१ तिमोथी 4:7-10
१ तिमोथी 4:7-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भक्तिहीन र अर्थहीन कथाहरूदेखि एकदमै अलग बस। बरु आफैलाई भक्तिमा तालीम देऊ। किनभने शारीरिक तालीम केहीसम्म लाभको हुन्छ, तर ईश्वरभक्तिचाहिँ हरप्रकारले लाभदायक हुन्छ, किनकि यसमा वर्तमान र भविष्यत् जीवन दुवैको निम्ति प्रतिज्ञा रहेको हुन्छ। यो भनाइ निश्चित र सम्पूर्ण रूपले ग्रहणयोग्य छ, किनकि यस उद्देश्यले हामी परिश्रम र प्रयत्न गर्दछौं, किनकि हाम्रो आशा जीवित परमेश्वरमा राखिएको छ, जो सबै मानिसका, विशेष गरी उहाँमाथि विश्वास गर्नेहरूका मुक्तिदाता हुनुहुन्छ।
१ तिमोथी 4:7-10 नेपाली समकालीन संस्करण (NCV)
भक्तिहीन र काल्पनिक दन्त्यकथाहरूदेखि अलग बस। बरु आफूलाई भक्तिको मानिस हुने तालिम देऊ। किनकि शारीरिक तालिम केही मूल्यको मात्र हुन्छ, तर ईश्वर भक्ति त हर किसिमले लाभदायक हुन्छ। यो वर्तमान जीवन र आउने जीवन दुवैका निम्ति उपयोगी हुन्छ। यो भनाइ विश्वासयोग्य छ, जसलाई पूर्ण रूपले स्वीकार गर्न सकिन्छ। हामीले परिश्रम र संघर्ष गर्नुको कारण यो हो कि हाम्रो आफ्नो आशा जीवित परमेश्वरमाथि राखेका छौं; जो सबै मानिसहरू, विशेष गरी उहाँमाथि विश्वास गर्नेहरूका मुक्तिदाता हुनुहुन्छ।
१ तिमोथी 4:7-10 पवित्र बाइबल (NERV)
मानिसहरू यस्ता मूर्ख कथाहरू सुनाउँछन् जसको परमेश्वरको सत्यतासित कुनै सम्बन्ध छैन। त्यस्ता कथाहरूका शिक्षा पालन नगर। तर तिमीले स्वयंलाई इमान्दारीपूर्वक परमेश्वरको सेवा गर्न सिकाऊ। शारीरिक व्यायामले तिमीलाई केही मात्रामा सहायता गर्नेछ। तर परमेश्वर प्रति अर्पण गरेको सेवाले तिमीलाई हरेक कुरामा सहायता गर्नेछ। परमेश्वरको सेवामा यो जीवन अनि अर्को जीवनको पनि आशीर्वादको भाकल निहित हुन्छ। मैले जे पनि भनें त्यो सत्य हो अनि तिमीले त्यसलाई पूर्णरूपले स्वीकार गर्नुपर्छ। त्यसैको निम्ति हामी परिश्रम र संघर्ष गर्छौं। हामी जीवित परमेश्वरमा आशा गर्छौं। उहाँ सबैका मुक्तिदाता हुनुहुन्छ विशेष गरी तिनीहरूको जो उहाँमाथि विश्वास गर्छन्।
१ तिमोथी 4:7-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
ईश्वरहीन र अर्थहीन दन्त्यकथाहरूलाई नमान्नू तर भक्तिको जीवन बिताउन अभ्यास गर्नू। शरीरको कसरतमा लाग्यौ भने त थोरै कुरामा मात्र फाइदा हुन्छ। तर आत्माको कसरत गर्यौ भने धेरै कुराको फाइदा हुन्छ। यसले त अहिलेको र पछिको जीवनमा फाइदाको निम्ति प्रतिज्ञा दिन्छ। यो विश्वास गरेर मान्नुपर्ने साँचो कुरा हो। यसकारणले हामी दिलोज्यानले काम गर्छौं किनभने हामी हाम्रो जिउँदो परमेश्वरबाट कहिल्यै निराश हुँदैनौं। उहाँ नै सबै मानिसहरूलाई खास गरी उहाँमा विश्वास राख्ने जतिलाई छुटकारा दिने परमेश्वर हुनुहुन्छ।