाइबल (NERV)
आफूभन्दा ठूला मानिसहरूसित रिसाएर नबोल तर तिनीसित आफ्ना पितालाई जस्तै व्यवहार गर। साना मानिसहरूसित आफ्ना भाइहरूलाई झैं व्यवहार गर। ठूला स्त्रीहरूसित आफ्नी आमालाई झैं व्यवहार गर अनि सानाहरूसित बहिनीहरूलाई जस्तै शुद्ध मनले व्यावहार गर। विधवाहरूलाई मान गर जो साँच्चै असहाय छन्। तर कुनै विधवाका छोरा-छोरी वा नाती-नातीना छन् भने तिनीहरूले सिक्नु पर्ने पहिलो कुरो हुन्छः आफ्नो परिवारको देखरेख गर्नु। जब तिनीहरूले यसो गर्छन् तिनीहरूले आफ्ना आमा-बाबु तथा बाजे-बज्यैको ऋण चुकाउनेछन्। यसद्वारा परमेश्वर पनि खुशी हुनु हुनेछ। कुनै एक विधवा जो साँच्चै अभावमा छन्, जसलाई देखरेख गर्ने कोही छैन, जसले आफ्नो आशा परमेश्वरमाथि मात्र राखेकीछन्, उनले दिनरात परमेश्वरसँग प्रार्थना गर्छिन्। उनले परमेश्वरसँग सहायता माग्छिन्। तर आफ्नो आनन्दको लागि कुनै विधवा बाँच्छे भने ऊ जीवित भएता पनि मरेकै बराबर हो। यी कुराहरू गर्नु भनि ती विश्वासीहरूलाई निर्देश गर, जसमा कि कसैले पनि यो भन्नु नसकून् कि तिनीहरूले भूल गर्दैछन्। मानिसहरूले आफ्नै मानिसहरूको याद राख्नु पर्छ विशेष गरी आफ्नै परिवारहरूको। यदि कसैले त्यसो गर्दैन भने उसले सत्य शिक्षालाई त्यागेकोछ। त्यस्ता मानिस त अविश्वासी भन्दा पनि खराब हो। विधवाहरूको सूचीका निम्ति कुनै पनि विधवा 60 वर्ष वा त्यस भन्दा अधिक उमेरको हुनुपर्छ। उसका एउटै मात्र पति भएको हुनुपर्छ। उसले राम्रो कामहरू गरिन् भनेर उनी जानिएको हुनुपर्छ। जस्तो आफ्ना बालबच्चाको पालन-पोषण गर्ने, मानिसहरूको सत्कार गर्ने, परमेश्वरका मानिसहरूको पाउ धुने, कष्टमा परेका मानिसहरूको सहायता गर्ने र आफ्नो जीवनलाई हर प्रकारको असल काममा लगाउनेहरू। तर तरूणी विधवाहरूलाई आफ्नो सूचीमा नहलेख। तिनीहरूले आफूलाई ख्रीष्टमा समर्पित गरेता पनि आफ्नो शारीरिक इच्छाहरूले प्रायः नै तिनीहरूलाई ख्रीष्टबाट तान्छ अनि विवाह गर्न चाहन्छन्। तिनीहरूले पहिलाको प्रतिज्ञा भङ्ग गरेको कारणमा तिनीहरूको न्याय गरिनेछ। यस बाहेक, ती तरूणी विधवाहरू घर-घर घुम्ने, कुरौटे हुने र अर्काको जीवनमा हस्तक्षेप गर्ने बानी लिन्छन् अनि नगर्नु पर्ने कुराहरूमा समय बिताउँछन्। यसकारण म चाहन्छु कि तरूणी विधवाहरूले विवाह गरून्, बालकहरू जन्माउन् र आफ्नो घरको देखभाल गरून्। यदि तिनीहरूले यसो गरे हाम्रा शत्रुहरूले तिनीहरूको आलोचना गर्ने अवसर पाउने छैनन्। कतिपय तरूणी विधवाहरू शैतानको अनुशरण गर्न फर्किसकेकाछन्। यदि कुनै विश्वासी स्त्रीको घरमा विधवाहरू भए उसले तिनीहरूको देख-रेख गर्नु पर्छ। तिनीहरूको देख-रेखका निम्ति मण्डलीलाई बाधा दिनु हुँदैन। तब तिनीहरूको देख-रेख मण्डलीले गर्न सक्नेछ। जो साँच्चो अर्थमा अभावग्रस्त विधवा छन्। अगुवाहरू जसले प्रभावकारी ढङ्गले अगुवाका रूपमा कार्य गरिरहेछन्, मण्डलीले तिनलाई दोबर पुरस्कार दिनु पर्छ। विशेष गरी यो तिनीहरूलाई प्रयुक्त हुन्छ जसले प्रचार गर्न र सिकाउनमा परिश्रम गर्दछन्। किनभने धर्मशास्त्रले भन्छः “गोरूले दाइँ गर्दैछ भने त्यसको मुखमा मोहोला नलगाऊ।” अर्को ठाउँमा धर्म शास्त्रले नै भन्छ, “मजदुरलाई उसको योग्य ज्याला दिनुपर्छ।” यदि कसैले अगुवालाई दोष्याउँछ भने उसलाई ध्यान दिनु हुँदैन। यदि दुइ वा तीन व्यक्तिहरू त्यो दोषको साक्षी दिन्छन् भने मात्र त्यस व्यक्तिको कुरा सुन। जब तिनीहरू पाप गर्छन्, मानिसहरूलाई भन कि तिनीहरू गलत छन्। यो कुरा सम्पूर्ण मण्डलीको समक्ष गर। तब अरूहरूले पनि चेतावनी पाउनेछन्। परमेश्वर, ख्रीष्ट येशू अनि छानिएका स्वर्गदूतहरूका सामु म तिमीलाई यसो गर्ने आदेश दिंदैछु। तर तिमीले सत्य नजानेसम्म मानिसहरूको न्याय नगर। अनि सबैलाई समानरूपले यसो गरिनु पर्छ। धर्मगुरू बनाउनाका निम्ति कसैमाथि तिम्रो हात राख्नको अघि होशियारीसित सोच। अरूका पापहरूका सह भागी नहोऊ। आफूलाई शुद्ध राख। तिमोथी साधारणतयाः तिमी पानी मात्र पिउँछौ। यसो नगर, केही दाखरस पनि पिउने गर। त्यसले तिम्रो पेटलाई सहायता गर्छ अनि तिमी घरिघरि विमारी पर्ने छैनौ। कोही मानिसहरूको पापहरू सजिलैसित देख्न सकिन्छ अनि तिनीहरूले देखाउँछन् कि तिमीहरूको न्याय गरिनेछ। तर कति अन्य पापहरू केही समय पछि मात्र देखिन्छ। मानिसहरूले गर्ने असल काम बारे पनि यस्तै हो। मानिसहरूले गर्ने असल कुराहरू सजिलै देख्न सकिन्छ। कहिले काहीं यी असल कुराहरू सजिलै नदेखिए तापनि तिनीहरूलाई लुकाउन सकिंदैन।